Dictionary

All Word

58501 प्रौढा धीरा ना. आफ्ना नायकमा परनायिकाका साथ भएका विलासका चिह्नहरू देखेर व्यङ्ग्यपूर्वक रिस गर्ने नायिका।
58502 प्रौढा धीराधीरा ना. आफ्ना पुरुषमा परनायिकासँग समागम भएका प्रत्यक्ष चिह्नहरू देखेर केही व्यङ्ग्य र केही प्रत्यक्ष रूपमा रिस गर्ने नायिका।
58503 प्रौढि ना. १. व्यक्तिमा निहित शक्ति; सामर्थ्य।
58504 प्रौढि ना. २. पूर्ण रूपले भएको वृद्धि; परिपक्वता।
58505 प्रौढि ना. ३. साहस; आँट; हिम्मत।
58506 प्रौढि ना. ४. धृष्टता; ढिटोपन।
58507 प्रौढोक्ति ना. १. स्पष्ट, सशक्त, सुगठित एवं पाको भनाइ; प्रबल उक्ति।
58508 प्रौढोक्ति ना. २. नाहक कतै उत्कर्षका कारणको कल्पना गर्दा हुने एक अर्थालङ्कार।
58509 प्रौद्योगिक वि. १. विशिष्ट किसिमका उद्योगसँग सम्बन्धित; ठुलठुला उद्योगसँग सम्बन्ध रहेको।
58510 प्रौद्योगिक वि. २. विज्ञान एवं उद्योगमूलक विषयसँग सम्बन्धित।
58511 प्रौद्योगिक शिक्षा ना. विशिष्ट किसिमले दिइने वा लिइने कलात्मक एवं व्यावहारिक शिक्षा; रचनात्मक एवं निर्माणात्मक शिक्षा।
58512 प्रौद्योगिकी ना. प्राविधिक ज्ञान वा सिप।
58513 प्रौद्योगिक हस्तान्तरण ना. प्राविधिक सम्बन्धी ज्ञान वा सिपको आदानप्रदान।
58514 प्लट ना. १. कथा, उपन्यास, नाटक, काव्य, महाकाव्य आदिको मुख्य कथावस्तु; कथासार।
58515 प्लट ना. २. षड्यन्त्र।
58516 प्लट ना. ३. जमिनको सम्म परेको ठुलो भाग; चक्ला।
58517 प्लवन ना. १. पानीमा खेलिने पौडी खेल।
58518 प्लवन ना. २. उफ्रने क्रिया वा प्रक्रिया।
58519 प्लवन ना. ३. फाल हाल्ने क्रिया वा प्रक्रिया।
58520 प्लवन ना. ४. पानीभित्रको डुबाइ; पानीद्वारा भएको डुबाइ।
58521 प्लाइउड ना. पेलेर बनाइएको, पातलो र फराकिलो पत्रदार काठ।
58522 प्लाजा ना. सहरका बिचमा रहेको खुला ठाउँ; चोक।
58523 प्लाटिपस ना. स्तनधारी जीवहरूको समूह; सबभन्दा पहिले फूल पार्ने स्तनधारी समूहको सबभन्दा पुरानो जीव; पानीमा बस्ने, बिस इन्च लामो, हाँसको चुच्चोजस्तो थुतुनु हुने, अस्ट्रेलिया, तसमानिया, न्युगिनी आदिमा पाइने जन्तुविशेष।
58524 प्लाटुन ना. सेनाको एक विभाग; सेनामुख।
58525 प्लाव ना. १. बाढी।
58526 प्लाव ना. २. डुबाइ।
58527 प्लाव ना. ३. डुबुल्की।
58528 प्लावन ना. १. पानीमा डुब्ने वा डुबाउने क्रियाप्रक्रिया।
58529 प्लावन ना. २. जलप्रलय; जलाम्मे हुने क्रिया वा प्रक्रिया।
58530 प्लावित वि. डुबेको वा डुबाइएको; पानीमा चोपलेको।
58531 प्लास्टर ना. १. घरको भित्तो, भुइँ, छत आदिमा लिउन वा सिमन्टी लगाएर चिल्लो पार्ने काम।
58532 प्लास्टर ना. २. भाँचिएका अङ्गहरूमा सिमन्टी, कपडा आदिले बाँधेर कसिलो पार्ने काम।
58533 प्लास्टिक ना. विभिन्न उपयोगमा आउने अथवा भाँडा, थैला आदि बनाउन काम लिइने एक रासायनिक पदार्थ।
58534 प्लास्टिक सर्जरी ना. क्षतविक्षत छालालाई शल्यक्रियाद्वारा दुरुस्त गर्ने अभ्यास वा सिप; नराम्रो रूपलाई राम्रो बनाउने प्रक्रिया।
58535 प्लिडर ना. १. वकिल।
58536 प्लिडर ना. २. कसैका तर्फबाट बहस वा वादविवाद गर्ने व्यक्ति; अधिवक्ताभन्दा तल्लो तहको वकिल; अभिवक्ता।
58537 प्लुत वि. १. माथि उफ्रिएको।
58538 प्लुत वि. २. तीन मात्रा भएको (स्वर वा वर्ण)।
58539 प्लुत वि. ३. पानी आदिले ढाकिएर जलाम्मे भएको। ना.
58540 प्लुत वि. ४. डुब्ने वा भिज्ने क्रिया।
58541 प्लुत वि. ५. उफ्रने वा फाल हान्ने क्रिया।
58542 प्लुत गति ना. उफ्रेर हिँड्ने क्रिया; भ्यागुतो उफ्राइ।
58543 प्लेग ना. १. एक किसिमको भयानक सङ्क्रामक रोग।
58544 प्लेग ना. २. उपियाँ, मुसा आदिबाट मानिसमा फैलिई काखी, खुट्टाका जोर्नी आदिमा डल्लो निस्केर त्यसको वेदनाले ज्वरो आई मृत्यु हुने एक रोग; महामारी।
58545 प्लेट ना. १. अचार, तर्कारी आदिदेखि लिएर भातसम्म राखी खान हुने, होचो बिट भएको थालीविशेष; रिकापी।
58546 प्लेट ना. २. फोटो, मुद्रण-सामग्री आदिको नेगेटिभ आउने काँच, प्लास्टिक, कागज आदिको पातो।
58547 प्लेटफार्म ना. १. रेलबिसौनीमा यात्री आदिलाई ओर्लन, उक्लन वा हिँड्न सजिलो होस् भनी रेल रोकिने ठाउँमा ढेपाएर बनाइएको फराकिलो र लामो पेटी।
58548 प्लेटफार्म ना. २. भाषण गर्ने मञ्च।
58549 प्लेटफार्म ना. ३. विचार व्यक्त गर्ने वा काम गर्ने अनुकूल वातावरण; त्यसो गर्न पाउने माध्यम।
58550 प्लेटिनम ना. सेतो रङको एक कडा र गह्रौँ ज्यादै बहुमूल्य धातु।