Dictionary

All Word

57801 प्रस्तुत वि. ८. सुरु गरिएको; थालिएको; आरब्ध।
57802 प्रस्तुताङ्कुर ना. एउटा प्रस्तुत विषयमा गरिएको कुरो अर्को प्रस्तुत वस्तु वा विषयमा घट्ता हुने एक अर्थालङ्कार।
57803 प्रस्तुति ना. १. सभामा कुनै प्रस्ताव पेस गर्ने काम; कुनै प्रस्ताव वर्णनका साथमा सभामा पेस गर्ने क्रिया।
57804 प्रस्तुति ना. २. प्रशंसा; गुणगान; स्तुति।
57805 प्रस्तुति कर्ता वि. १. प्रस्तुति गर्ने।
57806 प्रस्तुति कर्ता वि. २. प्रशंसा गर्ने।
57807 प्रस्तुतीकरण ना. १. कुनै प्रस्तावलाई व्यक्ति, समाज, सभा, समिति आदिका समक्ष प्रस्तुत गर्ने कार्य।
57808 प्रस्तुतीकरण ना. २. कुनै वस्तु वा विषय राम्ररी तयार गरेर प्रभावकारी ढङ्गबाट जनसमक्ष ल्याउने काम; उपस्थित गराइ।
57809 प्रस्तुतीकरण ना. ३. कुनै लेख, रचना, प्रवचन आदिलाई प्रभावपूर्ण तरिकाले जनसमक्ष पेस गर्ने काम; पेसगराइ; दाखिला।
57810 प्रस्तोता ना. १. कुनै विषय वा वस्तुलाई प्रभावकारी ढङ्गबाट जनसमक्ष प्रस्तुत गर्ने व्यक्ति; प्रस्तुतिकर्ता।
57811 प्रस्तोता ना. २. प्रशंसा गर्ने व्यक्ति; प्रशंसक।
57812 प्रस्तोता ना. ३. सामवेदका गायक।
57813 प्रस्थ ना. १. एक प्रकारको भर्ने साधन; पाथी।
57814 प्रस्थ ना. २. बस्ती; स्थल (जस्तो- इन्द्रप्रस्थ)।
57815 प्रस्थ ना. ३. बसाइ; आश्रम (जस्तो- वानप्रस्थ)।
57816 प्रस्थान ना. १. एक ठाउँबाट अर्का ठाउँमा जाने क्रिया; गमन; यात्रा।
57817 प्रस्थान ना. २. ठिक मुहूर्तमा आफू प्रस्थान गर्न नसक्ने कारण परेमा जनै, सुपारी, वस्त्र आदि पर सार्ने काम; पाइतोसराइ।
57818 प्रस्थान ना. ३. युद्धका निम्ति यात्राको आरम्भ।
57819 प्रस्थापक वि. १. कसैलाई वा केही कुरालाई कतैतिर पठाउने।
57820 प्रस्थापक वि. २. राम्ररी स्थापना गर्ने वा युक्तिपूर्वक राख्ने।
57821 प्रस्थापन/प्रस्थापना ना. १. कुनै वस्तु वा व्यक्तिलाई पठाउने कार्य।
57822 प्रस्थापन/प्रस्थापना ना. २. स्थापना वा युक्तिपूर्वकको रखाइ।
57823 प्रस्थापन/प्रस्थापना ना. ३. कुनै पद, मत, व्यक्ति, वस्तु आदिको स्थायित्व-प्राप्ति।
57824 प्रस्थापन/प्रस्थापना ना. ४. स्थापित हुने क्रियाप्रक्रिया।। ५ कार्यसिद्धि; सिद्धि।
57825 प्रस्थापन/प्रस्थापना ना. ६. सरकारको विधायिका अङ्गमा जनप्रतिनिधिसमक्ष विधेयकको प्रस्तुतीकरण।
57826 प्रस्थापित वि. १. पठाइएको; प्रेषित गरिएको।
57827 प्रस्थापित वि. २. स्थापना गरिएको वा युक्तिपूर्वक राख्ने काम गरिएको।
57828 प्रस्थापित वि. ३. संसद्, राष्ट्रिय सभा आदि झैँ विधायक स्थलमा जनप्रतिनिधिका सामुन्ने प्रस्तावका रूपमा अग्रसर गरिएको।
57829 प्रस्थापित वि. ४. प्रस्तुत गरिएको; पेस गरिएको।
57830 प्रस्थायी वि. एक ठाउँबाट अर्को ठाउँमा जाने; प्रस्थान गर्ने।
57831 प्रस्थित वि. १. एक ठाउँबाट अर्का ठाउँमा गएको; प्रस्थान गरेको।
57832 प्रस्थित वि. २. प्रस्थानका निम्ति तयार भएको।
57833 प्रस्थित वि. ३. विशेष रूपले रहेको; दृढ भएर रहेको।
57834 प्रस्थिति ना. १. प्रस्थान; यात्रा; गमन।
57835 प्रस्थिति ना. २. वस्तुको विशेष स्थिति।
57836 प्रस्फुट वि. १. फूल आदि फुलेको वा फक्रिएको; प्रफुल्ल; विकसित।
57837 प्रस्फुट वि. २. निस्केको वा प्रकट भएको; प्रकटित; स्पष्ट।
57838 प्रस्फुट वि. ३. बिरुवा आदि उम्रिएको।
57839 प्रस्फुट वि. ४. मनका क्रोध, हर्ष आदिको उदय भएको। ना.
57840 प्रस्फुट वि. ५. प्रस्फुटन।
57841 प्रस्फुटन ना. १. फूल आदि फुल्ने वा फक्रिने क्रिया; विकास।
57842 प्रस्फुटन ना. २. निस्कने वा प्रकट हुने क्रिया; प्रकट।
57843 प्रस्फुरण ना. १. निस्काइ; निक्लाइ।
57844 प्रस्फुरण ना. २. फुलाइ; फक्राइ।
57845 प्रस्फुरण ना. ३. फरफराइ; फुराइ।
57846 प्रस्फुरण ना. ४. चम्काइ।
57847 प्रस्फुरण ना. ५. कँपाइ; कम्पन; प्रकम्पन।
57848 प्रस्फुरित वि. प्रस्फुरण भएको।
57849 प्रस्फोट/प्रस्फोटन ना. १. कुनै विस्फोटक पदार्थको फुटाइ वा पड्काइ।
57850 प्रस्फोट/प्रस्फोटन ना. २. फूल आदिको फुलाइ वा फक्राइ।