Dictionary

All Word

58101 प्राणी वि. ३. मनुष्य।
58102 प्राणी भूगोल ना. विभिन्न स्थानका जीवजन्तुको अध्ययन गर्ने भूगोल।
58103 प्राणीविज्ञान ना. विभिन्न जीवजन्तुको परिचय एवं वैज्ञानिक विश्लेषण गरिएको शास्त्र; जीवविज्ञान।
58104 प्राणीशास्त्र ना. विभिन्न जीवजन्तुका सम्बन्धमा विश्लेषणात्मक परिचय दिने शास्त्र; प्राणीविज्ञान।
58105 प्राणेश्वर ना. १. प्राणरूपी देवता; पति; स्वामी।
58106 प्राणेश्वर ना. २. परम प्रिय व्यक्ति; प्रियतम; प्रेमी।
58107 प्राणेश्वर ना. ३. शैथिल्य वा अन्त्य अवस्थामा खुवाइने एक प्रकारको प्रसिद्ध आयुर्वेदीय औषधी।
58108 प्राणेश्वरी ना. १. प्राणरूपी देवी; स्त्री; पत्नी।
58109 प्राणेश्वरी ना. २. प्रियतमा; प्रेमिका।
58110 प्राणोत्सर्ग ना. प्राणत्याग; मृत्यु।
58111 प्रातः ना. १. बिहानीपखको समय; प्रातःकाल। क्रि.वि.
58112 प्रातः ना. २. सबेरै; सखारै; बिहानै।
58113 प्रातःकर्म ना. प्रातःकालमा गरिने नित्यकर्म; प्रातःकृत्य।
58114 प्रातःकाल ना. बिहानको समय; प्रभात।
58115 प्रातःकालिक वि. प्रातःकालसम्बन्धी; प्रातःकालको।
58116 प्रातःकालीन वि. प्रातःकालको; प्रभातकालीन; बिहानी।
58117 प्रातःकृत्य ना. प्रातःकालमा गरिने कर्म।
58118 प्रातःसन्ध्या ना. १. बिहान गरिने सन्ध्या वा जप।
58119 प्रातःसन्ध्या ना. २. बिहानको समय।
58120 प्रातःस्नान ना. बिहान गरिने स्नान।
58121 प्रातःस्मरण ना. प्रातःकालमा गरिने देवता वा पूज्य व्यक्तिको स्मरण।
58122 प्रातःस्मरणीय वि. १. प्रातःकालमा सम्झन लायक।
58123 प्रातःस्मरणीय वि. २. आदरणीय; मननीय; सम्मान्य।
58124 प्रातिनूतनाश्मयुग ना. आजभन्दा पचास लाखदेखि चालिस लाख वर्ष पहिले प्रारम्भ भएको युग; मानवयुग प्रारम्भ भएका समयको युग।
58125 प्रातिपदिक ना. क्रियादेखि बाहेक अरू नाम, सर्वनाम, विशेषण आदि शब्द; मूलपदमा अर्को कुनै तत्त्व थपिइसकेपछिको (नाम, विशेषण आदि शब्दको) अवस्था।
58126 प्राथमिक वि. १. सुरुको; थालनीको; प्रथम तहको शिक्षासम्बन्धी।
58127 प्राथमिक वि. २. पहिलेको; प्रथम।
58128 प्राथमिक वि. ३. सबभन्दा बढी महत्त्व को; सबभन्दा पहिलो क्रममा आउने।
58129 प्राथमिक उद्योग ना. सुरु-सुरुमा गरिने सानोतिनो वा प्रारम्भिक उद्योग।
58130 प्राथमिक उपचार ना. १. चोटपटक लागेको वा घाइते कुनै व्यक्तिलाई औषधी-उपचार गराउनुभन्दा पहिले तत्काल गरिने मलमपट्टी आदि सामान्य उपचार; प्रारम्भिक स्तरको उपचार (फस्ट एड); प्रथमोपचार।
58131 प्राथमिक उपचार ना. २. उक्त उपचारसम्बन्धी औषधी।
58132 प्राथमिक उपचार बाकस ना. प्राथमिक उपचारका सामग्रीहरू राखिने बाकस।
58133 प्राथमिक काल ना. कुनै निश्चित समयका तीन खण्डमध्ये पहिलो खण्ड वा निश्चित समयका तीन भागमध्ये पहिलो भाग; प्रारम्भिक काल।
58134 प्राथमिकता ना. कार्य, व्यक्ति वा वस्तुलाई प्राप्त हुने पहिलो स्थान वा अवसर; अग्रावसर; अग्राधिकार।
58135 प्राथमिकता सूची ना. योग्यता, दर्जा, गुण आदिका क्रमले पहिलो, दोस्रो, तेस्रो आदिका क्रमले राखिने क्रम वा सूची; आवश्यकताअनुसार क्रमैले राखिने कार्य वा त्यसको सूची।
58136 प्राथमिक वर्ग ना. वानरानुगण, निशाकपि अनुगण, कूर्चमर्कट अनुगण, नरवानरानुगण र मानवानुगण आदि र ती जस्तै हाँगामा वास बस्ने अन्य स्तनपायी; शाखामृगका लागि एक सामूहिक संज्ञा; शाखामृग।
58137 प्राथमिक विद्यालय ना. ससाना बालबालिकाहरूलाई आरम्भमा शिक्षा दिने पाठशाला; एक कक्षादेखि पाँच कक्षासम्मको शिक्षा दिइने तल्लो तहको विद्यालय; प्राथमिक पाठशाला।
58138 प्रादुर्भाव ना. १. कुनै वस्तु वा विषय प्रकट हुने वा देखा पर्ने क्रिया।
58139 प्रादुर्भाव ना. २. कुनै वस्तु वा विषयको उत्पत्ति वा उद्भव।
58140 प्रादुर्भाव ना. ३. अस्तित्व भएको तर नदेखिएको कुरो जनसमक्ष आउने काम।
58141 प्रादुर्भूत वि. १. सृष्टि भएको; प्रादुर्भाव भएको; प्रकट भएको।
58142 प्रादुर्भूत वि. २. उत्पन्न भएको; पैदा भएको।
58143 प्रादेश ना. फैलिएका बुढी औँलाका टुप्पादेखि चोर औँलाका टुप्पासम्मको नापो।
58144 प्रादेशिक वि. १. प्रदेशसम्बन्धी; प्रदेशको।
58145 प्रादेशिक वि. २. कुनै प्रदेशका भित्री भागसँग सम्बन्ध राख्ने; प्रदेशअन्तर्गतको।
58146 प्रादेशिक वि. ३. स्थानीय।
58147 प्रादेशिक वि. ४. राजधानीबाहिरको; मोफसलको।
58148 प्रादेशिकता ना. आफ्नै प्रदेश वा क्षेत्रलाई मात्र सुदृष्टिले हेर्ने क्रिया; स्थानीय पक्षपात; क्षेत्रीय स्वार्थ; प्रान्तीय भावना।
58149 प्रादेशिक मौसम विज्ञान ना. कुनै खास प्रान्त वा भागको ॠतुक्रिया, हावापानी र शीत-तापक्रमको वैज्ञानिक विश्लेषण र मूल्याङ्कन गर्ने मौसमविज्ञान।
58150 प्रादेशिक विकास ना. कुनै विशेष प्रदेश वा क्षेत्रका आधारमा गरिने विकास।