Dictionary

All Word

58251 प्रार्थना ना. ३. ईश्वरको पुकार; वन्दना।
58252 प्रार्थना ना. ४. विशिष्ट व्यक्तिप्रति गरिने अभिवादन।
58253 प्रार्थना पत्र ना. कुनै किसिमको प्रार्थना लेखिएको पत्र; निवेदन; आवेदन; दर्खास्त।
58254 प्रार्थनीय वि. १. प्रार्थना गर्न योग्य; याचनीय।
58255 प्रार्थनीय वि. २. निवेदन गर्न लायक।
58256 प्रार्थनीय वि. ३. वन्दनीय।
58257 प्रार्थयिता वि. १. प्रार्थना गर्ने; निवेदन गर्ने।
58258 प्रार्थयिता वि. २. वन्दना गर्ने; ईश्वरको पुकारा गर्ने।
58259 प्रार्थयिता वि. ३. याचक।
58260 प्रार्थित वि. प्रार्थना गरिएको।
58261 प्रार्थी वि. प्रार्थना गर्ने; प्रार्थयिता।
58262 प्रार्थ्य वि. प्रार्थना गर्न योग्य; वन्दना गर्न लायक; याचना गर्न सकिने।
58263 प्रालम्ब वि. १. कुनै वस्तुमा लट्किएको; झुन्डिएको। ना.
58264 प्रालम्ब वि. २. लट्किएको वा झुन्डिएको वस्तु।
58265 प्रालम्ब वि. ३. आड; अवलम्ब।
58266 प्रालम्बिका ना. साङ्ली वा पट्टामा लट्काएर पहिरने एक प्रकारको विभूषण। (यसलाई साङ्लीमा झुन्ड्याउँदा छातीका बिचमा र पट्टामा लट्काउँदा बायाँ कमरमुनि पार्नुपर्छ)।
58267 प्रालेख ना. आवश्यकताअनुसार पछि छाँटकाँट वा संशोधन गरिने गरी चाँडोचाँडो तयार गरिएको प्रस्ताव, योजना, विधेयक आदिको प्राथमिक रूप; मस्यौदा; खेस्रा।
58268 प्रावार ना. कुमदेखि शरीरको पृष्ठभाग ढाकिई जमिनमा लत्रने गरी राजकीय पहिरनमाथि धारण गरिने विशेष प्रकारको पोसाक।
58269 प्रावारक ना. १. आङमा पूरा ढाकिने गरी ओढ्न हुने वस्त्र; पछ्‌यौरा।
58270 प्रावारक ना. २. छोप्ने वस्त्र; आवरण।
58271 प्राविधिक वि. १. कुनै किसिमको विज्ञान, शिल्पकला आदिसँग सम्बन्ध रहेको; प्रविधिसम्बन्धी।
58272 प्राविधिक वि. २. व्यावहारिक।
58273 प्राविधिक कार्य ना. विज्ञान आदि प्रविधिसम्बन्धी कार्य।
58274 प्राविधिक सहयोग ना. विज्ञान आदिका प्रविधि वा विशेष नियमका क्षेत्रमा गरिने सहयोग।
58275 प्राविधिक सिप ना. प्रविधिसम्बन्धी सिप वा ज्ञान।
58276 प्राविधिज्ञ ना. कुनै किसिमको विज्ञान, कला, शिल्प, प्रयोग आदिसम्बन्धी ज्ञान भएको व्यक्ति; प्रविधि जान्ने व्यक्ति; शिल्पी।
58277 प्राशन ना. १. प्रथम पटक अन्न खुवाउने क्रिया।
58278 प्राशन ना. २. खाने क्रिया; भोजन गर्ने काम; भोजन।
58279 प्राश्निक ना. १. प्रश्न गर्ने व्यक्ति; प्रश्नकर्त्ता।
58280 प्राश्निक ना. २. परीक्षाका निम्ति प्रश्नपत्र बनाउने व्यक्ति; प्रश्ननिर्माता। वि.
58281 प्राश्निक ना. ३. प्रश्नसम्बन्धी।
58282 प्राश्निक ना. ४. प्रश्न बनाउनेवाला।
58283 प्रासङ्गिक वि. १. प्रसङ्गसम्बन्धी; प्रसङ्गको।
58284 प्रासङ्गिक वि. २. प्रसङ्ग मिलेको; प्रसङ्गप्राप्त।
58285 प्रासङ्गिक वि. ३. मूल विषयसँग सम्बन्ध भएको।
58286 प्रासङ्गिक वि. ४. चलिरहेको चर्चासँग मेल खाने।
58287 प्रासङ्गिकता ना. प्रासङ्गिक हुनाको गुण, विशेषता वा कार्य।
58288 प्रासाद ना. १. राजाको दरबार; राजभवन।
58289 प्रासाद ना. २. ठुलो दरबार; विशाल भवन।
58290 प्रासाद ना. ३. देवालय; मन्दिर।
58291 प्रासाद ना. ४. ठुला भवनको छत; कौसी; अट्टालिका।
58292 प्रासादीय वि. १. प्रासादसम्बन्धी।
58293 प्रासादीय वि. २. राजदरबारसम्बन्धी।
58294 प्रासूतिक वि. प्रसूतिसम्बन्धी; प्रसवसम्बन्धी।
58295 प्राहारिक ना. १. पहरा बस्ने व्यक्ति; पहरेदार; पाले। वि.
58296 प्राहारिक ना. २. प्रहरसम्बन्धी; प्रहरको।
58297 प्राह्न ना. दिनको पूर्व भाग; पूर्वाह्न।
58298 प्रिन्टिङ ना. छाप्ने कार्य; छपाइ; मुद्रण।
58299 प्रिन्सिपल ना. १. स्कुल, कलेज वा महाविद्यालयको प्रधान शिक्षक; प्राचार्य; प्रधानाध्यापक। वि.
58300 प्रिन्सिपल ना. २. मुख्य; प्रमुख।