Dictionary

All Word

58151 प्रादेशिक सेना ना. कुनै प्रदेश वा क्षेत्रविशेषमा स्थानीय शान्तिसुरक्षाका निम्ति राखिएका वा रहने सेना।
58152 प्रादेशिकीकरण ना. कुनै क्षेत्र, पृथ्वी, महादेश वा मुलुकलाई प्रदेशमा विभाजन गर्ने प्रक्रिया।
58153 प्राधान्य ना. कुनै वस्तु वा विषयलाई दिइने प्रमुख स्थान; सबभन्दा बढी महत्त्व दिने कार्य; प्राथमिकता; पूर्वाधिकार।
58154 प्राधिकरण ना. १. कसैलाई कुनै कार्य गर्न आदेश आदि दिनका निम्ति प्रदान गरिने अधिकार।
58155 प्राधिकरण ना. २. (अङ्.) कर्पोरेसन (जस्तै- विद्युत् प्राधिकरण)।
58156 प्राधिकार ना. १. कसैलाई जिम्मेदारीपूर्वक कार्य गर्न, आदेश आदि दिनका निम्ति प्रदान गरिएको वा सो कामका निम्ति प्राप्त गरेको अधिकार।
58157 प्राधिकार ना. २. कुनै अधिकारीलाई आफ्ना पदअनुसारको कार्य गर्नाका निम्ति प्रदान गरिएको वा निजले पाएको अधिकार।
58158 प्राधिकारी ना. आफ्ना पदअनुसारका सम्पूर्ण काम गर्नका निम्ति अधिकार प्राप्त गरेको व्यक्ति; अख्तियारवाला कर्मचारी; हाकिम; अधिकृत।
58159 प्राधिकृत ना. १. प्राधिकारी। वि.
58160 प्राधिकृत ना. २. अख्तियार पाएको।
58161 प्राधिकृत अभिकर्ता ना. प्रतिनिधिस्वरूप काम गर्नका निम्ति विधिवत् वा कानुनी तवरबाट अधिकार पाएको अभिकर्ता।
58162 प्राध्यापक ना. १. विश्वविद्यालयअन्तर्गतका क्याम्पस वा महाविद्यालयमा प्राध्यापन गर्ने विशिष्ट श्रेणीको अध्यापक; प्रोफेसर।
58163 प्राध्यापक ना. २. क्याम्पस आदिमा पढाउने कुनै पनि श्रेणीको शिक्षक (सामान्य अर्थमा )।
58164 प्राध्यापन ना. विश्वविद्यालयीय वा उच्च शिक्षासम्बन्धी विषयहरू पढाउने कार्य।
58165 प्रान्त ना. १. कुनै देशको एक ठुलो भाग; प्रदेश।
58166 प्रान्त ना. २. अनेक जिल्लाहरू मिलाएर बनाइएको वा प्रशासनिक सुविधाअनुसार तोकिएको क्षेत्र।
58167 प्रान्त ना. ३. सङ्घात्मक संविधान भएका देशको स्थानीय प्रशासनका अधीनमा रहेको कुनै पनि एकाइ।
58168 प्रान्त ना. ४. अङ्ग; भाग।
58169 प्रान्तर ना. १. दुई स्थान वा समयका बिचमा रहेको लामो ठुलो व्यवधान वा अन्तर।
58170 प्रान्तर ना. २. वनजङ्गल; तरी।
58171 प्रान्तिक वि. १. प्रान्तसम्बन्धी; प्रान्तको; प्रान्तीय।
58172 प्रान्तिक वि. २. आङ्गिक।
58173 प्रान्तीय वि. प्रान्तसम्बन्धी; प्रान्तको।
58174 प्रान्तीयता ना. केन्द्रप्रति अनास्थावान् वा कम आस्थावान् रही प्रान्तप्रति पूरै वा धेरै आस्थावान् हुने पृथक्तावादी गुण वा नीति; प्रादेशिकता।
58175 प्रान्तीय सरकार ना. सङ्घीय संविधानअनुसार केन्द्रीय सरकारका मातहतमा कुनै प्रान्तको शासनव्यवस्थाका निम्ति बनेको सरकार।
58176 प्रापक वि. १. कसैले दिएको वा पठाएको वस्तु प्राप्त गर्ने; पाउने; प्राप्तिकर्ता।
58177 प्रापक वि. २. कुनै वस्तु एक ठाउँबाट अर्का ठाउँमा पुऱ्याउने।
58178 प्रापक वि. ३. प्राप्त गराउने; प्रापयिता।
58179 प्रापण ना. १. पाउने काम; प्राप्त गर्ने क्रिया वा प्रक्रिया।
58180 प्रापण ना. २. प्राप्त गराउने क्रिया एवं प्रक्रिया; उपलब्ध गराउने काम।
58181 प्रापण ना. ३. पुऱ्याउने कार्य।
58182 प्रापणीय वि. १. प्राप्त गर्न योग्य; प्राप्त हुनुपर्ने; प्राप्तव्य।
58183 प्रापणीय वि. २. पुऱ्याउन लायक।
58184 प्रापयिता वि. १. प्राप्त गर्ने; पाउने।
58185 प्रापयिता वि. २. प्राप्त गराउने; पुऱ्याउने।
58186 प्राप्त वि. १. भेटेको; भेट्टाइएको; मिलेको; पाएको; उपलब्ध।
58187 प्राप्त वि. २. आइपुगेको; उपस्थित।
58188 प्राप्तकर्ता ना. प्राप्त गर्ने व्यक्ति; प्राप्तिकर्ता।
58189 प्राप्तकाल वि. १. समय सुहाउँदो; बेलाअनुसारको। ना.
58190 प्राप्तकाल वि. २. उचित समय; उपयुक्त अवसर वा मौका।
58191 प्राप्त मनोरथ वि. इच्छापूर्ण भएको; इच्छा पुगेको; सन्तुष्ट।
58192 प्राप्त यौवन वि. युवा अवस्थामा पुगेको; नौजवान; तन्नेरी उमेरको।
58193 प्राप्तव्य वि. पाउनुपर्ने; पाउन लायक; प्राप्त गर्न योग्य।
58194 प्राप्ताङ्क ना. परीक्षामा निर्धारित पूर्णाङ्कअनुसार परीक्षार्थीले प्राप्त गरेको अङ्क वा नम्बर।
58195 प्राप्ताङ्क तालिका ना. प्राप्त भएका अङ्कहरू क्रमबद्ध रूपमा लेखेर राखिने फाराम।
58196 प्राप्ताङ्क सूची ना. प्राप्त भएका अङ्कहरू क्रमबद्ध रूपमा लेखिएको सूची।
58197 प्राप्ताधिकार ना. १. कुनै विशिष्ट व्यक्तिले प्राप्त गरेको विशेष किसिमको अधिकार; कुनै व्यक्ति, वर्ग, संस्था आदिलाई विशेष कारण वा स्थितिले गर्दा प्रदान गरिएको विशेष अधिकार वा सुविधा। वि.
58198 प्राप्ताधिकार ना. २. अख्तियारप्राप्त; अख्तियारवाला।
58199 प्राप्ति ना. १. प्राप्त हुने क्रिया; पाउने काम।
58200 प्राप्ति ना. २. फायदा; लाभ; उपलब्धि।