Dictionary

All Word

58301 प्रियंवद वि. सबैलाई प्यारो लाग्ने गरी मिठो बोल्ने; कसैलाई पनि कुराले रिझाउने; प्रियवादी; मिष्टभाषी।
58302 प्रियंवदा वि. सबैलाई प्यारो र सुन्दर लाग्ने गरी बोल्ने; मिष्टभाषिणी; मधुरभाषिणी; प्रियवादिनी (स्त्री)।
58303 प्रिय वि. १. हृदयमा गहिरो प्रभाव परी माया बसेको; मन परेको; प्यारो।
58304 प्रिय वि. २. राम्रो; सुन्दर।
58305 प्रिय वि. ३. निको लाग्ने; जाती लाग्ने। ना.
58306 प्रिय वि. ४. स्वामी; पति।
58307 प्रिय वि. ५. प्रेमी; प्रेमिका।
58308 प्रियकाङ्क्षी वि. कुनै वस्तु, विषय एवं व्यक्तिप्रति भलो चिताउने; शुभाभिलाषी।
58309 प्रियङ्कर वि. १. सबैलाई मन पर्ने वा राम्रो लाग्ने काम गरिदिने; रिझाउन जान्ने।
58310 प्रियङ्कर वि. २. सबैले प्रिय मान्ने।
58311 प्रियङ्करी ना. १. सेतो कण्टकारी; ठुलो जातको बिही।
58312 प्रियङ्करी ना. २. बृहत् जीवन्ती। वि.
58313 प्रियङ्करी ना. ३. सबैलाई मन पर्ने वा प्यारो लाग्ने काम गरिदिने (स्त्री)।
58314 प्रियजन ना. प्रेमी।
58315 प्रियतम वि. १. एकदम माया लाग्ने; धेरै प्रिय; ज्यादै गहिरो माया बसेको। ना.
58316 प्रियतम वि. २. पोइ; स्वामी; पति; लोग्ने।
58317 प्रियतम वि. ३. प्रेमी।
58318 प्रियतमा वि. १. ज्यादै प्यारी; ज्यादै गहिरो माया बसेकी। ना.
58319 प्रियतमा वि. २. पत्नी।
58320 प्रियतमा वि. ३. प्रेमिका।
58321 प्रियता ना. १. प्रिय हुनाको भाव, गुण वा अवस्था (प्रायः समस्त पदका अन्तमा प्रयुक्त, जस्तै- जनप्रियता, लोकप्रियता इ.)।
58322 प्रियता ना. २. प्यारोपन; मनपराइ; हितैषिता।
58323 प्रियता ना. ३. प्रेम; माया।
58324 प्रियदर्शन वि. सधैँ हेरिरहूँजस्तो लाग्ने; अत्यन्त मनोहर; ज्यादै सुन्दर।
58325 प्रियदर्शिनी वि. हेरिरहूँ जस्ती राम्री (आइमाई )।
58326 प्रियदर्शी वि. १. सबैलाई स्नेहको दृष्टिले हेर्ने; अत्यन्त मायालु भावले हेर्ने।
58327 प्रियदर्शी वि. २. मनोहर; सुन्दर । ना.
58328 प्रियदर्शी वि. ३. भारतका एक प्राचीन नरेश; अशोक ।
58329 प्रियपात्र/प्रियभाजन वि. प्यारो व्यक्ति; मन परेको व्यक्ति; स्नेहपात्र; प्रेमभाजन।
58330 प्रियभाषी वि. मिठो बोली बोल्ने; मधुर वचन बोल्ने; प्रियवक्ता।
58331 प्रियवक्ता वि. १. प्यारो कुरा गर्ने; मिठो बचन बोल्ने; प्रियभाषी; मिष्टभाषी।
58332 प्रियवक्ता वि. २. बेसारे; चाप्लुसीवाल।
58333 प्रियवचन ना. १. मिठो बोली; प्यारो कुरा; मधुर वचन। वि.
58334 प्रियवचन ना. २. प्रियंभाषी; मृदुभाषी।
58335 प्रियवादिनी वि. प्रिय बोल्ने; मधुर बोल्ने (स्त्री.); प्रियंवदा।
58336 प्रियवादी वि. प्रिय बोल्ने; मधुरभाषी; प्रियंवद।
58337 प्रिया ना. १. माया बसेकी युवती; प्रेमिका।
58338 प्रिया ना. २. पत्नी; स्वास्नी; भार्या।
58339 प्रियोक्ति ना. १. हृदयलाई आह्लादित पार्ने खालको बोली; मिठो बोली; प्रियवचन।
58340 प्रियोक्ति ना. २. चिप्लो कुरा; फकाउने कुरा; चाप्लुसी।
58341 प्रीत वि. १. प्रीतियुक्त; प्रेमपूर्ण।
58342 प्रीत वि. २. प्रसन्न; सन्तुष्ट।
58343 प्रीत वि. ३. मन पर्ने; प्यारो।
58344 प्रीति ना. १. स्त्रीको पुरुषका हृदयमा र पुरुषको स्त्रीका हृदयमा बसेको प्यार; पिरती; प्रेम; अनुराग।
58345 प्रीति ना. २. स्नेह; ममता; माया।
58346 प्रीतिभोज ना. बिहाबटुलो र यस्तै कुनै उत्सवका सन्दर्भमा आफ्ना प्रियजन, इष्टमित्रहरूलाई प्रेमपूर्वक खुवाइने भोज।
58347 प्रुफ ना. १. छापाखानामा पुस्तकपुस्तिकाहरू छाप्नुभन्दा पहिले कम्पोज गर्दा भएको अशुद्धि संशोधन गर्नका निम्ति ग्यालीमा छापिएको नमुना।
58348 प्रुफ ना. २. प्रमाण; सबुत।
58349 प्रुफ मेसिन ना. प्रुफ उतार्ने यन्त्र।
58350 प्रुफ रिडर ना. प्रुफमा रहेका अशुद्धि संशोधन गर्ने व्यक्ति।