Dictionary

All Word

58401 प्रेमबन्धन ना. प्रेमपाश।
58402 प्रेमालाप ना. १. प्रेमपूर्वक गरिने कुराकानी वा बातचित।
58403 प्रेमालाप ना. २. प्रेमीप्रेमिकाका बिचमा हुने प्रेमसम्बन्धी कुराकानी।
58404 प्रेमालाप ना. ३. तरुनी र तन्नेरी अथवा प्रेमीप्रेमिका वा पतिपत्नीका बिचमा प्रेम व्यापारलाई लिएर हुने कुराकानी।
58405 प्रेमालिङ्गन ना. प्रेमले आकुल भएर वा प्रेम जनाउनका निम्ति एकले अर्कालाई हालिने अँगालो; प्रेमासक्त वा कामासक्त भएर स्त्रीपुरुषले परस्परमा गर्ने आलिङ्गन।
58406 प्रेमाश्रु ना. प्रेमीको प्रेमिकासँग वा प्रेमिकाको प्रेमीसँग अथवा कसैको आफ्नो कुनै आत्मीय व्यक्तिसँग भेट हुँदा भित्रैदेखि उम्लिएर आएको प्रेम वा हर्षले गर्दा निक्लेको आँसु; हर्षाश्रु।
58407 प्रेमास्पद वि. प्रेम भएको; प्रेमवाला; प्रेमयुक्त।
58408 प्रेमिका ना. आफूलाई प्रेम गर्ने स्त्री; आफूसँग आत्मसमर्पण गर्न तत्पर रहेकी स्त्री; प्रेयसी।
58409 प्रेमी ना. १. आफूसँग प्रेम गर्ने वा माया लगाउने पुरुष; प्रियतम। वि.
58410 प्रेमी ना. २. प्रेम भएको; प्रेमयुक्त।
58411 प्रेमी ना. ३. माया बसेको; पिरती गाँसिएको।
58412 प्रेमी ना. ४. स्नेही; आत्मीय।
58413 प्रेय वि. १. धेरै मन पर्ने; अति प्रिय; प्रिय। ना.
58414 प्रेय वि. २. प्रिय वस्तु; मन परेको विषय, व्यक्ति वा वस्तु।
58415 प्रेयसी ना. प्रियतमा; प्रेमिका।
58416 प्रेरक वि. १. कुनै विषय वा उद्देश्यप्रति हौसला दिने र सक्रिय वा सचेष्ट गराउने; प्रेरणा दिने; उत्तेजक।
58417 प्रेरक वि. २. कुनै व्यक्ति वा वस्तुलाई कतै पठाउने; ठेल्ने।
58418 प्रेरक वि. ३. पेल्ने।
58419 प्रेरक तत्त्व ना. नृतत्त्व -शास्त्रअनुसार, प्रेरित गर्ने वस्तु, विषय, गुण, धर्म आदि।
58420 प्रेरणा ना. १. कसैले कसैलाई कुनै कार्य वा उद्देश्यप्रति प्रवृत्त गराउने क्रिया; हौसला वा उत्साह।
58421 प्रेरणा ना. २. मानसिक प्रवृत्तिको सक्रियता; उत्तेजना।
58422 प्रेरणा ना. ३. उत्तेजना दिलाउने माध्यम वा कार्य; उत्तेजन; उद्दीपन।
58423 प्रेरणार्थक वि. १. कसैलाई कुनै विषय वा उद्देश्यप्रति प्रवृत्त वा उत्तेजित गराउने।
58424 प्रेरणार्थक वि. २. व्याकरणमा 'गर्न लगाउने' भन्ने अर्थ व्यक्त गर्ने क्रियाव्यापार (गराउनु, हलाउनु, छोपाउनु इ.) सँग सम्बन्धित; त्यस्तो क्रियाव्यापार जनाउने।
58425 प्रेरणार्थक क्रिया ना. व्याकरणअनुसार क्रियाको व्यापार, कसैका प्रेरणाबाट भएको भनी सूचित गर्ने क्रियाको रूप (जस्तै- गराउनु, भनाउनु इ.)।
58426 प्रेरणीय वि. प्रेरणा दिन वा लिन लायक; प्रवृत्त गराउन वा उत्तेजित गराउन योग्य।
58427 प्रेरित वि. १. प्रेरणा गरिएको; कामविशेषमा प्रवृत्त गराइएको; उत्तेजित।
58428 प्रेरित वि. २. पेलिएको; ठेलिएको; घचेटिएको।
58429 प्रेषक वि. १. कुनै वस्तु वा विषयलाई एक ठाउँबाट अर्को ठाउँमा पठाउने। ना.
58430 प्रेषक वि. २. त्यस्तो काम गर्ने व्यक्ति।
58431 प्रेषण ना. १. कुनै वस्तु वा विषय एक ठाउँबाट अर्का ठाउँमा पठाउने काम।
58432 प्रेषण ना. २. कसैलाई कुनै विषयमा प्रेरणा दिने काम।
58433 प्रेषण ना. ३. विचार वा भावको अभिव्यक्ति; सम्प्रेषण।
58434 प्रेषण पत्र ना. १. पठाउन ठिक पारिएको वा पठाइने पत्र।
58435 प्रेषण पत्र ना. २. कुनै ठाउँमा कुनै वस्तु पठाइएको बेहोरा जनाइएको पत्र।
58436 प्रेषणादेश ना. कुनै मालसामान एक ठाउँबाट अर्का ठाउँमा पठाउने आदेश वा अधिकार प्राप्त भएको पत्र वा लिखत ।
58437 प्रेषणीय वि. १. कुनै वस्तु एक ठाउँबाट अर्का ठाउँमा पठाउन योग्य।
58438 प्रेषणीय वि. २. कसैलाई कुनै कार्यविशेषमा प्रेरणा दिन योग्य।
58439 प्रेषणीयता ना. १. कुनै लेखक वा विचारकले आफ्ना अनुभव एवं विचार पाठकहरूका अनुभव एवं समझदारीको अनुकूल हुने गरी व्यक्त गर्ने क्रिया वा प्रक्रिया।
58440 प्रेषणीयता ना. २. अभिव्यक्ति- धर्म; सम्प्रेषणीयता।
58441 प्रेषित वि. १. कुनै कुरो एक ठाउँबाट अर्का ठाउँमा पठाइएको।
58442 प्रेषित वि. २. कसैलाई कुनै कार्यविशेषमा प्रेरित गरिएको।
58443 प्रेषितव्य वि. हे. प्रेषणीय।
58444 प्रेष्य वि. १. पठाउन योग्य।
58445 प्रेष्य वि. २. पठाउन सकिने।
58446 प्रेष्यता ना. प्रेष्य हुनाको भाव वा स्थिति; दूतत्व।
58447 प्रेष्या ना. १. नोकरचाकर; सेवक।
58448 प्रेष्या ना. २. दूत।
58449 प्रेष्या ना. ३. हलकारा।
58450 प्रेस ना. १. किताब, समाचार आदि छाप्ने यन्त्र।