Dictionary

All Word

58001 प्राचीन वि. १. धेरै दिन पहिलेको; पूर्वीय; पौरस्त्य।
58002 प्राचीन वि. २. धेरै पुरानो; पुरातन।
58003 प्राचीन वि. ३. धेरै पहिलेको समयमा बनेको, भएको वा रहेको।
58004 प्राचीन आर्य शाखा ना. १. भारोपेली भाषिक परिवारबाट छुट्टिएर आर्य-इरानी शाखामा विभक्त भइसकेपछि आर्य र इरानी उपशाखाहरूमध्ये आर्यको पहिलो हाँगो।
58005 प्राचीन आर्य शाखा ना. २. भारतवर्षमा प्रवेश गर्ने आर्यहरूको पहिलो समूह; बाह्य आर्य।
58006 प्राचीनता ना. प्राचीन हुनाको भाव, गुण वा अवस्था; पुरानोपन; पुरातनता।
58007 प्राचीन स्मारक ना. १. ऐतिहासिक, पुरातात्त्विक वा कलात्मक महत्त्व का देवालय, भवन, सालिक, मूर्ति, चित्र, गुफा, ढुङ्गा, धातु, काठ, हस्तिहाड आदि तथा ताम्रपत्र, शिलापत्र, कनकपत्र, रजतपत्र, भोजपत्र, ताडपत्र आदि वस्तु र यस्ता वस्तुहरू रहेको ठाउँ।
58008 प्राचीन स्मारक ना. २. कलात्मक पुराना वस्तु वा सामग्री।
58009 प्राचीन स्मारक संरक्षण ऐन ना. पुरातात्त्विक वस्तुहरूको संरक्षण एवं संवर्द्धन गर्न र तिनलाई नियमित गर्नाका निम्ति तत्कालीन सरकारले २०१३ सालमा तयार गरेको ऐन।
58010 प्राचीर ना. सहर, किल्ला आदि स्थलको सुरक्षाका निम्ति चारैतर्फ बनाइएको अग्लो पर्खाल; प्राकार।
58011 प्राचुर्य ना. प्रचुर हुनाको भाव वा अवस्था; प्रचुरता।
58012 प्राच्य वि. १. पूर्वको; पूर्वसम्बन्धी, पूर्वतिर रहेको वा भएको; पूर्वीय; पुर्बेली।
58013 प्राच्य वि. २. पहिलेको; पुरानो; पुरातन।
58014 प्राच्य वि. ३. सामुन्नेको अगिल्लो। ना.
58015 प्राच्य वि. ४. संस्कृत भाषाको सबैभन्दा पूर्वमा बोलिने कथ्यरूप; मागधी आदि पूर्वीय प्राकृत भाषाहरूको पूर्वरूप।
58016 प्राच्य संस्कृत ना. प्राच्य (भाषा)।
58017 प्राजापत्य वि. १. प्रजापतिसम्बन्धी; प्रजापतिको।
58018 प्राजापत्य वि. २. प्रजापतिद्वारा उत्पन्न। ना.
58019 प्राजापत्य वि. २. बाह्र दिनमा सम्पन्न हुने एक व्रत।
58020 प्राजापत्य वि. ३. धर्मशास्त्रअनुसार आठ प्रकारका विवाहमध्ये एक।
58021 प्राजापत्य वि. ४. प्रजापतिको पद, अधिकार वा अधिकार क्षेत्र।
58022 प्राजापत्य विवाह ना. बाबु वा अभिभावकले कन्यादान गरी शास्त्रोक्त विधिले गरिदिने विवाह; आठ प्रकारका विवाहमध्ये एक; ब्राह्मणविवाह।
58023 प्राजापत्य हस्त ना. पच्चिस अङ्गुल बराबरको नाप।
58024 प्राज्ञ वि. १. प्रखर वा परिपक्व बुद्धि भएको; बुद्धिमान्।
58025 प्राज्ञ वि. २. अत्यन्त सिप भएको; ज्यादै सिपालु; दक्ष।
58026 प्राज्ञ वि. ३. अध्ययनद्वारा प्रशस्त ज्ञान आर्जन गरेको (व्यक्ति); विशिष्ट विद्वान्; पण्डित; विज्ञ। ना.
58027 प्राज्ञ वि. ४. नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य।
58028 प्राज्ञत्व ना. १. प्राज्ञ हुनाको भाव वा अवस्था; विद्वत्ता; पाण्डित्य।
58029 प्राज्ञत्व ना. २. कौशल; चातुर्य।
58030 प्राज्ञत्व ना. ३. बुद्धिमत्ता।
58031 प्राज्ञ परिषद् ना. १. प्राज्ञ व्यक्ति वा विशिष्ट विद्वान्हरूको समूह वा मण्डली।
58032 प्राज्ञ परिषद् ना. २. प्रज्ञाप्रतिष्ठानको कार्यकारिणी परिषद्।
58033 प्राज्ञमन्य वि. आफूलाई विद्वान् वा धेरै बुद्धिमान् ठान्ने।
58034 प्राज्ञसभा ना. १. विद्वान्हरूको सभा।
58035 प्राज्ञसभा ना. २. नेपाल प्रज्ञाप्रतिष्ठानको सभा।
58036 प्राज्ञिक वि. १. प्राज्ञसम्बन्धी; कौशल वा दक्षतायुक्त।
58037 प्राज्ञिक वि. २. प्राज्ञद्वारा सम्पन्न हुने वा गरिने।
58038 प्राज्ञ परिषद् ना. विश्वविद्यालयको शिक्षण-प्रशिक्षण आदिका क्रियाकलापसँग सम्बन्धित विनियम निर्माण गर्ने उच्चस्तरीय प्राज्ञिक समिति।
58039 प्राज्ञी ना. विशिष्ट प्रतिभा एवं विद्वत्ता भएकी स्त्री; अत्यन्त दक्ष बुद्धि भएकी आइमाई; विदुषी।
58040 प्राञ्जल वि. १. परिष्कृत; शुद्ध। २ नम्र; विनम्र; हात जोडेको; भद्र।
58041 प्राञ्जलि/प्राञ्जली वि. १. दुई हातका दसै औँला जोडेको; अञ्जलि बाँधेको; बद्धाञ्जलि। ना.
58042 प्राञ्जलि/प्राञ्जली वि. २. अँजुली; दुई हातको खोचो; अञ्जलि।
58043 प्राड्विवाक ना. १. न्यायाधीश; न्यायकर्ता।
58044 प्राड्विवाक ना. २. कुनै विशेष मुद्दामाथि न्यायअन्यायको विचार गरी उक्त मुद्दा छिन्नका निम्ति सरकारका तर्फबाट नियुक्त गरिएको व्यक्ति वा विचारपति; न्यायाधीश।
58045 प्राण ना. १. शरीरभित्र रहेको जीवनको आधारभूत वायु; शरीरको पञ्चप्राणवायु (प्राण, अपान, व्यान, समान र उदान)।
58046 प्राण ना. २. हावा; वायु।
58047 प्राण ना. ३. सास; श्वास; पौन।
58048 प्राण ना. ४. ज्यान; जीवन।
58049 प्राण ना. ५. जीव; आत्मा।
58050 प्राण ना. ६. शक्ति; सामर्थ्य।