Dictionary

All Word

58901 फनफनी क्रि.वि. फनफन; फनफनती।
58902 फनफने वि. फनफन घुम्ने; फन्कने।
58903 फनफन्याइ ना. फनफनिने क्रिया वा प्रक्रिया।
58904 फनफन्याहट ना. फनफनिने क्रिया वा प्रक्रिया।
58905 फनेल ना. टर्रो र अमिल्चो स्वाद हुने एक प्रकारको फल; फँडिर।
58906 फन्कनु अ.क्रि. रिसले आकुल भएर मुन्टो बटार्नु; रिस देखाउनु।
58907 फन्काइ ना. फन्कने क्रिया वा प्रक्रिया।
58908 फन्काइनु स.क्रि. फन्कन लाइनु; फन्कने पारिनु।
58909 फन्काउनु प्रे.क्रि. फन्कन लाउनु; फन्कने पार्नु।
58910 फन्काफन्की ना. परस्परमा फन्कने काम।
58911 फन्किनु अ.क्रि. फन्कने होइन; फन्कनु।
58912 फन्के वि. फन्कने स्वभावको; रिसाहा।
58913 फन्को ना. १. एक पटकको घुमाइ; घुमाइको परिधि वा फेरो।
58914 फन्को ना. २. एक ठाउँबाट हिँडेर घुम्दै फेरि त्यसै ठाउँमा आइपुग्ने काम; फेरो।
58915 फन्को ना. ३. फन्कने चाल; रिस।
58916 फन्क्याइ ना. फन्किने क्रिया वा प्रक्रिया।
58917 फन्क्याहट ना. फन्किने भाव, अवस्था वा क्रियाप्रक्रिया; फन्क्याइ।
58918 फन्टुस वि. काम न काजको; साँचो कुरा पनि नगर्ने, असल काम पनि नगर्ने (व्यक्ति)।
58919 फन्ड ना. कुनै विशेष काम कुराका निम्ति छुट्ट्याइएको, स्थायी रूपले ब्याज आउने गरी ब्याङ्क आदिमा सञ्चित गरिएको धन; पुँजी।
58920 फन्दा ना. १. पासो; बन्धन; अल्झो।
58921 फन्दा ना. २. छलकपट; धोका।
58922 फन्दा टाँका ना. लुगा सिउँदा ठाउँ-ठाउँमा मिलाउनका निम्ति खुटिने सिलाईको टाँका।
58923 फयटा ना. औँलाजत्रो हुने एक जातको माछो।
58924 फयल वि. १. फैलिँदै गएको; फिँजिएको; फैल।
58925 फयल वि. २. चारैतिर हल्लाखल्ला मच्चिएको; सबैतिर प्रचार भएको (खबर, कुरो आदि)।
58926 फरक ना. १. कुनै वस्तुसँगको नमिल्दो हुने स्वरूप वा विषमता; भिन्नता; पार्थक्य।
58927 फरक ना. २. अन्तर; टाढा; दुरी। वि.
58928 फरक ना. ३. दुइटा वस्तुमा एउटाको अपेक्षा अर्को भिन्नै खालको; अलग; बेग्लो।
58929 फरक्क क्रि.वि. झट्ट वा एकाएक फर्कने गरी; पुग्नासाथ फर्कने किसिमले।
58930 फरजी ना. १. बुद्धिचालको खेलमा मन्त्री हुने गोटी।
58931 फरजी ना. २. झुटो (मत)।
58932 फरफर क्रि.वि. १. कपडा, कागज आदि हावाले हल्लाउने गरी।
58933 फरफर क्रि.वि. २. शरीरको कुनै अंश वा भाग फुर्ने किसिमले; स्फुरण हुने चालसित।
58934 फरफर क्रि.वि. ३. ध्वज - दण्डमा टाँगिएको झन्डा हावामा हल्लने किसिमले।
58935 फरफरती क्रि.वि. फरफर; फरफरी।
58936 फरफराइ ना. फरफराउने क्रिया वा प्रक्रिया।
58937 फरफराइनु क.क्रि. फरफराउन लाइनु; फरफराउने पारिनु।
58938 फरफराउँदो वि. १. फरफर गर्दो; फरफर गरिरहने (झन्डा )।
58939 फरफराउँदो वि. २. ओबानो र बुरबुराउँदो (भात)।
58940 फरफराउनु अ.क्रि. १. हावाले कपडा, कागज आदि हल्लनु; फरफर गरेर चल्नु।
58941 फरफराउनु अ.क्रि. २. शरीरको कुनै अंश फुर्नु; अङ्ग स्फुरण हुनु।
58942 फरफराउनु अ.क्रि. ३. झन्डा फरफर हुनु।
58943 फरफराहट ना. फरफर गर्ने भाव, स्थिति वा क्रियाप्रक्रिया।
58944 फरफरी क्रि.वि. अझ छिटो फरफर हुँदै; फरफरती।
58945 फरफरे वि. १. फरफर गरेर हल्लने; फरफराइरहने।
58946 फरफरे वि. २. फरफर गर्ने, फरफराउने।
58947 फरफरे वि. ३. फकफकाउँदो; बुरबुरे। ना.
58948 फरफरे वि. ४. आपसमा पत्रहरू जोडिएको सानो पुस्तक; ठ्यासफु।
58949 फरफारख ना. लेनदेनको हिसाब बाँकी नरहने गरी फर्छिने काम; लिनुदिनु वा बुझाइनुपर्ने कुराको सबै चुक्ती।
58950 फरबरी ना. हे. फेब्रुअरी।