Dictionary

All Word

57701 प्रसाद ना. १. मनमा असन्तोष, लोभ, मोह, रिस आदि विकार नभई प्रफुल्लता रहेको अवस्था; स्वच्छता; निर्मलता।
57702 प्रसाद ना. २. मनमा शोक, सुर्ता, चिन्ता आदि केही पनि नभई हर्षोल्लास भएको स्थिति; प्रसन्नता।
57703 प्रसाद ना. ३. देउदेउतालाई चढाइएको वस्तु; नैवेद।
57704 प्रसाद ना. ४. देवता वा पूज्य जनहरूले आफ्ना भक्तहरूलाई बाँड्ने खानेकुरो।
57705 प्रसाद ना. ५. काव्य वा रचनालाई सरल र सुबोध पार्ने काव्यको एक गुण।
57706 प्रसाद ना. ६. कृपा; दया; अनुग्रह; निगाह।
57707 प्रसादी ना. १. देउदेउता वा पूज्य व्यक्तिलाई चढाएको वा चढाएर बाँकी रहेको फलफूल, मिष्टान्न आदि।
57708 प्रसादी ना. २. पवित्र भोजन; नैवेद्य।
57709 प्रसादी ना. ३. आदरणीय व्यक्तिको जुठो-पुरो।
57710 प्रसाधक वि. १. रङरोगन, फूलमाला, लुगा-कपडा आदि विविध सामग्रीद्वारा सिँगारपटार गर्ने; सजाउने; सिँगार्ने।
57711 प्रसाधक वि. २. कुनै काम परिश्रमका साथ सम्पन्न गर्ने; दुष्कर काम सिद्ध गर्ने। ना.
57712 प्रसाधक वि. ३. स्वामी वा राजालाई वस्त्र, आभूषण आदि पहिराइदिने व्यक्ति; पोसाके।
57713 प्रसाधन ना. १. राम्रो हुने वा पार्ने उद्देश्यले गरिने शृङ्गारपटार; सजावट; शृङ्गार।
57714 प्रसाधन ना. २. कार्यसिद्धि गर्ने काम; सम्पादन; प्रतिपादन; फत्ते; तामेली।
57715 प्रसाधन ना. ३. कपालकोराइ; केशविन्यास।
57716 प्रसाधन ना. ४. सिँगारपटार एवं साजसज्जाका निम्ति उपयुक्त वस्तु; शृङ्गारका सामग्री; शृगारसाधन।
57717 प्रसाधनी ना. केशप्रसाधनको साधन; काङ्गियो; पुष्पिका।
57718 प्रसाधिका ना. अर्काको प्रसाधनको काम गर्ने स्त्री; सिँगारपटारको काम गरी जीविकोपार्जन गर्ने स्त्री।
57719 प्रसाधित वि. १. सिँगारपटार गरेर सजिसजाउ गरिएको; अलङ्कृत; सिँगारिएको; सजाइएको।
57720 प्रसाधित वि. २. पूरा गरिएको; सम्पादित।
57721 प्रसार ना. १. चारैतिर फैलिने वा फैलाउने काम; विस्तार; फैलावट।
57722 प्रसार ना. २. चारैतिर छरिने क्रिया; पसारो।
57723 प्रसार ना. ३. रेडियो, विज्ञापन, सूचना आदिद्वारा सबैतिर पुऱ्याउने वा फिँजाउने कार्य।
57724 प्रसार ना. ४. कुनै कुराको व्यापक प्रचार एवं चर्चा।
57725 प्रसारक वि. प्रसार गर्ने; चारैतिर फैलाउने वा फिँजाउने; पसारो पार्ने; तन्काउने (व्यक्ति)।
57726 प्रसारण ना. १. व्यापक रूपमा फैलाउने वा फिँजाउने काम; प्रचारप्रसार गर्ने क्रिया।
57727 प्रसारण ना. २. समाचार वा सन्देशलाई कुनै आकाशवाणी, रेडियो आदि कुनै साधनद्वारा कतै पठाउने कार्य।
57728 प्रसारिणी वि. व्यापक रूपमा प्रसार गर्ने; चारैतिर फैलाउने कार्य गर्ने (स्त्री)।
57729 प्रसारित वि. प्रसार गरिएको; चारैतिर फैलाइएको।
57730 प्रसारी वि. १. प्रसार गर्ने; चारैतिर फैलाउने।
57731 प्रसारी वि. २. निक्लने; उक्सने।
57732 प्रसार्य वि. प्रसार गर्न योग्य; चारैतिर फैलाउन लायक।
57733 प्रसिद्ध वि. १. असल वा खराब गुणमार्फत सबैजसोले थाहा पाएको; सबैलाई ज्ञान भएको वा सबैले जानेको; कहलिएको; विख्यात; प्रख्यात।
57734 प्रसिद्ध वि. २. सिँगारपटार गरिएको; साजसज्जा गरिएको; अलङ्कृत।
57735 प्रसिद्ध वि. ३. नाउँ चलेको; नामुद।
57736 प्रसिद्ध वि. ४. सर्वपरिचित।
57737 प्रसिद्ध सेवापदक ना. दुई वर्ष अविच्छिन्न सेवा गर्ने शाही पार्श्ववतीलाई प्रदान गर्ने उद्देश्यले २०२३ सालमा स्थापित एक पदक।
57738 प्रसिद्धि ना. राम्रो काम गरेबापत वा राम्रो गुण भएको आधारमा चलेको कसैको राम्रो नाम; कीर्ति; ख्याति; सुयश; यश; नामुदपन।
57739 प्रसुप्त वि. १. मस्तसँग निदाएको; सुतेको; गाढा निद्रामा परेको।
57740 प्रसुप्त वि. २. कुनै कार्य वा विषयप्रति निष्क्रिय रहेको; चेष्टारहित भएको; निष्क्रिय; निश्चेष्ट।
57741 प्रसुप्ति ना. १. गाढा निद्रा; मस्त सुताइ।
57742 प्रसुप्ति ना. २. निष्क्रियता; निश्चेष्टता।
57743 प्रसूत वि. १. जन्म दिइएको; जन्माउने काम गरिएको।
57744 प्रसूत वि. २. जन्मेको; पैदा भएको; उत्पन्न।
57745 प्रसूता ना. १. बालक जन्माएकी स्त्री; सुत्केरी।
57746 प्रसूता ना. २. बाछो पाएको बस्तुभाउ; ब्याएको पशु।
57747 प्रसूति ना. १. बालक जन्माउने क्रिया; प्रसव; सुत्केरो।
57748 प्रसूति ना. २. जन्म; उत्पत्ति।
57749 प्रसूति ना. ३. लालाबाला; सन्तान; सन्तति।
57750 प्रसूति ना. ४. सुत्केरी; प्रसूता।