Dictionary

All Word

57601 प्रशासकीय सङ्गठन ना. कुनै खास किसिमको प्रशासन चलाउनका निम्ति विशिष्ट व्यक्तिहरूद्वारा गठित प्रशासकीय समूह; विशिष्ट किसिमका प्रशासकीय व्यक्तिहरूको समूह।
57602 प्रशासन ना. १. कुनै कार्यालयका विभिन्न समस्याहरूको प्रबन्ध।
57603 प्रशासन ना. २. राज्य, जिल्ला, अञ्चल आदिको सांस्कृतिक, सामाजिक, आर्थिक, राजनीतिक आदि समस्याको नियन्त्रण वा समाधान गर्ने कार्य।
57604 प्रशासन कार्य ना. प्रशासन।
57605 प्रशासन कार्य क्षमता ना. प्रशासनसम्बन्धी कार्य गर्न एवं गराउनका निम्ति आवश्यक योग्यता वा निपुणता; प्रशासनकार्यका निम्ति उपयुक्त सामर्थ्य।
57606 प्रशासन पत्र ना. इच्छापत्रहीन सम्पत्तिको प्रबन्ध गर्नका निम्ति प्रशासकलाई नियुक्त गरिएको, सर्वोच्च अदालत वा उच्च अदालतद्वारा जारी गरिएको आदेशपत्र।
57607 प्रशासन भङ्ग ना. आन्तरिक उपद्रव, आर्थिक सङ्कट आदिका कारणले गर्दा शासन व्यवस्था भङ्ग हुने स्थिति; प्रशासनिक गडबडी।
57608 प्रशासनिक वि. प्रशासनसँग सम्बन्धित; प्रशासनको।
57609 प्रशासन अङ्ग ना. देशको मुख्य प्रशासनका अधीनमा रही त्यसलाई चारैतिरबाट सहयोग पुऱ्याउन स्थापना गरिएका साना-साना प्रशासनिक निकाय वा कार्यालय।
57610 प्रशासन नगर ना. १. धेरैजसो प्रशासनका निकायहरू रहेको सहर; देश, जिल्ला आदिको सदर मुकाम।
57611 प्रशासन नगर ना. २. प्रशासनका अधीनमा बसाइएको वा व्यवस्था गरिएको सहर।
57612 प्रशासनीय वि. १. प्रशासन गर्नुपर्ने; प्रशासन गर्न लायक।
57613 प्रशासनीय वि. २. प्रशासनसँग सम्बन्ध राख्ने; राजकाजसित सम्बन्धित (कार्य)।
57614 प्रशासित वि. १. प्रशासन गरिएको।
57615 प्रशासित वि. २. प्रशासकद्वारा अदपमा राखिएको।
57616 प्रशिक्षक ना. कुनै प्राविधिक विषयहरूको क्रियात्मक वा व्यावहारिक शिक्षा दिने व्यक्ति; प्रायोगिक शिक्षा दिने वा त्यस सम्बन्धमा तालिम दिने शिक्षक; प्रशिक्षण दिने व्यक्ति; तालिमको पथप्रदर्शक।
57617 प्रशिक्षण ना. १. प्राविधिक विषयहरूमा क्रियात्मक वा व्यावहारिक शिक्षा दिने काम; प्रायोगिक शिक्षा दिने वा त्यस सम्बन्धमा तालिम दिने काम।
57618 प्रशिक्षण ना. २. प्राविधिक वा शिल्पगत शिक्षण।
57619 प्रशिक्षण ना. ३. प्रशासनिक कार्यविधि एवं अन्य व्यावहारिक विषयहरूको विशेष किसिमको शिक्षा।
57620 प्रशिक्षण केन्द्र ना. प्राविधिक विषयहरूमा क्रियात्मक वा व्यावहारिक शिक्षा दिइने ठाउँ; प्रशासनिक एवं अन्य व्यावहारिक विषयहरूको तालिम दिने ठाउँ।
57621 प्रशिक्षण क्याम्पस/महाविद्यालय ना. सामान्य शिक्षक एवं अन्य कर्मचारीहरूलाई क्रियात्मक वा व्यावहारिक शिक्षा दिने वा आआफ्ना विषयका प्रविधिको विशेष प्रशिक्षण वा तालिम दिइने महाविद्यालय (ट्रेनिङ कलेज)।
57622 प्रशिक्षण विद्यालय ना. सामान्य शिक्षक एवं अन्य कर्मचारीहरूलाई क्रियात्मक वा व्यावहारिक शिक्षा दिने वा आआफ्ना विषयका प्रविधिको विशेष प्रशिक्षण वा तालिम दिइने विद्यालय; प्राविधिक विद्यालय; तालिम स्कुल।
57623 प्रशिक्षणार्थी ना. प्राविधिक विषयमा तालिम लिइरहेका छात्र-छात्रा।
57624 प्रशिक्षा ना. १. प्रशिक्षण।
57625 प्रशिक्षा ना. २. तालिम; प्राविधिक शिक्षण।
57626 प्रशिक्षार्थी ना. प्रशिक्षण प्राप्त गर्न चाहने व्यक्ति; प्रशिक्षण प्राप्त गरिरहेका छात्र-छात्रा।
57627 प्रशिक्षित वि. प्रशिक्षा वा तालिम प्राप्त गरेको वा प्राप्त गराइएको।
57628 प्रशोधन ना. कच्चा, अशुद्ध एवं अपरिष्कृत वस्तुलाई खारेर, पेलेर एवं पखालेर शुद्ध, चोखो एवं परिष्कृत तुल्याउने काम।
57629 प्रशोधित वि. शुद्ध, चोखो एवं परिष्कृत पारिएको; खारिएको; पखालिएको; प्रशोधन गरिएको।
57630 प्रश्न ना. १. कुनै कुराको उत्सुकता मेट्नका लागि अथवा उचित जवाफ पाउनका लागि कसैलाई सुनाइने शब्द, वाक्य वा वाक्य-समूह; सवाल।
57631 प्रश्न ना. २. त्यसै उद्देश्यले गरिने मुद्रा, हाउभाउ, साउती आदिको प्रदर्शनी।
57632 प्रश्न ना. ३. छात्रको योग्यता जाँच्नका लागि शिक्षणसंस्थाले तयार पारेको लिखित वा मौखिक सवाल।
57633 प्रश्न ना. ४. प्रश्नपत्र।
57634 प्रश्न ना. ५. अन्तर्वार्ता दिने वा कुनै पदको उम्मेदवार हुनेको योग्यता जाँच्न सोधिने लिखित वा मौखिक सवालपत्र।
57635 प्रश्नचिह्न ना. १. प्रश्नयुक्त वाक्यका अन्तमा लेखिने चिह्न (?)।
57636 प्रश्नचिह्न ना. २. प्रश्न अनुत्तरित रहेको कुरो जनाउने चिह्न।
57637 प्रश्नचिह्न ना. ३. समस्यामूलक विषयमा लक्ष्य गरिने चिह्न; प्रश्नवाचक चिह्न।
57638 प्रश्नपत्र ना. परीक्षा, अन्तर्वार्ता आदिमा सोधिने, लेखेर वा छपाएर तयार गरिएको प्रश्नावलीको पत्र।
57639 प्रश्नवाचक चिह्न ना. प्रश्नचिह्न; सवाल गर्ने चिह्न (?)।
57640 प्रश्नावली ना. १. प्रश्नहरूको क्रमबद्ध तालिका।
57641 प्रश्नावली ना. २. परीक्षामा परीक्षार्थीहरूलाई उत्तर लेख्नका निम्ति सोधिने प्रश्नपत्र।
57642 प्रश्नावली ना. ३. कुनै पनि विषयको वास्तविक जानकारी प्राप्त गर्न वा तथ्य सङ्कलन गर्नका निम्ति त्यससँग सम्बन्धित व्यक्तिहरूलाई सोध्न तयार गरिएका प्रश्नहरूको सूची।
57643 प्रश्नोत्तर ना. १. कसैबाट कुनै कुराको जानकारी हासिल गर्न सोधिने प्रश्न एवं उसले दिएको उत्तर।
57644 प्रश्नोत्तर ना. २. प्रश्न र उत्तर।
57645 प्रश्नोत्तर ना. ३. प्रश्न र त्यसको उत्तरसमेत साथसाथै भएको एक अर्थालङ्कार।
57646 प्रश्नोत्तर ना. ४. मुखामुख।
57647 प्रश्नोत्तर ना. ५. खैखबर।
57648 प्रश्रय ना. १. आफूभन्दा सम्पन्न व्यक्तिसँग लिइने वा आफूभन्दा विपन्न व्यक्तिलाई दिइने सहारा; आश्रय; आड; आडभरोसा।
57649 प्रश्रय ना. २. विनय; नम्रता।
57650 प्रश्रय ना. ३. प्रीति; प्रेम।