Dictionary

All Word

57851 प्रस्फोट/प्रस्फोटन ना. ३. निस्काइ वा निक्लाइ।
57852 प्रस्फोट/प्रस्फोटन ना. ४. चम्काइ वा प्रकाशन।
57853 प्रस्फोट/प्रस्फोटन ना. ५. निफनाइ; छँटाइ।
57854 प्रस्रव/प्रस्रवण/प्रस्राव ना. १. निरन्तरको चुहाइ वा रसाइ; तप्को।
57855 प्रस्रव/प्रस्रवण/प्रस्राव ना. २. निरन्तरको बहाइ वा बगाइ; प्रवाह; धारा।
57856 प्रस्रव/प्रस्रवण/प्रस्राव ना. ३. कुनै तरल पदार्थको बेगिलो बगाइ वा चुहाइ।
57857 प्रस्रव/प्रस्रवण/प्रस्राव ना. ४. धारो।
57858 प्रस्रव/प्रस्रवण/प्रस्राव ना. ५. झर्ना; छाँगो; छहरो।
57859 प्रस्रव/प्रस्रवण/प्रस्राव ना. ६. वात्सल्य वा दुधको अधिकताले स्तनबाट चुहिरहने दुधको सिर्को।
57860 प्रस्रव/प्रस्रवण/प्रस्राव ना. ७. मूत्र; पिसाब।
57861 प्रस्रव/प्रस्रवण/प्रस्राव ना. ८. शरीरका भित्र रहने विभिन्न ग्रन्थिहरूबाट निस्कने रसिलो पदार्थ; हर्मन (अङ्.)।
57862 प्रस्रुत वि. १. प्रस्रवका रूपमा आएको; चुहेको; रसाएको; टप्किएको।
57863 प्रस्रुत वि. २. झरेको; बगेको।
57864 प्रस्वेद ना. १. तरतरी चुहेको वा निस्केको पसिना।
57865 प्रस्वेद ना. २. स्वेद; पसिना।
57866 प्रस्वेदन ना. पसिना तर्तरी चुहुने वा निस्कने क्रिया एवं प्रक्रिया; प्रस्वेदको झराइ वा निस्काइ।
57867 प्रस्वेदित वि. तरतरती पसिना चुहेको वा निस्केको।
57868 प्रस्वेदी वि. पसिनाले तर भएको; तरतरी पसिना चुहेको वा निस्केको।
57869 प्रहर ना. १. दिनरातका आठ भागको एक भाग; अहोरात्रको आठौँ भाग; तीन घण्टाको समय।
57870 प्रहर ना. २. पहर; याम।
57871 प्रहरक ना. पहरादार; पाले।
57872 प्रहरी ना. १. देशभित्र अशान्ति र अव्यवस्था हुन नदिन र त्यस्तो भएमा शान्ति-सुव्यवस्था कायम गर्नका निम्ति व्यवस्था गरिएको सरकारी विभागको कर्मचारी; पुलिस।
57873 प्रहरी ना. २. उक्त विभाग।
57874 प्रहरी ना. ३. उक्त विभागअन्तर्गतको तल्लो तहको सिपाही।
57875 प्रहरी ना. ४. एक- एक पहरमा बदलिने पाले।
57876 प्रहरी ना. ५. पहरेदार; पाले।
57877 प्रहरी कर्मचारी ना. प्रहरी ऐनअन्तर्गत प्रहरीमा नियुक्त भएको वा दरिएको जवान।
57878 प्रहरी चौकी ना. शान्ति-सुरक्षाका निम्ति आवश्यक परेका ठाउँमा राखिएको प्रहरीहरू रहने अड्डा।
57879 प्रहरी दीर्घसेवापट्ट ना. पच्चिस वर्षसम्म अविछिन्न रूपले प्रहरी-सेवामा काम गर्ने प्रहरी जवानलाई प्रदान गर्ने उद्देश्यले २०२२ सालमा स्थापित एक पदक।
57880 प्रहरी नायब महानिरीक्षक ना. प्रहरी-महानिरीक्षकपछिको पद वा दर्जा।
57881 प्रहरी निरीक्षक ना. प्रहरीतर्फको इन्स्पेक्टर।
57882 प्रहरी पराक्रम पदक ना. प्रहरी-सेवामा रहेर पराक्रमपूर्ण एवं प्रशंसनीय काम गर्ने प्रहरी जवानलाई प्रदान गर्ने उद्देश्यले २०२२ सालमा स्थापित एक पदक।
57883 प्रहरी प्रतिवेदन ना. कुनै अशान्ति, अव्यवस्था, काटमार, लुटपिट आदिको राम्रो छानबिन गरी सम्बन्धित विभागमा प्रहरीले दिने प्रतिवेदन।
57884 प्रहरी फोर्स ना. देशमा आन्दोलन, अशान्ति, अव्यवस्था, लुटपिट, चोरीडकैती आदि भएमा शान्तिसुरक्षा गर्न- गराउनका निम्ति सरकारद्वारा गठन गरिएको वा शक्ति प्रदान गरिएको प्रहरीहरूको दल (पुलिसफोर्स)।
57885 प्रहरी महानिरीक्षक ना. प्रहरीतर्फका प्रमुख हाकिम (आई. जी. पी.)।
57886 प्रहरी रत्न ना. साहसी प्रहरीलाई प्रदान गर्ने उद्देश्यले २०२२ सालमा स्थापित एक पदक।
57887 प्रहरी विभाग ना. १. प्रहरीहरूको व्यवस्था मिलाउने, गृहमन्त्रालयका अधीनमा रहेको एक विभाग।
57888 प्रहरी विभाग ना. २. प्रहरी-सेवाअन्तर्गतको कुनै पनि तहको विभाग।
57889 प्रहरी सेवा ना. प्रहरीको जागिर।
57890 प्रहरी सेवा पद ना. प्रहरीसेवामा अविछिन्न रूपले बाह्र वर्षसम्म सेवा गर्ने प्रहरीलाई गर्ने उद्देश्यले २०२३ सालमा स्थापित एक पदक।
57891 प्रहर्ष ना. मनोकामना पूरा भएर वा अरू त्यस्तै खुसियालीका कारणले गर्दा मनमा भएको ठुलो हर्ष; अत्यधिक प्रसन्नता; हार्दिक प्रफुल्लता।
57892 प्रहर्षण ना. १. मनमा भएको ठुलो हर्ष; अत्यधिक प्रसन्न हुने क्रिया एवं प्रक्रिया; हार्दिक प्रफुल्लता।
57893 प्रहर्षण ना. २. हर्षबाट उत्पन्न भएको रोमाञ्च।
57894 प्रहर्षण ना. ३. इच्छा पूर्ति हुँदा हुने हर्षोल्लासको स्थिति।
57895 प्रहर्षण ना. ४. प्रयत्न नगरीकन अभीष्ट सिद्धि भएको वर्णन गर्दा हुने एक अर्थालङ्कार।
57896 प्रहर्षिणी ना. भगण, नगण, जगण, रगण तथा एक गुरु भएको अतिजगती छन्दको एक भेद।
57897 प्रहर्षित वि. १. अत्यन्त हर्षित; अतिप्रसन्न।
57898 प्रहर्षित वि. २. अत्यन्त रोमाञ्चित; ज्यादै पुलकित।
57899 प्रहसन ना. १. ज्यादै ठुलो हाँसो; गद् गद स्वरले हाँसिएको हाँसो वा त्यसरी हाँसिने क्रियाप्रक्रिया।
57900 प्रहसन ना. २. ठट्टा; दिल्लगी; ख्याल।