Dictionary

All Word

59001 फर्द / फर्दा ना. ३. पत्र; तह।
59002 फर्द / फर्दा ना. ४. कुनै कुरो लेखिएको लामो कागत। वि.
59003 फर्द / फर्दा ना. ५. एकलो; एक मात्र।
59004 फर्निचर ना. काठ एवं फलाम आदिबाट बन्ने वा बनेका मेच, टेबुल, दराज आदि सामान।
59005 फर्म ना. कुनै निश्चित लक्ष्य हासिल गर्नका निमित्त स्थापना गरिएको व्यापारिक संस्था।
59006 फर्मा १ ना. १. प्रेसमा एक पटकमा छापिने कागजको सिङ्गो ताउ वा कम्पोज भएका टाइपहरूको विस्तार।
59007 फर्मा १ ना. २. ढाँचा।
59008 फर्मा २ ना. जुत्तामा काँटी आदि ठोक्नुपर्दा जुत्तालाई अल्झाएर राख्ने चार-पाँच चोसा परेको फलामे औजार।
59009 फर्मा ३ ना. ढलान गर्न उभ्याइएको आधार - ढाँचा।
59010 फर्माइ ना. फर्माउने भाव, क्रिया वा प्रक्रिया।
59011 फर्माइनु क.क्रि. १. १ . आज्ञा दिइनु; अह्राइनु।
59012 फर्माइनु क.क्रि. २. फर्माइस गरिनु।
59013 फर्माइस ना. १. चाहनाअनुसारको कुनै वस्तु ल्याउन वा बनाउनका निम्ति कसैलाई दिइने आज्ञा वा अह्रोट; फर्मायस।
59014 फर्माइस ना. २. फर्माएर गरिएको त्यस्तो कुनै खास कुरो वा वस्तु।
59015 फर्माइस ना. ३. फर्माउने काम।
59016 फर्माइसी वि. १. विशेष किसिमले आज्ञा दिएर मगाइएको वा तयार गराइएको।
59017 फर्माइसी वि. २. विशेष किसिमको; असल; उम्दा।
59018 फर्माउनु स.क्रि. १. कुनै वस्तु वा चिज ल्याउन वा बनाउनका निम्ति आज्ञा दिनु; अह्राउनु।
59019 फर्माउनु स.क्रि. २. विशेष किसिमले बनाउन लगाउनु, फर्माइस गर्नु।
59020 फर्माउनु स.क्रि. ३. नभएका कुरा बनाउनु।
59021 फर्मान ना. राजकीय आज्ञापत्र (जस्तै- शाही फरमान )।
59022 फर्मायस ना. हे. फर्माइस।
59023 फर्मुला ना. सूत्र।
59024 फऱ्याकफुरुक क्रि.वि. खुसी वा हर्षले फुर्तीसाथ यताउति हिँड्ने गरी; इच्छा लागेको ठाउँमा जान तथा चाहेको वस्तु लाउन पाउने आदि रमाइलोले फुर्किएर जाँगर देखाउँदै।
59025 फऱ्याक्लो ना. लिम्बू जातिमा आशौचका सम्बन्धमा शुद्धशान्ति गर्ने धार्मिक विधि।
59026 फर्र क्रि.वि. १. कागज, कपडा आदि हावाका चापमा परेर एकै खेपमा हल्लने गरी।
59027 फर्र क्रि.वि. २. वरिपरि बाँधेको कपडा एक्कासि फुक्ने गरी।
59028 फर्र क्रि.वि. ३. पक्षीहरू एकै बाजि उड्दा आवाज आउने किसिमले।
59029 फर्र क्रि.वि. ४. तातो तेलमा पकाइएको रोटी फुल्ने वा उक्सिने गरी।
59030 फर्र क्रि.वि. ५. शरीरका अङ्गहरू एकाएक फुर्ने भएर।
59031 फर्लक्क क्रि.वि. १. एकातिर ढेप्सिएको वस्तु अर्कातिर पल्टने वा फर्कने गरी; पर्लक्क।
59032 फर्लक्क क्रि.वि. २. दुई फग्लेँटा फकलक्क छुट्टिने किसिमले।
59033 फर्लङ् ना. जमिन नाप्ने अङ्ग्रेजी नाप माइलको आठौँ भाग।
59034 फर्स ना. १. पक्का गरी बनाइएको समथर भुईं वा जमिन।
59035 फर्स ना. २. बिछ्याउना; ओछ्यान।
59036 फर्सा ना. चेप्टो र तिखो मुख भएको पुरानो खालको बन्चरो; कुठार।
59037 फर्सिनु अ.क्रि. १. लेनदेनसम्बन्धी व्यवहार वा हरहिसाब छिनोफानो हुनु; फर्छिन्,; फार्से हुनु।
59038 फर्सिनु अ.क्रि. २. कुनै काम - कुरो समाप्त हुनु; सिद्धिनु।
59039 फर्सी ना. भेट्नापट्टि र पिँधपट्टि थ्याचो परेको र घण्टका छाँटको, पहेँलो फूल फुल्ने, डल्ले कुभिन्डाभन्दा ठुलो, तर्का खाइने एक जातको लहरे फल।
59040 फर्से वि. फर्सीका छाँटको; फर्सीजस्तो।
59041 फर्से आँप ना. ठुलठुला दाना हुने, भित्र पाकेका फर्सीको जस्तो रङ एवं उसिनेका फर्सीको जस्तो फकफक परेको गुदी हुने एक जातको आँप।
59042 फर्से चाक ना. फर्सीजस्तो ठुलो, बाक्लो चाक।
59043 फर्से लहरो ना. फर्सीका जस्ता फुस्रा र वृत्ताकार पात हुने र फर्सीक जस्ता आँख्ला - आँख्लाबाट हाँगा हाल्ने एक जातको लहरो।
59044 फर्सेला वि. मिलनसार।
59045 फर्स्याइ ना. फर्सिने क्रिया वा प्रक्रिया।
59046 फर्स्याइनु क.क्रि. फर्सिने पारिनु, चुक्त्याइनु; फछ्र्याइनु।
59047 फर्स्याउनु स.क्रि. १. लेनदेनसम्बन्धी हिसाब छिनोफानो गर्नु; फस्र्यौट गर्नु; फार्से गर्नु। प्रे. क्रि.
59048 फर्स्याउनु स.क्रि. २. फर्सिने पार्नु।
59049 फस्र्योट/फस्र्यौट ना. लेनदेन वा खरिदबिक्रीसम्बन्धी हरहिसाब चुक्ता गर्ने काम; छिनाफाना; फछ्र्योट।
59050 फल्नु १ स.क्रि. ढिकी एवं ओखलमा चामल, मल्खु, कोदो आदि कुटेर सफा गर्नु; भुस, बियाँ आदि निखार्नु।