Dictionary

All Word

58201 प्राप्ति ना. ३. कुनै वस्तु आइपुग्ने वा हात पर्ने क्रिया।
58202 प्राप्ति ना. ४. आठ प्रकारका ऐश्वर्य वा आठ सिद्धिमध्ये एक।
58203 प्राप्तिकर्ता ना. कुनै वस्तु वा विषय प्राप्त गर्ने व्यक्ति; प्राप्तकर्ता।
58204 प्राप्य वि. १. पाउन सकिने; प्राप्त गर्न योग्य।
58205 प्राप्य वि. २. पाइने; पाउनुपर्ने।
58206 प्राप्यक ना. मालसामान बेचेको बेहोरा र परेको मोल जनाएको पत्र; मालसामान खरिदबिक्री गरेबापत दिनेलिने बिल।
58207 प्राबल्य ना. बलियोपना; दरिलो अवस्था; प्रबलता।
58208 प्रामाणिक वि. १. कुनै विशेष कार्यसिद्धिका निम्ति प्रमाण मान्न सकिने; प्रमाणबाट सिद्ध भएको; सबुतबाट ठहरिएको।
58209 प्रामाणिक वि. २. ठिक; सत्य।
58210 प्रामाणिक वि. ३. प्रमाणसम्बन्धी; प्रमाण भएको।
58211 प्रामाणिक वि. ४. कानुनले प्रमाणित गरेको वा मान्यताप्राप्त (कुरा, ग्रन्थ, नाप, तौल आदि)।
58212 प्रामाणिक समय ना. देशको केन्द्रीय मध्याह्नरेखाको आधारमा निकालिएको मुख्य समय।
58213 प्रायः/प्राय वि. १. समस्त शब्दको उत्तरपदका रूपमा रहेर तुल्य वा समान अर्थ बुझाउने शब्द (जस्तै- नष्टप्राय, कष्टप्राय)। ना.
58214 प्रायः/प्राय वि. २. मृत्यु; मरण।
58215 प्रायः/प्राय वि. ३. कुनै कार्यसिद्धिका निम्ति अनशन बस्ने क्रिया।
58216 प्रायः/प्राय वि. ४. सबभन्दा ठुलो अंश वा भाग।
58217 प्रायः/प्राय वि. ५. आधिक्य; विपुलता।
58218 प्रायः/प्राय वि. ६. जीवनको अवस्था। क्रि.वि.
58219 प्रायः/प्राय वि. ७. धेरै मात्रामा; धेरैजसो; अक्सर; पुग-नपुग झन्डै।
58220 प्रायद्वीप ना. तीनतिर पानीले घेरिएको स्थलभाग; प्राय:द्वीप; प्रायोद्वीप।
58221 प्रायश: क्रि.वि. प्रायः।
58222 प्रायश्चित्त ना. १. गरेका पाप वा अपराधको दोष मेट्नका निम्ति गरिने शास्त्रविहित धार्मिक कृत्य; आफूले ठुलो पाप वा अपराध गरेबापत भएको मानसिक उत्पीडनबाट मुक्त हुन गरिने कुनै कठोर वा विशेष प्रकारको कार्य।
58223 प्रायश्चित्त ना. २. भुल गरेबापत बदलामा गरिने कुनै पनि क्षतिपूरक कार्य।
58224 प्रायश्चित्ती वि. प्रायश्चित्त गर्ने।
58225 प्रायोजक वि. प्रायोजन गर्ने व्यक्ति वा संस्था।
58226 प्रायोजन ना. अन्य संस्था वा व्यक्तिका कार्यक्रम सञ्चालनमा आर्थिक आदि दायित्व वहन गर्ने प्रक्रिया।
58227 प्रायोगिक वि. १. प्रयोग गरिने।
58228 प्रायोगिक वि. २. प्रयोगसम्बन्धी; प्रयोगको।
58229 प्रायोगिक वि. ३. क्रियात्मक; व्यावहारिक।
58230 प्रायोगिक वि. ४. प्रयोगबाट प्राप्त हुने।
58231 प्रारब्ध वि. १. कुनै कार्यविशेषको आरम्भ गरिएको; थालिएको; आरब्ध। ना.
58232 प्रारब्ध वि. २. भाग्य; किस्मत।
58233 प्रारब्ध वि. ३. पूर्वजन्मको मानिने कर्मको फल।
58234 प्रारब्धी वि. प्रारब्ध भएको; राम्रो भाग्य भएको; भाग्यवान्।
58235 प्रारम्भ ना. कुनै कार्यविशेषको आरम्भ; सुरु; थालनी; श्रीगणेश।
58236 प्रारम्भिक वि. १. प्रारम्भ-सम्बन्धी; प्रारम्भको; सुरुको।
58237 प्रारम्भिक वि. २. प्रारम्भमा हुने, गरिने वा गर्नुपर्ने (अवस्था, कार्य, योजना इ.)।
58238 प्रारूप ना. १. पहिलो रूप; पहिले भएको रूप।
58239 प्रारूप ना. २. खेस्रा; मस्यौदा।
58240 प्रारूप ना. ३. कुनै कार्यका निम्ति तयार पारिएको प्रारम्भिक रूपरेखा।
58241 प्रारूपकार ना. प्रारूप वा मस्यौदा तयार पार्ने व्यक्ति।
58242 प्रारूपण ना. प्रारूपको निर्माण।
58243 प्रारूपीकरण ना. कुनै कार्यक्रमको परिणामलाई अनुमान वा अडकल काट्न सकिने खालको प्रारम्भिक ढाँचा तयार गर्ने क्रिया एवं प्रक्रिया।
58244 प्रार्थक वि. १. कुनै इष्टसिद्धिका निम्ति प्रार्थना गर्ने; प्रार्थयिता; प्रार्थी; याचक। ना.
58245 प्रार्थक वि. २. प्रार्थना गर्ने व्यक्ति।
58246 प्रार्थक वि. ३. कन्या माग्ने व्यक्ति।
58247 प्रार्थक वि. ४. वर।
58248 प्रार्थक वि. ५. दर्खास्त दिने व्यक्ति; निवेदक; आवेदक।
58249 प्रार्थना ना. १. कसैसित केही कुरा माग्ने क्रिया; याचना।
58250 प्रार्थना ना. २. नम्र निवेदन; बिन्तीभाउ।