Dictionary

All Word

58451 प्रेस ना. २. उक्त यन्त्रसमेत भएको छपाइघर; मुद्रणालय।
58452 प्रेस ना. ३. पटुवा आदिको ठुलो गाँठलाई थिचेर छरितो तुल्याउने एक यन्त्र; जुटप्रेस।
58453 प्रेस ना. ४. त्यसरी थिच्ने र अँचेट्ने कुनै पनि यन्त्र।
58454 प्रेस ना. ५. समाचार।
58455 प्रेस ना. ६. समाचारपत्र।
58456 प्रेस काउन्सिल ना. १. पत्रपत्रिकाको हित तथा विकासका निम्ति गठित समिति।
58457 प्रेस काउन्सिल ना. २. समाचार-समिति; संवाद-समिति।
58458 प्रेसरकुकर ना. ढकनी वा बिर्को बलियोसँग लगाएर बाफ उम्कन नदिई चाँडोभन्दा चाँडो खाद्यपदार्थ पकाउने एक खालको बिर्केभाँडो; बाफौँडी।
58459 प्रेस रिपोर्ट ना. समाचारपत्रमा छपाउन तयार गरिएको खबर आदि संवाद।
58460 प्रेस रिपोर्टर ना. समाचारपत्रमा छपाउनका लागि खबरहरू सङ्कलन गर्ने व्यक्ति; संवाददाता।
58461 प्रेसवक्तव्य ना. १. पत्रपत्रिकामा छाप्नका निम्ति पत्रकार भेला गरी दिइएको वक्तव्य।
58462 प्रेसवक्तव्य ना. २. पत्रकारहरूले प्रचार गरून् भनी मुद्रित रूपमा वितरण गरिएको वक्तव्य।
58463 प्रेसविज्ञप्ति ना. कुनै आधिकारिक व्यक्तिले वा संवाददाता आदिले कुनै समाचार वा घटनाका बारेमा दिएको जानकारी।
58464 प्रेससचिव ना. राजदरबार वा कुनै विशेष व्यक्तिको पत्रपत्रिकामा पठाउने समाचार वा अन्य प्रकाशनसम्बन्धी काम गर्ने सचिव (प्रेस-सेक्रेटरी)।
58465 प्रेससम्मेलन ना. प्रेस-वक्तव्य सुन्न निम्त्याइएका पत्रकारहरूसहित सो वक्तव्य दिने पक्षका व्यक्तिहरूसमेतको भेला।
58466 प्रेसिडेन्ट ना. १. कुनै संस्था, सभा वा समितिको प्रधान व्यक्ति; अध्यक्ष; सभापति।
58467 प्रेसिडेन्ट ना. २. गणतान्त्रिक राष्ट्रको राष्ट्रपति।
58468 प्रोजेक्टर ना. १. सिनेमा, भिडिओ, स्लाइड, बाइस्कोप आदि देखाउने यन्त्र।
58469 प्रोजेक्टर ना. २. प्रकाश फैलाउने यन्त्र।
58470 प्रोज्ज्वल वि. खुब चम्किलो; ज्यादै उज्यालो; तेजस्वी।
58471 प्रोटिन ना. सम्पूर्ण जीवित प्राणीको सुपोषणका निम्ति आवश्यक तथा एमिनो नामक अम्लबाट निर्मित एक पोष्य तत्त्व (मासु, भटमास आदिमा धेरै पाइने)।
58472 प्रोत्साह ना. १. प्रबल उत्साह; हौसला; ठुलो उम्मेद।
58473 प्रोत्साह ना. २. जाँगर।
58474 प्रोत्साहक वि. कसैलाई कुनै कार्यविशेषमा प्रोत्साहन दिने वा उत्साह बढाइदिने।
58475 प्रोत्साहन ना. कसैलाई कुनै कार्यविशेषप्रति उत्साह एवं हौसला बढाइदिने क्रियाप्रक्रिया; उत्साह।
58476 प्रोत्साहित वि. खुबसँग उत्साह बढाइएको; हौसला बढाइएको; प्रोत्साहन दिइएको।
58477 प्रोप्राइटर ना. कुनै उद्योगधन्दाको संस्थापक एवं सञ्चालक।
58478 प्रोफेसर ना. प्राध्यापक (पहिलो दर्जाको)।
58479 प्रोषित वि. परदेशमा गएर बसेको; प्रवासी।
58480 प्रोषितपतिका ना. पति परदेशमा बसेका कारणले दुःखित भएकी स्त्री; प्रोषितभर्तृका।
58481 प्रोषितभर्तृका ना. १. प्रोषितपतिका।
58482 प्रोषितभर्तृका ना. २. नायिकाका भेदहरूमध्ये एक।
58483 प्रौढ वि. १. राम्रोसँग बढेको; सलक्क भएको वा हल्केको; प्रवृद्ध।
58484 प्रौढ वि. २. युवावस्था पार गरेको; तिसदेखि पचास वर्षभित्रका अवस्थाको।
58485 प्रौढ वि. ३. धेरै अनुभव भएको; पाको।
58486 प्रौढ वि. ४. परिपक्व।
58487 प्रौढ वि. ५. बलवान्; शक्तिशाली।
58488 प्रौढ वि. ६. निपुण; चतुरो।
58489 प्रौढ वि. ७. गम्भीर; गूढ। ना.
58490 प्रौढ वि. ८. परिपक्व उमेर भएको व्यक्ति; प्रबुद्ध व्यक्ति।
58491 प्रौढ वि. ९. तान्त्रिकहरूमा चलेको चौबिस अक्षरबाट बनेको मन्त्र।
58492 प्रौढता /त्व ना. प्रौढ बन्नका निम्ति आवश्यक गुण एवं स्वभाव।
58493 प्रौढ विद्यालय ना. प्रौढ अवस्थामा पुगेका स्त्रीपुरुषहरूलाई शिक्षा दिने पाठशाला।
58494 प्रौढ शिक्षा ना. प्रौढ व्यक्तिहरूलाई दिइने वा त्यस्ता व्यक्तिले लिने शिक्षा।
58495 प्रौढ साक्षरता ना. प्रौढ व्यक्तिहरूलाई अक्षर चिनाएर साक्षर तुल्याउने क्रिया वा कार्यक्रम।
58496 प्रौढ सङ्गठन ना. प्रौढ व्यक्तिहरूको शिक्षा, स्वास्थ्य एवं विकास आदिमा ध्यान दिई उनीहरूमा राष्ट्रप्रेमको भावना जगाउनका निम्ति गठन गरिएको वा प्रौढ व्यक्तिहरू मिलेर बनाइएको सङ्गठन।
58497 प्रौढा ना. १. तरुनी भन्न नसुहाउने उमेरमा पुगेकी स्त्री; तिसदेखि पचास वर्षभित्रका अवस्थाकी स्त्री।
58498 प्रौढा ना. २. शृङ्गाररसअनुसार नायकलाई यौनतृप्ति दिन ज्यादै चतुर स्त्री। वि.
58499 प्रौढा ना. ३. प्रौढ अवस्थामा पुगेकी।
58500 प्रौढा अधीरा ना. आफ्ना नायकमा परस्त्रीसमागमका चिह्नहरू देखेर प्रत्यक्ष रूपमा रिस गर्ने नायिका।