Dictionary

All Word

57301 प्रयत्नवान् वि. कुनै कार्य वा उद्देश्य पूरा गर्नका निम्ति प्रयत्नशील रहने; कोसिस गर्ने; यत्नशाली।
57302 प्रयत्नशील वि. कुनै कार्य वा लक्ष्यसिद्धिका निम्ति उन्नतशील रहने स्वभाव भएको; उद्योगी।
57303 प्रयत्नसाध्य वि. कठोर परिश्रम वा ठुलो यत्नद्वारा सिद्ध हुने; ठुलो उन्नतिले सम्पन्न हुने वा सफलता हासिल गर्न सकिने।
57304 प्रयाग ना. गङ्गा, यमुना एवं सरस्वतीको सङ्गममा रहेको, अचेल इलाहाबादका नाउँले प्रख्यात एक प्रसिद्ध तीर्थस्थल; तीर्थराज।
57305 प्रयाण ना. १. साइतका साथ गरिने एक ठाउँबाट अर्को ठाउँको यात्रा; पाइलो वा पाइतोसराइ; प्रस्थान; पयान (प. ने.); यात्रा।
57306 प्रयाण ना. २. युद्धका निम्ति रणस्थलतिर गरिने प्रस्थान।
57307 प्रयाण ना. ३. कुनै पनि कार्यको थालनी।
57308 प्रयाण ना. ४. इहलोकबाट परलोकतिर गरिने प्रस्थान।
57309 प्रयाण ना. ५. पशुको पिठिउँ वा ढाड।
57310 प्रयाण काल ना. १. कुनै ठाउँको यात्रा गरिने समय; प्रस्थानकाल।
57311 प्रयाण काल ना. २. इहलोकबाट अवकाश प्राप्त गर्ने समय; मर्ने बेला; मृत्युसमय।
57312 प्रयाण गीत ना. सैनिक अभियान वा मुक्ति सङ्ग्रामका समयमा गाइने गीत (मार्चिङ सङ)।
57313 प्रयात वि. १. इहलोकबाट अवकाश प्राप्त गरेको; मरेको; मृत। ना.
57314 प्रयात वि. २. राति गरिने युद्ध।
57315 प्रयात वि. ३. पहाड वा चट्टानको किनारा; प्रपात।
57316 प्रयात वि. ४. छहरो; भिर।
57317 प्रयास ना. १. आफूले चाहेको कुरो हासिल गर्न गरिने कामकारबाई; यत्न; कोसिस; जमर्को।
57318 प्रयास ना. २. परिश्रम; आयास।
57319 प्रयास ना. ३. उद्योग; उन्नति।
57320 प्रयासशील वि. प्रयत्नशील; परिश्रमी; मिहिनेती।
57321 प्रयाससाध्य वि. प्रयत्न वा प्रयासबाट पूरा हुने।
57322 प्रयासी वि. कुनै कार्य सिद्ध गर्न वा लक्ष्य हासिल गर्न प्रयत्नशील रहने; प्रयासशील; मेहनती।
57323 प्रयुक्त वि. १. कुनै विषयलाई व्यवहारमा ल्याइएको; प्रयोग गरिएको; उपयोगमा ल्याइएको।
57324 प्रयुक्त वि. २. मिलाइएको; उपयोगी तुल्याइएको।
57325 प्रयुक्ति ना. १. प्रयुक्त हुनाको भाव वा अवस्था।
57326 प्रयुक्ति ना. २. प्रयोग।
57327 प्रयोक्ता वि. १. कुनै विषयलाई व्यवहारमा लगाउने; प्रयोगमा ल्याउने; उपयोगमा ल्याउने।
57328 प्रयोक्ता वि. २. काममा लगाउने।
57329 प्रयोक्ता वि. ३. कार्यरत तुल्याउने; प्रेरक।
57330 प्रयोग ना. १. कुनै वस्तु वा विषयलाई व्यवहारमा लगाउने कार्य; उपयोग।
57331 प्रयोग ना. २. नीति, नियम, सिद्धान्त आदिको स्थापना गरी कार्यरूपमा ल्याउने प्रक्रिया; परीक्षण।
57332 प्रयोग ना. ३. कुनै किसिमका शस्त्र, अस्त्र आदिलाई व्यवहारमा ल्याउने कार्य; इस्तेमाल।
57333 प्रयोग ना. ४. मारण, मोहन, उच्चाटन, वशीकरण आदिका निम्ति मन्त्रको व्यवहार।
57334 प्रयोग ना. ५. दृष्टान्त; उपमा; उदाहरण।
57335 प्रयोग ना. ६. आरम्भ; प्रारम्भ; थालनी।
57336 प्रयोगपत्र ना. रेल, मोटर आदिद्वारा निश्चित ठाउँसम्म यात्रा गर्दा प्रयोग गरिने गन्तव्य स्थानको नाउँ, मिति, दस्तुर आदि लेखिएको पत्र; टिकट।
57337 प्रयोगवाद ना. पहिलेदेखि चलिआएका कलात्मक वा साहित्यिक परम्परालाई प्रयोगात्मक रूपमा परीक्षा गरेर त्यसमा रहेका अनावश्यक तथा निरर्थक कुराहरूको विरोध गर्दै वा त्यस्ता कुराहरूलाई हटाउँदै नयाँ किसिमको प्रयोग गर्नुपर्छ भन्ने एक किसिमको मत।
57338 प्रयोगवादी वि. १. प्रयोगवादसम्बन्धी।
57339 प्रयोगवादी वि. २. प्रयोगवादको अनुयायी।
57340 प्रयोगवादी वि. ३. प्रयोगवादी विचारधाराहरूको प्रतिपादन गर्ने।
57341 प्रयोग विधि ना. कुनै वस्तु वा विषयलाई प्रयोग गर्ने तरिका; व्यवहारमा ल्याउने पद्धति वा प्रक्रिया।
57342 प्रयोगशाला ना. १. पदार्थविज्ञान, रसायनशास्त्र आदि विज्ञानविषयक तथ्यहरूलाई जाँचबुझ गर्ने, सम्झने, जान्ने वा त्यस सम्बन्धमा नयाँ तथ्य पत्ता लगाउने आदि दृष्टिबाट विभिन्न प्रयोग गरिने स्थान।
57343 प्रयोगशाला ना. २. जरीबुटी आदिका विभिन्न अङ्गप्रत्यङ्गका गुण-धर्मको विवेचना एवं विश्लेषण गरिने ठाउँ; वेधशाला।
57344 प्रयोजक वि. १. कुनै विषय वा वस्तुलाई प्रयोगमा ल्याउने; काममा लगाउने; प्रेरक। ना.
57345 प्रयोजक वि. २. कुनै विषयवस्तुलाई प्रयोगमा वा व्यवहारमा लगाउने व्यक्ति; प्रयोगकर्ता।
57346 प्रयोजक वि. ३. कसैलाई कुनै विषयमा प्रेरणा दिने व्यक्ति।
57347 प्रयोजक वि. ४. जोड्ने वा मिलाउने व्यक्ति।
57348 प्रयोजन ना. १. कुनै कार्यविशेषमा प्रवृत्त हुनाको मूलभूत कारण वा कारणभूत अभिप्राय; उद्देश्य; आशय।
57349 प्रयोजन ना. २. अर्थ; मतलब; काम।
57350 प्रयोजन ना. ३. करणी; हेतु।