Dictionary

All Word

59051 फल्नु २ अ.क्रि. १. बोट, बिरुवा, लता-लहरा आदिमा फल लाग्नु; फल निस्कनु।
59052 फल्नु २ अ.क्रि. २. उत्पन्न हुनु; पैदा हुनु।
59053 फल्नु २ अ.क्रि. ३. सिद्ध हुनु; सफल हुनु।
59054 फल ना. १. ऋतुकालअनुसार रुख, लहरा आदिमा पहिले फूल फुल्ने र पछि तिनै फूलसँग सम्बद्ध भएर निस्की विकसित हुने बोक्रा, गुदी र बीजले युक्त वस्तु।
59055 फल ना. २. कुनै कार्यविशेषको परिणाम; नतिजा; लाभ।
59056 फल ना. ३. धार्मिक विश्वासअनुसार पूर्वजन्ममा गरिएका कर्मको यस जन्ममा र यस जन्ममा गरिएका कर्मको परजन्ममा भोग्नुपर्ने दुःख वा सुख।
59057 फल ना. ४. आफ्ना बल, बुद्धि एवं परिश्रमबाट प्राप्त हने उपलब्धि।
59058 फल ना. ५. गणितका प्रक्रियाबाट प्राप्त अक; उत्तर।
59059 फल ना. ६. उद्देश्य; प्रयोजन।
59060 फल ना. ७. बाण, भाला आदिको अगिल्लो भाग।
59061 फल ना. ८. अण्डकोश; आँडा।
59062 फलक ना. १. डोलो काठ चिरेर तयार गरिएको पातलो वा चेप्टो वस्तु; फलेक।
59063 फलक ना. २. पिठिउँदेखि तल्लो र फिलादेखि माथिल्लो भागमा रहेको शरीरको अंश; नितम्ब; चाक।
59064 फलक ना. ३. कागज, कपडा आदिको पत्र वा ताउ।
59065 फलक ना. ४. युद्धका समयमा सेना आदिले छातीमा भिर्ने वस्तु; ढाल।
59066 फलक ना. ५. हत्केलो।
59067 फलकपुर ना. ककोल; वनकपुर।
59068 फलत: क्रि.वि. फलस्वरूप; परिणामस्वरूप; परिणामतः।
59069 फलदान ना. कन्न्यापक्षबाट वरपक्षका पिता वा अभिभावकलाई कुनै शुभ मुहूर्तमा विवाहको निश्चय गर्दा फलफूल, जनै सुपारी आदि दिइने प्राचीन विवाह पद्धतिको एक रीति।
59070 फलदार वि. लटरम्म फलहरू लागेको; फलयुक्त।
59071 फलप्राप्ति ना. अभीष्ट लक्ष्यको सिद्धि; कार्यविशेषबाट प्राप्त सफलता।
59072 फलफूल ना. १. फलहरूको समुदाय।
59073 फलफूल ना. २. फल र फलसमानका वस्तुहरूको समूह।
59074 फलफूल ना. ३. फल र फूलको समुदाय।
59075 फलमूल ना. रुख वा लहरामा फल्ने कन्दमूल।
59076 फलमासु ना. हाड नभएको मासु; ह्याकुलो वा फिलाको मासु।
59077 फलवत्ता ना. फलप्राप्ति; फलसहित हुनाको स्थिति; लाभयुक्त अवस्था।
59078 फलवान् वि. १. फल भएको; फलयुक्त।
59079 फलवान् वि. २. फल बोकेको; फल प्राप्त गरेको।
59080 फलश्रुति ना. कुनै काम गर्दा वा स्तोत्र आदि पाठ गर्दा पाइने फलको विस्तृत वा सङ्क्षिप्त महिमा, सत्कर्मको फल बताउने वाक्य।
59081 फलस्तुति ना. कुनै सत्कर्म गर्न वा अभीष्ट फल प्राप्त गर्नाका निम्ति गाइने वा पाठ गरिने देवदेवताहरूको महिमाको वर्णन भएको विषय वा सोसम्बन्धमा गाइने महिमागान।
59082 फलहीन वि. फलरहित; निष्फल; विफल।
59083 फलाँट ना. कटुसका छाँटका फल फल्ने, ससाना पात हुने, बलियो र गह्रौँ काठ हुने एक जातको रुख।
59084 फलाँसी ना. काठ आदि खोपेर प्वाल पार्ने एक प्रकारको रामोजस्तो फलामे हतियार।
59085 फलाइ ना. १. फल्ने वा फल लाग्ने क्रिया वा प्रक्रिया।
59086 फलाइ ना. २. फल्ने वा चामल आदि फलेर सफा पार्ने क्रियाप्रक्रिया।
59087 फलाइनु क.क्रि. १. फल लाग्ने पारिनु; फल्ने गराइनु।
59088 फलाइनु क.क्रि. २. फल्न लगाइनु; चामल आदि ढिकीमा कुटाइनु वा बियाँ, भुस आदि निखारिनु।
59089 फलाइलो वि. फल्ने वा फल लाग्ने गुण भएको; फलारु खालको।
59090 फलाई ना. पाइन्टको अगाडिपट्टि फस्नरको सट्टा टाँक राख्ने ठाउँ।
59091 फलाई बाला ना. पाइन्टको फलाईमा रहेका टाँक र टाँकघरसमेतलाई छोप्ने आवरण।
59092 फलाउनु प्रे. क्रि. १. फल लाग्ने पार्नु; फल्ने गराउनु।
59093 फलाउनु प्रे. क्रि. २. फल्न लाउनु, चामल आदि ढिकीमा कुटाउनु।
59094 फलाक्नु अ.क्रि. १. ठुलो स्वरले धेरै कुरो भन्नु; चाहिनेभन्दा बढी बोल्नु; भट्याउनु।
59095 फलाक्नु अ.क्रि. २. कसैलाई सरापेर गाली गर्नु।
59096 फलाक्नु अ.क्रि. ३. धामीझाँक्री आदिले जोखना हेरेर ग्रहदशा आदि बताउनु।
59097 फलाकाइ ना. फलाक्ने क्रिया वा प्रक्रिया।
59098 फलाकाङ्क्षा ना. फल प्राप्त गर्ने आशा; फलप्राप्तिको इच्छा।
59099 फलाकिनु अ.क्रि. फलाक्ने काम गरिनु; धेर बोलिनु; भट्याइनु।
59100 फलाको ना. १. ठूलो स्वरले भनिएको वा बोलिएको कुरो; भट्याइ।