Dictionary

All Word

57451 प्रवात ना. १. खुला, सफा र ताजा हावा; स्वस्थ हावा।
57452 प्रवात ना. २. आँधी; हुरी; हुन्डरी।
57453 प्रवाद ना. १. परस्परमा बोल्ने काम; वार्तालाप; कुराकानी।
57454 प्रवाद ना. २. व्यक्त गर्ने क्रिया; प्रकट गराइ।
57455 प्रवाद ना. ३. किंवदन्ती; जनश्रुति।
57456 प्रवाद ना. ४. मानिसहरूको होहल्ला वा गाइँगुइँ; जनरव।
57457 प्रवाद ना. ५. बाजाको ध्वनि; वाद्यझङ्कार।
57458 प्रवादक वि. बाजा बजाउने काम गर्ने; वाद्यवादक।
57459 प्रवादी वि. १. प्रवादसम्बन्धी।
57460 प्रवादी वि. २. प्रवाद गर्ने।
57461 प्रवाल ना. १. एक प्रकारको रत्न; मुगा; विद्रुम।
57462 प्रवाल ना. २. नक्कली मुगा; पुवाँलो।
57463 प्रवाल ना. ३. पालुवा; पाउलो; पल्लव।
57464 प्रवाल युग ना. भूगर्भशास्त्रअनुसार मुगाको सृष्टि भएको युग; आजभन्दा चवालिस करोड वर्ष पहिले प्रारम्भ भएको युग; पुराजीवकभित्र पर्ने तेस्रो युग।
57465 प्रवास ना. १. परदेशको बसाइ; विदेशको वास।
57466 प्रवास ना. २. परदेश जाने क्रिया; बिदेसिने काम।
57467 प्रवासन ना. १. विदेशमा जाने वा रहने काम; स्वदेशबाट बाहिरको प्रस्थान।
57468 प्रवासन ना. २. देशनिकाला; देशनिष्कासन।
57469 प्रवासन ना. ३. वध; हत्या।
57470 प्रवासित वि. १. देशनिकाला गरिएको; देशनिष्कासित।
57471 प्रवासित वि. २. विदेशमा गएर बसोबास गरेको; परदेशमा रहेको; पर्देसिएको।
57472 प्रवासी वि. परदेशमा रहने; विदेशमा बस्ने; प्रवासमा रहने। स्त्री. प्रवासिनी।
57473 प्रवाह ना. १. पानीको बगाइ; जलधार।
57474 प्रवाह ना. २. हावाको बहाइ; वायुप्रवाह।
57475 प्रवाह ना. ३. पानीसँगै कुनै वस्तुको बगाइ वा हावासँगै कुनै वस्तुको बहाइ।
57476 प्रवाह ना. ४. बगुवा पानी वा बहँदो हावा।
57477 प्रवाह ना. ५. भाषण, चलन, काम, यात्रा आदि कार्यको अटुट सिलसिला।
57478 प्रवाहक वि. १. प्रवाहित पार्ने; प्रवाहमा लैजाने; बहाउने; बगाउने। ना.
57479 प्रवाहक वि. २. मोटर, रेल, हवाईजहाज आदि गाडी।
57480 प्रवाहपूर्ण वि. १. प्रवाहका साथमा भएको वा गरिएको।
57481 प्रवाहपूर्ण वि. २. प्रवाहले युक्त वा भरिपूर्ण।
57482 प्रवाहमय वि. प्रवाह भएको; बेगिलो; फुर्तिलो; छिटो।
57483 प्रवाहित वि. १. राम्ररी बगेको वा बगाइएको।
57484 प्रवाहित वि. २. ओसारिएको; लगिएको।
57485 प्रवाहित वि. ३. बहेको वा बहाइएको।
57486 प्रवाहिनी ना. नदी।
57487 प्रवाही वि. १. राम्ररी बग्ने; प्रवाहयुक्त।
57488 प्रवाही वि. २. ओसार्ने काम गर्ने; लैजाने।
57489 प्रवाही वि. ३. चलाउने; सञ्चालन गर्ने।
57490 प्रवाही वि. ४. बहाउने; उडाउने।
57491 प्रवाही वि. ५. प्रवाहमय; छिटो।
57492 प्रविधि ना. १. कुनै काम गर्दा अनुभव तथा प्रयोगका आधारमा अँगालिने खास विधि वा प्रक्रिया; कुनै कुराको निर्माण गर्न वैज्ञानिक ढङ्गले काम गर्ने पद्धति, सिप, ढङ्ग वा कौशल; तकनिकी।
57493 प्रविधि ना. २. खासखास शिल्पको हतौडी। (उदा.- बुढा मरेपछि त्यो घरका मान्छेले जजमानी छोडे, किनभने छोराहरूलाई पुरेत्याइँको प्रविधि थाहा थिएन।)
57494 प्रविधि शास्त्र ना. वैज्ञानिक तरिकाले जीवनका निम्ति आवश्यक तथा निर्माणात्मक कार्य सञ्चालित गर्ने शास्त्र।
57495 प्रविष्ट वि. १. प्रवेश गरेको वा घुसेको; पसेको; छिरेको।
57496 प्रविष्ट वि. २. प्रवेश पाएको; प्रवेश गराइएको।
57497 प्रविष्टि ना. १. प्रवेश गराउने कार्य; मुख्य स्थानमा रहन दिने अनुमति।
57498 प्रविष्टि ना. २. खर्च वा आम्दानी खातामा लेखिने काम।
57499 प्रविष्टि ना. ३. नाम दर्ता गराउनाका निम्ति दिइने सामान्य निवेदन।
57500 प्रविष्टि ना. ४. दर्ता; समावेश। (उदा.- कोशकारले प्रत्येक शब्दको प्रविष्टिमा विशेष ध्यान दिनुपर्छ।)