Dictionary

All Word

57951 प्राकृत वि. ३. अकृत्रिम; सहज; स्वाभाविक; सहजसाध्य।
57952 प्राकृत वि. ४. सामान्य; साधारण; नैसर्गिक। ना.
57953 प्राकृत वि. ५. संस्कृत भाषाको प्रचलनपछाडि जनसाधारणले लोकभाषाका रूपमा बोल्ने गरेको भाषा।
57954 प्राकृत वि. ६. संस्कृत भाषाको प्रचलनभन्दा अगाडि वैदिक कालतिर लोकभाषाका रूपमा चलेको भाषा; कथ्यसंस्कृत (संस्कृतको प्रचलनपछि प्रचलनमा आएका प्राकृत भाषाका मुख्य भेदहरू सात छन्- मागधी, आवन्ती, प्राच्य, शौरसेनी, अर्द्धमागधी, वाह्लिक र दाक्षिणात्य)।
57955 प्राकृत पोखरा ना. १. डाँडैडाँडा, नदीनाला, वनबगैँचा आदि प्रकृतिले रमाइलो रहेको ताल।
57956 प्राकृत पोखरा ना. २. गण्डकी अञ्चलको कास्की जिल्ला वा पश्चिमाञ्चल क्षेत्रको सदर मुकाम पोखरालाई दिइएको एक संज्ञा।
57957 प्राकृत पोखरा ना. ३. सोही नामको एउटा काव्य।
57958 प्राकृतिक वि. १. प्रकृतिसम्बन्धी; प्रकृतिको।
57959 प्राकृतिक वि. २. सहज; स्वाभाविक; नैसर्गिक; अकृत्रिम।
57960 प्राकृतिक वि. ३. प्रकृतिबाट उत्पन्न।
57961 प्राकृतिक वि. ४. भौतिक; सांसारिक।
57962 प्राकृतिक चिकित्सा ना. प्राकृतिक साधन, कसरत, व्यायाम आदिबाट गरिने उपचार वा विधि।
57963 प्राकृतिक चुनाउ ना. डार्बिनको विकासवादअनुसार प्राणीले अस्तित्वका लागि खास प्रकारको प्राकृतिक वातावरण रोज्ने कार्य; एक जातिबाट भिन्न प्रजातिको विकास हुने एक कारण।
57964 प्राकृतिक विकास ना. १. प्रकृतिसँग सम्बन्धित विभिन्न सम्पदाको वृद्धि वा विस्तार गरिने वा हुने क्रिया।
57965 प्राकृतिक विकास ना. २. डार्बिनका अनुसार प्राकृतिक चुनाउले गर्दा प्राणीमा आउने प्रजातीय परिवर्तन।
57966 प्राकृतिक विज्ञान ना. १. प्रकृतिसँग सम्बन्धित कुरा वा प्रकृतिका विभिन्न तथ्य एवं सम्पदाको परिचय तथा विश्लेषण गर्ने शास्त्र।
57967 प्राकृतिक विज्ञान ना. २. विशुद्ध विज्ञान (भौतिकी, रसायनशास्त्र, जीवशास्त्र, खगोलशास्त्र आदि)।
57968 प्राकृतिक सन्तुलन ना. जीवजन्तु र वनस्पतिका बिच सबैको सहअस्तित्वका लागि आवश्यक पर्ने प्राकृतिक स्रोत र साधनको समुचित उपभोगको अवस्था।
57969 प्राक्कथन ना. कुनै पुस्तक वा ग्रन्थका आरम्भमा लेखिने भूमिका; प्रस्तावना; उपोद्घात; लेखकीय।
57970 प्राक्कर्म ना. १. कुनै पनि कार्य, महाकार्य आदिका थालनीमा गरिने कर्म।
57971 प्राक्कर्म ना. २. बिहानै गरिने नित्यकर्म।
57972 प्राक्कर्म ना. ३. पूर्वजन्ममा गरिएको कार्य।
57973 प्राक्कलन ना. १. पछि हुने सम्भावित खर्च वा लागतको पहिले नै गरिने अनुमान वा अड्कल।
57974 प्राक्कलन ना. २. आयव्ययको प्रारूप।
57975 प्राक्कल्पना ना. कुनै खासखास तथ्यहरूको सङ्कलनद्वारा प्राप्त हुने सत्यताको प्रतिपादनका निम्ति आरम्भमै गरिने परिणामको अनुमान; अनुकल्पना; शोधको सैद्धान्तिक आधार। हाइपोथेसिस (अङ्.)।
57976 प्राक्काल ना. १. धेरै पहिलेको समय; पूर्वकाल।
57977 प्राक्काल ना. २. प्राचीन समय।
57978 प्राक्काल ना. ३. सभ्यताको जन्म हुनुभन्दा पहिलेको समय; पुरातनकाल।
57979 प्राक्काल ना. ४. प्रागैतिहासिक समय।
57980 प्राक्कालिक वि. धेरै वर्षअगिको; पहिले भएको; प्राचीन; पुरानो; प्राक्कालीन।
57981 प्राक्कालीन वि. प्राक्कालिक।
57982 प्राक्टिस ना. १. कुनै विषयमा गरिने अभ्यास; प्रयोग; रफत।
57983 प्राक्टिस ना. २. डाक्टरले डिग्री हासिल गरिसिद्ध्याएपछि गरिने प्रायोगिक उपचार।
57984 प्राक्टिस ना. ३. वकिल आदिले न्यायिक छलफल आदिमा वादी र प्रतिवादीको पक्ष लिएर अदालतमा बहस आदिमा भाग लिने पेसा।
57985 प्राक्तन वि. १. पहिलेको; उहिले; आदिम; प्राचीन।
57986 प्राक्तन वि. २. पुरानो समयको; पुरानो।
57987 प्रागैतिहासिक वि. इतिहासमा वर्णन गरिएको समयभन्दा पहिलेको; इतिहास लेखिनुभन्दा पहिलेको; क्रमबद्ध इतिहासभन्दा पूर्वकालको।
57988 प्राग्भाषिक वि. भाषाको उत्पत्ति हुनुभन्दा अघिको; भाषाको जन्म नहुँदैको; भाषाको उद्‍गमभन्दा पहिलेको।
57989 प्राङ्गण ना. १. आँगन।
57990 प्राङ्गण ना. २. सानो खालको ढोल वा ढोलकी।
57991 प्राङ्गार ना. १. पत्थर कोइला, हीरा आदि अँगारधर्मी वस्तु; कार्बन।
57992 प्राङ्गार ना. २. पातपतिङ्गरको सडेको रूप।
57993 प्राङ्गार युग ना. प्राङ्गारको सृष्टि भएको युग; आजभन्दा तिस करोड वर्षपहिले चलेको युग।
57994 प्राङ्गारिक वि. १. प्राङ्गारसम्बन्धी।
57995 प्राङ्गारिक वि. २. प्राङ्गार भइसकेपछिको।
57996 प्राङ्गारिक मल ना. १. पातपतिङ्गर खाडलमा कुहाएर गाउँघरमै तयार गरिएको मल; घरेलु मल।
57997 प्राङ्गारिक मल ना. २. मलका रूपमा प्रयोग गरिएको प्राङ्गार।
57998 प्राङ्न्याय ना. कुनै वादीप्रतिवादीका बिचमा परेका मुद्दाको निर्णय भइसकेपछि सोही अदालतमा तिनै वादीप्रतिवादीका बिचमा पुनः नयाँ मुद्दा पर्न गएमा अदालतले दिएको पहिलो निर्णय।
57999 प्राचार्य ना. महाविद्यालय, विश्वविद्यालय आदिका प्रधान प्राध्यापक; कलेजका प्रशासक; प्रमुख प्राध्यापक; प्रिन्सिपल।
58000 प्राची ना. पूर्व दिशा; पूर्व।