Dictionary

All Word

57401 प्रलोभित वि. १. ज्यादै लोभिएको; प्रलोभनमा परेको; प्रलुब्ध।
57402 प्रलोभित वि. २. मक्खीचुस स्वभावको।
57403 प्रलोभी ज्यादै लोभी; प्रलोभनमा लाग्ने; मक्खीचुस; आहारिसे; लुब्धो।
57404 प्रवक्ता वि. १. कुनै विषयवस्तुलाई सबै श्रोताले राम्ररी बुझ्ने गरी प्रभावकारी ढङ्गबाट प्रवचन गर्ने। ना.
57405 प्रवक्ता वि. २. सङ्घ-संस्थाका तर्फबाट आधिकारिक रूपमा कुनै विषयमाथि बोल्ने वा प्रकाश पार्ने व्यक्ति।
57406 प्रवचन ना. १. कुनै विषयमा श्रोताहरूले राम्ररी बुझ्ने गरी प्रभावकारी ढङ्गबाट बोल्ने वा भन्ने क्रिया; प्रवक्ताको लिखित वा अलिखित भाषण।
57407 प्रवचन ना. २. वेद, पुराण आदिमा भएका उपयोगी विषयका उपदेशहरू बताउने काम।
57408 प्रवचन ना. ३. धार्मिक एवं नैतिक विषयमा गरिने भाषण।
57409 प्रवचनीय वि. १. प्रवचन दिन वा गर्न उचित।
57410 प्रवचनीय वि. २. प्रवचनसम्बन्धी।
57411 प्रवञ्चक वि. जालसाज गरेर अर्काको श्रीसम्पत्ति धुत्ने; ठग; धूर्त; धोकेबाज।
57412 प्रवञ्चन/प्रवञ्चना ना. जालसाज गरेर अर्काको धनमाल धुत्ने प्रवृत्ति; ठगी; धोकेबाजी; धूर्तता।
57413 प्रवञ्चित वि. कसैका जालसाजमा परेर आफ्नो धनमाल हराएको; ठगिएको; धोकामा परेको; प्रवञ्चनामा परेको।
57414 प्रवर वि. १. सबैभन्दा मुख्य; प्रधान; श्रेष्ठ।
57415 प्रवर वि. २. सबैभन्दा माथिल्ला तहको; मुली। ना.
57416 प्रवर वि. ३. गोत्र चलाउने ॠषिपछिका नाउँ चलेका ॠषि।
57417 प्रवर वृक्ष ना. सार्नका लागि मूल रुखका हाँगाहरूलाई कलमी बनाइएको असल र सप्रेको बोट वा बिरुवा।
57418 प्रवर समिति ना. कुनै विधेयक, प्रस्ताव आदिमा विचार र आवश्यक संशोधन आदि गरेर संसद्मा पेस गर्न संसद्द्वारा गठित प्रमुख समिति।
57419 प्रवर्ग ना. १. अनेक वर्ग वा श्रेणीहरूमा एक; कुनै वर्गका अन्तर्गतको सानो विभाग।
57420 प्रवर्ग ना. २. हवन गर्ने अग्नि; होमाग्नि।
57421 प्रवर्तक वि. १. कुनै काममा लगाउने; प्रवृत्त गर्ने।
57422 प्रवर्तक वि. २. सुरु गर्ने; आरम्भ गर्ने; थाल्ने।
57423 प्रवर्तक वि. ३. कुनै काम चलाइराख्ने; जारी राख्ने।
57424 प्रवर्तक वि. ४. नयाँ वस्तुको निर्माण गर्ने; आविष्कार गर्ने। ना.
57425 प्रवर्तक वि. ५. नाटकमा सूत्रधारद्वारा वर्तमान कथाको वर्णन र पात्रहरूको प्रवेश देखाइने एक शिल्प; प्रस्तावनाको एक भेद।
57426 प्रवर्तन ना. १. कसैलाई कुनै काममा लगाउने कार्य; प्रवृत्त गराउने कार्य।
57427 प्रवर्तन ना. २. थालनी।
57428 प्रवर्तन ना. ३. सञ्चालन; प्रचालन।
57429 प्रवर्तन ना. ४. कुनै नयाँ विषयवस्तु, सिद्धान्त वा प्रक्रियाको निर्माण; आविष्कार; अन्वेषण।
57430 प्रवर्तित वि. प्रवर्तन गरिएको; फेरिएको।
57431 प्रवर्द्धक वि. प्रवर्द्धन गर्ने (व्यक्ति)।
57432 प्रवर्द्धन ना. वृद्धि; प्रवर्धन।
57433 प्रवर्द्धित वि. हे. प्रवर्धित।
57434 प्रवर्धक वि. १. बढाउने; वृद्धि गराउने; हुर्काउने।
57435 प्रवर्धक वि. २. परिवर्धित तुल्याउने।
57436 प्रवर्धन ना. १. सानु वा थोरैबाट ठुलो हुँदै वा धेरै हुँदै जाने क्रिया; प्रवर्द्धन; वृद्धि।
57437 प्रवर्धन ना. २. सानोबाट ठुलो गराउने वा थोरैबाट धेरै गराउने क्रिया; बढाउने कार्य; वृद्धि।
57438 प्रवर्धित वि. १. सानोबाट ठुलो गराइएको।
57439 प्रवर्धित वि. २. थोरैबाट धेरै गराइएको; बढाइएको; प्रवर्द्धित।
57440 प्रवर्धित वि. ३. बढेको; ठुलो भएको; धेरै भएको।
57441 प्रवर्षण ना. १. सगरबाट हुने झरीको बर्साइ; वर्षा; वृष्टि।
57442 प्रवर्षण ना. २. किष्किन्धाका समीपमा रहेको रामायणप्रसिद्ध एक पर्वत।
57443 प्रवसन ना. १. प्रवास वा विदेश जाने क्रिया; परदेशयात्रा।
57444 प्रवसन ना. २. मृत्यु; मरण।
57445 प्रवह ना. १. पानीको ठुलो प्रवाह वा धारा; जलस्रोत।
57446 प्रवह ना. २. हावाको प्रवाह।
57447 प्रवह ना. ३. सात प्रकारका वायुमध्ये एक।
57448 प्रवहण ना. १. बहने क्रिया एवं प्रक्रिया।
57449 प्रवहण ना. २. गोरु वा घोडाले तान्ने, पर्दा भएको बग्गी वा पालकी; पर्दावाल सवारी। ३ छोरीको विवाह गरी वरका हातमा सुम्पने काम; कन्यादान।
57450 प्रवह्ली ना. प्रहेलिका; अड्को।