Dictionary

All Word

57551 प्रव्रज्या व्रत ना. हिन्दुहरूका यज्ञोपवीतका किसिमको हुने नेपाली बौद्धहरूको एक संस्कार।
57552 प्रव्राजक ना. १. सन्न्यासी।
57553 प्रव्राजक ना. २. परिव्राजक; भिक्षु।
57554 प्रशंसक वि. प्रशंसा वा गुणगान गर्ने; राम्रो वा उत्तम छ भनी तारिफ गर्ने (व्यक्ति)।
57555 प्रशंसनीय वि. गुणगान गर्न लायक; प्रशंसा गर्न योग्य; तारिफ गर्न लायक; स्तुत्य।
57556 प्रशंसनीय पट्ट ना. वीरतापूर्वक कार्य गर्ने नेपाली सेनाका अधिकृत तथा जवानलाई प्रदान गर्ने उद्देश्यले २०२० सालमा स्थापित एक पदक।
57557 प्रशंसा ना. १. केही राम्रा गुणहरूको आधारमा बढाईचढाई अथवा यथार्थ रूपमा गरिएको कसैको राम्रो बखान; सह्रनी; तारिफ।
57558 प्रशंसा ना. २. स्तुति; स्तुतिगान।
57559 प्रशंसा ना. ३. झुटो तारिफ; चाप्लुसी; बेसारघसाइ।
57560 प्रशंसाघोष ना. कुनै वक्ताले भाषण गर्दा वा कविले कविता पाठ गर्दा मूलभूत तथ्यको अनुमोदनमा श्रोताहरूबाट भएको प्रशंसासूचक तालीको ध्वनि।
57561 प्रशंसापत्र ना. १. कुनै कामदारहरूले इमानदारीपूर्वक काम गरेबापत उच्च अधिकारीले अथवा कुनै संस्थाले दिने सराहनापत्र।
57562 प्रशंसापत्र ना. २. राम्रो कार्य गरेबापत संस्था, व्यक्ति वा संस्थाको प्रमुखले कतैबाट पाउने सराहनापत्र।
57563 प्रशंसित वि. प्रशंसा गरिएको; गुणगान गरिएको; तारिफ गरिएको।
57564 प्रशंस्य वि. प्रशंसा गर्न योग्य; गुणगान गरिने खालको; तारिफ गर्न लायक; प्रशंसनीय।
57565 प्रशमन ना. १. मानसिक आनन्द; शान्ति।
57566 प्रशमन ना. २. सांसारिक उपभोगबाट पाइने मुक्ति; मोक्ष।
57567 प्रशमन ना. ३. अन्तःकरण र इन्द्रियहरूको संयम।
57568 प्रशमन ना. ४. क्षमा; सहनशीलता।
57569 प्रशमन ना. ५. तिरस्कार; निन्दा।
57570 प्रशमन ना. ६. नाश।
57571 प्रशमन ना. ७. अवसान; अन्त।
57572 प्रशस्त वि. १. प्रशंसा गरिएको; प्रशंसित।
57573 प्रशस्त वि. २. प्रशंसा गर्न लायक; प्रशंसनीय।
57574 प्रशस्त वि. ३. सबैमाको असल; उत्तम।
57575 प्रशस्त वि. ४. सबैमाको ठुलो; विशाल; विस्तृत।
57576 प्रशस्त वि. ५. धेरै; ज्यादा; औधी; अधिक; मनग्य। क्रि.वि.
57577 प्रशस्त वि. ६. धेरै मात्रामा; धेरै सङ्ख्यामा।
57578 प्रशस्त वि. ७. पर्याप्त हुने गरी; पर्याप्त मात्रामा।
57579 प्रशस्ति ना. १. कसैका शील, स्वभाव, रूप, सुकार्य आदिका निम्ति गरिने प्रशंसा; स्तुति।
57580 प्रशस्ति ना. २. राजा वा राष्ट्रप्रमुखको वंश, कीर्ति, प्रशंसा आदिको वर्णन भएको वाक्य; ताम्रपत्र, शिलापत्र आदिमा लेखिने, राजा वा वीरहरूको प्रशंसासूचक वाक्य।
57581 प्रशस्ति ना. ३. ग्रन्थका कर्ता, विषय, काल आदिको उल्लेख गरिएको, आदि र अन्त्यको पङ्क्ति।
57582 प्रशाखा ना. १. रुखका हाँगामा पलाएको अर्को हाँगो।
57583 प्रशाखा ना. २. प्रशासनिक वा अन्य कुनै मुख्य विभागअन्तर्गत रहेको; मुख्य विभागलाई सहयोग पुऱ्याउने उपविभाग; विभागअन्तर्गतको अर्को विभाग।
57584 प्रशान्त वि. १. मनमा कुनै किसिमको विकार नभएको; शान्त।
57585 प्रशान्त वि. २. चञ्चल स्वभाव नभएको; निश्चल; स्थिर।
57586 प्रशान्त वि. ३. इन्द्रियहरूलाई वशमा राखेको; इन्द्रियजित।
57587 प्रशान्त वि. ४. इहसंसारबाट मुक्ति पाएको; मरेको।। ना.
57588 प्रशान्त वि. ५. एसिया र अमेरिकाका बिचमा पर्ने महासागर।
57589 प्रशान्तचित्त वि. स्थिर चित्त भएको; शान्त मन भएको; निश्चल स्वभावको।
57590 प्रशान्त महासागर ना. संसारको सबैभन्दा ठुलो महासागर।
57591 प्रशासक ना. १. राज्य, सङ्घ, संस्था, कार्यालय आदिका माथिल्ला तहको प्रबन्धक; राज्यको शासन वा प्रबन्ध गर्ने व्यक्ति। वि.
57592 प्रशासक ना. २. शासन गर्ने; शासन चलाउने; शासनकर्ता।
57593 प्रशासकीय वि. १. प्रशासनसम्बन्धी।
57594 प्रशासकीय वि. २. प्रशासकसम्बन्धी। ना.
57595 प्रशासकीय वि. ३. प्रशासक वा प्रशासनसम्बन्धी कार्य वा दायित्व।
57596 प्रशासकीय कार्यविधि ना. प्रशासनसम्बन्धी काम कसरी गर्नुपर्छ भन्ने नीति एवं नियमको तरिका; प्रशासनिक व्यवस्था मिलाउने कार्यप्रणाली; प्रशासनका कामकारबाईको ढाँचा।
57597 प्रशासकीय नियन्त्रण ना. शासनप्रबन्धको नियन्त्रण गर्ने काम; प्रशासनलाई आफ्नो अधीनमा राख्ने कार्य।
57598 प्रशासकीय परिषद् ना. कुनै खास किसिमको प्रशासन चलाउनका निम्ति गठित विशिष्ट व्यक्तिहरूको समूह।
57599 प्रशासकीय सहायक ना. १. मुख्य प्रशासकका मातहतमा रहेर निजले चलाउने प्रशासनसम्बन्धी कार्यमा सहयोग पुऱ्याउने व्यक्ति।
57600 प्रशासकीय सहायक ना. २. कुनै कार्यालयका मुख्य प्रशासकभन्दा तल्लो तहको प्रशासक।