Dictionary

All Word

58551 प्वाँख ना. चराको भुत्ला।
58552 प्वाँख मुङ्ग्री ना. १. ब्याडमिन्टनको खेलमा प्रयोग हुने कर्क र ब्याट।
58553 प्वाँख मुङ्ग्री ना. २. ब्याडमिन्टनको खेल।
58554 प्वाँले ना. १. शमीका पातजस्ता आकारका पात हुने, प्वाँलोजस्तो रङको फल फल्ने एक जातको रुख।
58555 प्वाँले ना. २. जाबेमा जस्तै बिमिरा आउने एक चर्मरोग।
58556 प्वाँले ना. ३. आगलागी। वि.
58557 प्वाँले ना. ४. प्वाँलोको जस्तो रङ भएको; पुवाँले।
58558 प्वाँलो ना. पुवाँलो; नक्कली किसिमको मुगा।
58559 प्वाइन्ट ना. १. टेलिफोनमा प्रत्येक सेटका लागि गरिएको छुट्टै लाइन व्यवस्था।
58560 प्वाइन्ट ना. २. अक्षरहरूको नाप।
58561 प्वाइन्ट ना. ३. बुँदा।
58562 प्वाकल ना. १. ढिकी, ओखली आदिको खोबिल्टो।
58563 प्वाकल ना. २. खोबिल्टो; खोप्लो।
58564 प्वाक्क क्रि.वि. १. हिर्काउँदा हलुको किसिमले लाग्ने गरी; प्याट्ट।
58565 प्वाक्क क्रि.वि. २. अप्रत्याशित रूपबाट असमयमा नै मर्ने गरी; पुक्लुक्क।
58566 प्वाक्क क्रि.वि. ३. कुराको सिलसिला नटुङ्गिँदै बिचैमा अमिल्दो कुरा भनेर; अर्काको कुरा काटेर।
58567 प्वाक्क क्रि.वि. ४. जे मनमा आयो त्यही भनेर।
58568 प्वाक्लाक्क क्रि.वि. १. हलुका किसिमबाट एकैचोटि उक्किने गरी।
58569 प्वाक्लाक्क क्रि.वि. २. एकै चोटि उखेलिए।
58570 प्वाक्लाक्क क्रि.वि. ३. एकाएक मर्ने गरी।
58571 प्वाङ्ङ क्रि.वि. १. फुटेर उछिट्टिने किसिमले।
58572 प्वाङ्ङ क्रि.वि. २. भाँडा, गाग्रा आदि फुट्दा-फुटाउँदा आवाज निकाल्ने वा निक्लने गरी।
58573 प्वाल ना. पुवाल; दुलो; छिद्र।
58574 देवनागरी वर्णमालाका व्यञ्जन वर्णमध्ये बाइसौँ व्यञ्जनवर्ण; ओष्ठ्य, स्पर्शी, अघोष, महाप्राण व्यञ्जन ध्वनि; पवर्गको दोस्रो वर्ण वा अक्षर; लेख्य रूपमा सो वर्ण वा अक्षरको प्रतिनिधित्व गर्ने लिपिचिह्न; छोरी बोक्यो फ।
58575 फँकिनु अ.क्रि. १. फाँको हुनु; फाँको हालिनु। क.क्रि.
58576 फँकिनु अ.क्रि. २. फाँको मारी खाइनु।
58577 फँक्याइ ना. फँकिने वा फँक्याउने क्रियाप्रक्रिया।
58578 फँक्याइनु क.क्रि. फाँको मारिनु; फाँको हालिनु।
58579 फँक्याउनु स.क्रि. १. फाँको मार्नु; फाँको हाल्नु।
58580 फँक्याउनु स.क्रि. २. चिउरा, सातु आदि मुखभरि हुने गरी हाल्नु।
58581 फँजाइ ना. फाँज्ने क्रिया वा प्रक्रिया।
58582 फँजाइनु क.क्रि. फँजाउन लाइनु; फँजाउने पारिनु।
58583 फँजाउनु स.क्रि. फाँजो हाल्नु; फाँज्न लगाउनु।
58584 फँडाइ ना. १. फाँड्ने वा छिमल्ने क्रियाप्रक्रिया।
58585 फँडाइ ना. २. फाँड्ने वा फाउने क्रियाप्रक्रिया।
58586 फँडाउनु प्रे. क्रि. १. फाँड्न लाउनु; छिमलाउनु।
58587 फँडाउनु प्रे. क्रि. २. फाँड्न वा फाउन लाउनु।
58588 फँडानी ना. फाँड्ने काम; जङ्गलका रुख, बुटेन, झाडी आदि काट्ने काम।
58589 फँडिर ना. जामुनुविशेष।
58590 फँदाइ ना. १. फाँदेर वा उफ्रेर नाघ्ने क्रिया-प्रक्रिया।
58591 फँदाइ ना. २. फाँद्ने वा फसाउने भाव, क्रिया वा प्रक्रिया।
58592 फँदाइनु क.क्रि. १. फाँद्न वा उफ्रेर नाघ्न लाइनु।
58593 फँदाइनु क.क्रि. २. फाँद्न वा फसाउन लगाइनु।
58594 फँदाउनु प्रे. क्रि. १. फाँद्न वा उफ्रेर नाघ्न लगाउनु।
58595 फँदाउनु प्रे. क्रि. २. फाँद्न वा फँदाउन लगाउनु।
58596 फकडा ना. १. जोगी।
58597 फकडा ना. २. चिलिम वा सुल्फामा गाँजा वा कक्क्ड भरी आगो हालिसकेपछि सर्को तान्नुभन्दा पहिले गाँजाको वा शिवजीको लयबद्ध किसिमले गरिने स्तुति।
58598 फकफक क्रि.वि. १. लेसाइलो नभई बुरबुराउँदो हुने किसिमले।
58599 फकफक क्रि.वि. २. धमाधम फाँको हालेर खाने गरी; फकाफक।
58600 फकफक क्रि.वि. ३. सरासर कुनै काम गर्ने चालसँग; सुरुसुरु।