Dictionary

All Word

58351 प्रुफ रिडिङ ना. प्रुफमा रहेका अशुद्धिको संशोधन।
58352 प्रेक्षक वि. १. देख्ने वा हेर्ने; दर्शक। ना.
58353 प्रेक्षक वि. २. सभा- सम्मेलनमा सदस्यता प्राप्त नभएको भए तापनि चासो राख्ने कारणले हेर्नवर्नका लागि विशेष रूपमा निम्त्याइएको व्यक्ति।
58354 प्रेक्षण ना. १. हेर्ने वा देख्ने काम; हेराइ; देखाइ।
58355 प्रेक्षण ना. २. आँखा; नेत्र।
58356 प्रेक्षण ना. ३. तमासा; दृश्य।
58357 प्रेक्षणीय वि. हेर्न योग्य; देख्न लायक; दर्शनीय।
58358 प्रेक्षा ना. १. हेर्ने वा देख्ने काम।
58359 प्रेक्षा ना. २. दृश्य।
58360 प्रेक्षा ना. ३. बुद्धि; प्रज्ञा।
58361 प्रेक्षा ना. ४. शोभा; सुषमा।
58362 प्रेक्षागृह ना. १. राजामहाराजाहरूले विशिष्ट विद्वान् एवं कूटनीतिज्ञहरूसँग विचारविमर्श आदि गर्ने घर।
58363 प्रेक्षागृह ना. २. नाट्यशाला; नाचघर।
58364 प्रेक्षालय ना. १. प्राचीन कालका राजाले मन्त्रीहरूसँग विशिष्ट किसिमको सल्लाह एवं विचारविमर्श गर्ने राजमहलको कोठा।
58365 प्रेक्षालय ना. २. नाटकको अभिनय आदि गर्नका निम्ति बनाइएको रङ्गमञ्च।
58366 प्रेक्षालय ना. ३. दृश्यावलोकनका निम्ति बनाइएको घर।
58367 प्रेक्षालय ना. ४. आफ्ना देशका विभिन्न स्थानका उद्योग, व्यवसाय आदिबाट तयार पारिएका मालसामान, चित्र तथा तथ्याङ्कहरू राखिएको घर; समीक्षालय।
58368 प्रेक्षित वि. राम्ररी हेरिएको वा देखिएको।
58369 प्रेङ्खण ना. १. कुनै वस्तुमा लट्किएर झुल्ने वा हल्लने क्रिया एवं प्रक्रिया।
58370 प्रेङ्खण ना. २. डोली।
58371 प्रेङ्खण ना. ३. झोलुङ्गो; कोक्रो।
58372 प्रेङ्खण ना. ४. पिङ।
58373 प्रेङ्खा ना. १. पिङ।
58374 प्रेङ्खा ना. २. डोली।
58375 प्रेत वि. १. मरेको; स्वर्गे भएको; मृत। ना.
58376 प्रेत वि. २. मानिस मरिसकेपछि प्राप्त हुने कल्पित योनि।
58377 प्रेत वि. ३. मृतक व्यक्तिको आत्मा; मृतात्मा।
58378 प्रेत वि. ४. पिशाचको जस्तो एक जुनी।
58379 प्रेत वि. ५. भयङ्कर आकारको मानिस।
58380 प्रेत वि. ६. दुष्ट मानिस।
58381 प्रेतकर्म/कार्य/कृत्य ना. मृतक प्रेतयोनिबाट मुक्त होस् भनी गरिने दाहसंस्कार आदिदेखि सपिण्डीसम्मका कर्म।
58382 प्रेतगृह ना. मसान; चिहान।
58383 प्रेतता ना. प्रेतत्व।
58384 प्रेतत्व ना. १. प्रेतको अवस्था वा धर्म।
58385 प्रेतत्व ना. २. मृत्यु; मरण; निधन।
58386 प्रेतदेह ना. मरेदेखि लिएर सपिण्डी नगरेसम्म मृतकले धारण गर्ने दयनीय वा भयङ्कर लाग्ने कल्पित शरीर।
58387 प्रेतपिण्ड ना. दाहसंस्कार गरेदेखि लिएर सपिण्डीसम्म प्रेतका उद्देश्यले दिइने पिण्ड।
58388 प्रेतभूमि ना. मसान; स्मशान; प्रेतगृह।
58389 प्रेतलोक ना. यमलोक।
58390 प्रेतविद्या ना. तन्त्रमन्त्र आदिद्वारा प्रेतात्मालाई बोलाएर त्यससित प्रश्नोत्तर गर्ने, प्रेतलाई काम आदि गर्न लगाउने, एक तान्त्रिक विद्या; धम्यौली।
58391 प्रेतश्राद्ध ना. मरेदेखि लिएर वर्ष दिनसम्म प्रेतका उद्देश्यले गरिने श्राद्ध।
58392 प्रेताशौच ना. मरेका व्यक्तिको आशौच; मानिस मर्दाखेरि बारिने वा लाग्ने जुठो।
58393 प्रेम ना. १. कुनै विषय, वस्तु वा व्यक्तिका स्वभाव एवं गुणप्रति मनमा उत्पन्न हुने आकर्षण वा आत्मीयता; अनुराग।
58394 प्रेम ना. २. रूप, गुण, स्वभाव, सामीप्य अथवा कामवासना आदिका कारणले स्त्री-पुरुषमा परस्पर हुने अनुराग; प्यार; प्रीति।
58395 प्रेम ना. ३. कृपा; दया; माया।
58396 प्रेमकटारी ना. सुर्ती, गाँजा आदि काट्ने काममा ल्याइने, बाङ्गो आकारको धारिलो फलामे साधन।
58397 प्रेमधप्के ना. ठुला र लाम्चा पात हुने, हिमाली भेकमा उम्रने एक जातको रुख; नीलवृक्ष।
58398 प्रेमपात्र वि. १. आफूलाई ज्यादै मन परेको; प्यारो; आत्मीय। ना.
58399 प्रेमपात्र वि. २. प्यारो मानिस; प्रिय व्यक्ति।
58400 प्रेमपाश ना. प्रेमको कसाइ वा बन्धन; प्रेमका कारणले उत्पन्न भएको बन्धन।