Dictionary

All Word

58701 फजुल वि. १. व्यर्थको; बिनसित्तिको।
58702 फजुल वि. २. आवश्यकताबाहिरको; चाहिनेभन्दा बढी।
58703 फजुल खर्च ना. चाहिनेभन्दा बढी खर्च हुने काम; व्यर्थको व्यय; बिनसित्तिको खर्च।
58704 फजुल खर्ची वि. चाहिनेभन्दा बढी खर्च गर्ने; बिनसित्तिको खर्च गर्ने; अपव्ययी।
58705 फट् ना. १. तन्त्रशास्त्रअनुसार मन्त्रसँगै वा मन्त्र पढिसकेपछि भनिने शब्द।
58706 फट् ना. २. अघमर्षण, अङ्गन्यास, करन्यास आदिको एक अनुकरणशब्द।
58707 फट ना. १. पराजय; हार। वि.
58708 फट ना. २. अलग्ग; फुट्टा; छुट्टा।
58709 फटक्क क्रि.वि. १. उफ्रेर नाघ्ने किसिमले; फड्कने गरी।
58710 फटक्क क्रि.वि. २. कुनै वस्तु निफन्दा औँलाले नाङ्लाका पछाडि हानेको शब्द आउने गरेर।
58711 फटफट क्रि.वि. १. चराचुरुङ्गीले पखेटा चलाउँदा शब्द निस्कने गरी; भटभट।
58712 फटफट क्रि.वि. २. पशुहरूले कान हल्लाउँदा आवाज आए झैँ; फ्याटफ्याट।
58713 फटफट क्रि.वि. ३. कुनै वस्तुको अभाव वा अप्राप्तिमा छटपटिएर; फिटफिटी।
58714 फटफट क्रि.वि. ४. लामा-लामा फड्का हालेर हिँड्ने किसिमले; फटाफट।
58715 फटफट क्रि.वि. ५. चाँडोचाँडो कुनै काम गर्ने वा बोल्ने गरी।
58716 फटफटती क्रि.वि. फटफटको छिटो चालसँग।
58717 फटफटाइ ना. फटफटाउने क्रिया वा प्रक्रिया।
58718 फटफटाइनु क.क्रि. फटफट पारिनु; फटफटाउन लाइनु।
58719 फटफटाउनु अ.क्रि. १. चराचुरुङ्गीले पखेटा चलाउँदा वा गाईबस्तुले कान चलाउँदा शब्द निस्कनु।
58720 फटफटाउनु अ.क्रि. २. हडबडमा पर्नु; हतपताउनु।
58721 फटफटाउनु अ.क्रि. ३. तुलबुल लाग्नु; फिटिफिटी हुनु।
58722 फटफटिनु अ.क्रि. १. हडबड हुनु; हतपत हुनु।
58723 फटफटिनु अ.क्रि. २. तुलबुली लाग्नु; फिटिफिटी पर्नु।
58724 फटफटिनु अ.क्रि. ३. कुनै कामबाट अलग्ग हुन खोज्नु।
58725 फटफटी क्रि.वि. फटफटती।
58726 फटफट्याइ ना. फटफटिने क्रिया वा प्रक्रिया।
58727 फटा ना. हे. फणा।
58728 फटाइँ ना. १. फाटो गराउने काम।
58729 फटाइँ ना. २. फटाहा चाल; धूर्तता।
58730 फटाइ ना. फाट्ने क्रिया वा प्रक्रिया।
58731 फटाइनु क.क्रि. फाट्ने पारिनु; फटाउन लाइनु।
58732 फटाउनु प्रे. क्रि. १. फाट्ने पार्नु; फाट्न लगाउनु। स.क्रि.
58733 फटाउनु प्रे. क्रि. २. मिलेका दुई वा अधिक वस्तुलाई अलग पार्नु; छुट्ट्याउनु।
58734 फटाउनु प्रे. क्रि. ३. मिलेका दुई वा दुईभन्दा बढी व्यक्तिमा बेमेल गराउनु; फाटो गराउनु।
58735 फटाउनु प्रे. क्रि. ४. च्यात्नु; फार्नु।
58736 फटाउनु प्रे. क्रि. ५. धाँदो पार्नु; चिरा पार्नु।
58737 फटाटोप ना. १. सर्पले फणा फुलाउने काम।
58738 फटाटोप ना. २. सर्पले फणा फुलाए झैँ गरी अरूलाई तर्साउने काम।
58739 फटाटोप ना. ३. देखावटी तडकभडक; आडम्बर।
58740 फटाफट क्रि.वि. १. लामालामा फड्का चाल्दै चाँडचाँडो हिँड्ने गरी।
58741 फटाफट क्रि.वि. २. कुनै काम छिटछिटो गर्ने वा बोल्ने किसिमसँग।
58742 फटाहा वि. १. साना कुरालाई बढाईचढाई ठुलो पार्ने वा भए-नभएको कुरा गर्ने।
58743 फटाहा वि. २. झुटो बोल्ने; नचाहिँदा गफ हाँक्ने।
58744 फटाहा वि. ३. झुटो काम वा व्यवहारद्वारा सोझासिधा जनतालाई दुःख दिने (व्यक्ति)।
58745 फटाही वि. १. व्यर्थका झूटा गफ हाँक्ने।
58746 फटाही वि. २. झुटो बोल्ने; साँचो व्यवहार नगर्ने (स्त्री)।
58747 फटिक ना. काँच जस्तै पारदर्शी सेतो पत्थर; फट्टिक।
58748 फटेङ्ग्रो ना. उफ्रेर वा फड्केर हिँड्ने लामा - लामा खुट्टा भएको एक जातको किरो; फट्याङ्ग्रो।
58749 फट्कनु स.क्रि. १. कुनै अग्लो ठाउँलाई उफ्रेर नाघ्नु; फटक्क फड्को मार्नु।
58750 फट्कनु स.क्रि. २. उइँटा वा धनुद्वारा कपास धुनु।