Dictionary

All Word

57501 प्रवीण ना. १. कुनै पनि कार्य सम्पन्न गर्नमा सिप भएको; सिपालु; निपुण; कुशल।
57502 प्रवीण ना. २. वीणा बजाउन जान्ने।
57503 प्रवीणता ना. १. कुनै काम गर्नका निम्ति रहेको कुशलता; निपुणता; सिप।
57504 प्रवीणता ना. २. इन्टरमिडिएट-तह; प्रमाणपत्र-तह।
57505 प्रवीणता प्रमाण पत्र ना. प्रमाणपत्र-तहको अध्ययन पूरा गरी प्राप्त हुने प्रमाणपत्र (आई. ए., आई. एस.सी., आई. कम्., आइ. एड. का परीक्षाहरूको नयाँ शिक्षा-योजनाअनुसारको नाम)।
57506 प्रवृत्त वि. १. कुनै काममा कुशलतापूर्वक लागेको; रत; तल्लीन; लीन।
57507 प्रवृत्त वि. २. कुनै कार्यका निम्ति तयार; उद्यत।
57508 प्रवृत्त वि. ३. कुनै कार्य सुरु गरिएको; आरब्ध।
57509 प्रवृत्त वि. ४. तत्पर।
57510 प्रवृत्ति ना. १. कुनै कार्य, लक्ष्य, वस्तु वा लततिरको मानसिक झुकाउ।
57511 प्रवृत्ति ना. २. मनको लगन।
57512 प्रवृत्ति ना. ३. इन्द्रियहरूको आआफ्ना विषयभोगतर्फको आकर्षण; सांसारिक विषयप्रतिको मोह।
57513 प्रवृत्ति ना. ४. वार्ता; वृत्तान्त।
57514 प्रवृत्ति ना. ५. चालचलन; आचारविचार।
57515 प्रवृत्ति ना. ६. आनीबानी।
57516 प्रवृत्तिगत वि. प्रवृत्तिसँग सम्बन्धित; प्रवृत्तिको।
57517 प्रवृत्तिमूलक वि. खास गरी प्रवृत्तिमा आधारित; प्रवृत्तिबाट प्रेरित।
57518 प्रवेश ना. १. बाहिरबाट भित्र जाने वा पस्ने क्रिया।
57519 प्रवेश ना. २. कुनै क्षेत्र, वर्ग, सङ्घ आदिमा नियमपूर्वक हुने सामेली।
57520 प्रवेश ना. ३. कुनै विषय वा शास्त्रसम्बन्धी प्रारम्भिक ज्ञान।
57521 प्रवेश ना. ४. कुनै कार्यविशेषको सहभागिता।
57522 प्रवेश ना. ५. संस्था आदिमा होइने वा गरिने भर्ना।
57523 प्रवेश ना. ६. समावेश; प्रविष्टि। वि.
57524 प्रवेश ना. ७. प्रविष्ट।
57525 प्रवेशक ना. १. प्रवेश दिने वा मिलाउने व्यक्ति।
57526 प्रवेशक ना. २. कुराकानीबाटै घटना वा कथाको परिचय गराइने, नाटकको मध्यभागको एक शिल्प। वि.
57527 प्रवेशक ना. ३. प्रवेश गराउने।
57528 प्रवेश पत्र ना. कुनै कार्यविशेषका निम्ति सम्बन्धित ठाउँमा प्रवेश गर्न पाउने अधिकार लेखिएको पत्र; टिकट।
57529 प्रवेश पत्रक ना. सिनेमा हल, नाट्यशाला, सङ्गीत- सम्मेलन आदि समारोहमा पस्ने बेलामा टिकट खिच्ने व्यक्ति (गेटकिपर)।
57530 प्रवेश परीक्षा ना. प्रवेशिका पास भइसकेका विद्यार्थीहरूबाट महाविद्यालयीय पढाइ सुरु गर्नका निम्ति योग्य-अयोग्य छुट्ट्याउन लिइने परीक्षा; एक तह पार गरेर अर्को तहमा जाने सम्बन्धमा योग्य छ-छैन भनी लिइने परीक्षा।
57531 प्रवेश रोधन ना. उच्च पदाधिकारीहरूबाट आफ्नो माग पूरा गराउनलाई वा साधारण मानिसहरूलाई अनुचित काम गर्नबाट रोक्न वा जोगाउनलाई कार्यालय, दोकान, अड्डाखाना, विद्यालय, महाविद्यालय आदिका ढोकामा र सडक आदिका अगाडि अडेर बस्ने काम; पिकेटिङ्।
57532 प्रवेश शुल्क ना. १. कुनै संस्था वा ठाउँमा प्रविष्ट हुनका निम्ति निर्धारित गरिएको द्रव्य वा रकम।
57533 प्रवेश शुल्क ना. २. प्रवेशपत्र लिँदा लाग्ने शुल्क।
57534 प्रवेशार्थी वि. १. कुनै संस्था, पद वा ठाउँमा प्रवेश गर्न चाहने। ना.
57535 प्रवेशार्थी वि. २. प्रवेशको उम्मेदवार।
57536 प्रवेशिका ना. १. उच्च शिक्षामा प्रवेश गर्नुभन्दा पहिले लिइने माध्यमिक तहको परीक्षा; एस. एल. सी.; म्याट्रिक।
57537 प्रवेशिका ना. २. उक्त परीक्षासम्बन्धी पठनपाठन।
57538 प्रवेशिका ना. ३. उक्त पठनपाठनको तह।
57539 प्रवेशिका परीक्षा ना. उच्च शिक्षा प्राप्त गराउनुभन्दा पहिले लिइने वा दिइने परीक्षा; विद्यालयको पढाइ समाप्त भएपछि लिइने वा दिइने अन्तिम परीक्षा; म्याट्रिक जाँच; एस्. एल. सी. को परीक्षा।
57540 प्रवेशित वि. १. पसेको; प्रवेश गरेको; प्रविष्ट।
57541 प्रवेशित वि. २. प्रवेश गराइएको; प्रवेश पाएको; हुलिएको।
57542 प्रव्रजन ना. १. कुनै कारणले अथवा ॠतुविशेषमा बसेको ठाउँ वा देशबाट सरिएको बसाइँ।
57543 प्रव्रजन ना. २. सन्न्यास; प्रव्रज्या।
57544 प्रव्रजित वि. १. सन्न्यास ग्रहण गरेको; सन्न्यस्त; जोगी भएको।
57545 प्रव्रजित वि. २. विदेश गएको; परदेश लागेको।
57546 प्रव्रजित वि. ३. सन्न्यासी।
57547 प्रव्रज्या ना. १. घर छाडेर कहीँ टाढा जाने काम।
57548 प्रव्रज्या ना. २. घरबार छाडी टाढाको कुनै निर्जन स्थलमा गएर बस्ने काम; एकान्तवास।
57549 प्रव्रज्या ना. ३. सांसारिक व्यवहार वा बन्धनलाई त्यागेर सन्न्यास ग्रहण गर्ने काम; सन्न्यास।
57550 प्रव्रज्या ना. ४. जीविका, निवास आदिको सुविधाका दृष्टिले आफ्नो देश वा स्थल छाडेर कुनै अर्को देश वा स्थानमा गएर बस्ने काम।