Dictionary

All Word

58751 फट्कनु स.क्रि. ३. अन्नहरू नाङ्लाले निफन्नु।
58752 फट्कनु स.क्रि. ४. धोइएका लुगा झट्कार्नु र त्यसमा भएको पानीको अंश फ्याँक्नु।
58753 फट्कनु स.क्रि. ५. लुगा आदिमा टाँसिएको धुलो झड्कारेर फ्याँक्नु। अ.क्रि.
58754 फट्कनु स.क्रि. ६. उफ्रेर जानु; फड्को हाल्नु।
58755 फट्कनु स.क्रि. ७. उछिट्टिनु; उम्कनु।
58756 फट्काइ ना. फट्कने क्रिया वा प्रक्रिया।
58757 फट्काइनु क.क्रि. फट्कन लगाइनु।
58758 फट्काउनु प्रे. क्रि. फट्कन लगाउनु।
58759 फट्कार्नु स.क्रि. १. कसैलाई कुनै गल्ती भएका कुरामा बेसरी भन्नु; झाँट्नु; हप्काउनु।
58760 फट्कार्नु स.क्रि. २. भिजेको वा धुलो लागेको लुगा टकटक्याएर पानी वा धुलो झार्नु।
58761 फट्कार्नु स.क्रि. ३. अमिलो, पिरो आदिको स्वाद पाउँदा जिभ्रो बजाउनु; जिभ्रो छिटछिटो चलाउनु।
58762 फट्कार ना. १. फटकार्ने काम; हप्काइ; हप्की।
58763 फट्कार ना. २. लुगा टकटक्याउने काम; झट्कार।
58764 फट्कार ना. ३. कुनै कुरामा तिरस्कार गरिने चाल।
58765 फट्काराइ ना. फट्कार्ने क्रिया वा प्रक्रिया।
58766 फट्कारिनु क.क्रि. फट्कार्ने काम गरिनु।
58767 फट्किनु क.क्रि. १. फट्कने काम गरिनु; नाघिनु। स.क्रि. / अ.क्रि.
58768 फट्किनु क.क्रि. २. फट्कनु।
58769 फट्किरी ना. खल्लो एवं टर्रो स्वादको मिस्रीजस्तो एक प्रकारको खनिज पदार्थ; फिट्किरी।
58770 फट्के ना. १. सानातिना खोलाका दुवै किनारामा ढुङ्गा आदिको ढिस्को उठाई वा स्वतः उठेका ढिस्कामा काठहरू तेछ्याएर तर्न सकिने बनाइएको साँघु।
58771 फट्के ना. २. गाईबस्तुले नाघ्न नसक्ने मानिसचाहिँ उक्लेर फड्कन सक्ने गरी गौँडागल्छेँडामा लगाइएको बार।
58772 फट्के ना. ३. जग्गाजमिन, कागजपत्र आदिको एउटै तह भए पनि क्रम छुट्टिएर रहेको खण्ड वा भाग; किनारा; छेउ। वि.
58773 फट्के ना. ४. फड्कोसम्बन्धी; फड्केर हिँड्ने; फड्केर गर्ने वा गरिने।
58774 फट्के साँघु ना. सानातिना खोलामा लामालामा काठ तेर्छ्र्याएर बनाइएको साँघु; फट्के।
58775 फट्केका साक्षी ना. कागजका छेउमा जनाइएका साक्षी।
58776 फट्को ना. १. टाढाटाढा पैताला पुग्ने गरी छिटछिटो हिँड्दाको चाल; त्यस प्रकारको पाइलोचलाइ ; फड्को।
58777 फट्को ना. २. मुटु आदिको दुरत गतिको चाल; धड्कन।
58778 फट्को ना. ३. भित्री व्यथाद्वारा हुने छटपटी; उँभर्को; खरो।
58779 फट्ट क्रि.वि. १. फट्कने वा नाघ्ने गरी।
58780 फट्ट क्रि.वि. २. कुनै वस्तु फुट्ताका शब्द निस्केर।
58781 फट्ट क्रि.वि. ३. कुनै काम चाँडोभन्दा चाँडो गरिहाल्ने किसिमसँग।
58782 फट्टफट्ट क्रि.वि. क्रमिक रूपमा फट्ट हुने गरी
58783 फट्टा वि. १. कुन लिखत वा कागतलाई प्रभावहीन तथा बेप्रमाणको बनाउन च्याती रद्दी पारिएको; फटाइएको।
58784 फट्टा वि. २. फिर्ता लिइएको। ना.
58785 फट्टा वि. ३. परस्परको व्यवहार मिलिसकेपछि कुनै कागतपत्र फार्ने वा च्यात्ने काम।
58786 फट्टा वि. ४. त्यसरी च्यातिएको तमसुक आदि कागतपत्र।
58787 फट्टाइ ना. फाट्ने क्रिया वा प्रक्रिया।
58788 फट्टाइ ना. फट्टाउने भाव, क्रिया वा प्रक्रिया।
58789 फट्टाइनु क.क्रि. फट्टिने पारिनु।
58790 फट्टाउनु प्रे.क्रि. १. फट्टिने पार्नु। स.क्रि.
58791 फट्टाउनु प्रे.क्रि. २. जोडिएको वा टाँसिएको वस्तुलाई अलिक वरपर पार्नु; छुट्ट्याउनु।
58792 फट्टिक ना. हे. फटिक।
58793 फट्टिनु अ.क्रि. १. दोब्रिएका धातुका कडा वस्तु नलेप्सिईकन रहनु।
58794 फट्टिनु अ.क्रि. २. चिरिएका काठ, ढुङ्गा आदि अलिक टाढा हुनु।
58795 फट्टिनु अ.क्रि. ३. जमिन आदि चिरिएर धाँजा पर्नु।
58796 फट्टी वि. फटाहा; फट्टिक।
58797 फट्टीचर वि. १. फाटेको लुगा लगाएर हिँड्ने; केही नभएको; तन्नम।
58798 फट्टीचर वि. २. फटाहा स्वभावको; फट्याइँ गर्ने।
58799 फट्याइँ ना. १. फटाइँ।
58800 फट्याइँ ना. २. नभएको कुरा; झुट।