Dictionary

All Word

59201 फस्ट्याइ ना. फस्टिने क्रिया वा प्रक्रिया।
59202 फस्फोरस ना. बालीनालीमा प्रयोग गरिने एक प्रकारको रासायनिक मल।
59203 फस्याक ना. फस्काइको चाल।
59204 फस्याकफुसुक क्रि.वि. १. सानातिना वस्तुमा बन्द रहेको हावा अलि-अलि गर्दै फुस्कने गरी।
59205 फस्याकफुसुक क्रि.वि. २. हलुको गाँठो फुस्कने वा फस्को वस्तु खस्ने चालसँग।
59206 फस्याक्क क्रि.वि. कुनै फस्को वस्तु फुट्ने वा बाँधिएको वस्तु फुस्कने गरी।
59207 फस्याङफुसुङ ना. १. वरपरका नचाहिँदा कुरा गरेर अलमल्याउने काम।
59208 फस्याङफुसुङ ना. २. फकाउने वा वशमा पार्ने चाल।
59209 फस्याङफुसुङ ना. ३. सारहीन कामकुरो।
59210 फस्याङफुसुङ ना. ४. सानातिना मालमत्ता; खत्र्याकखुत्रुक। क्रि.वि.
59211 फस्याङफुसुङ ना. ५. कुनै काम हतारहतार गरेर सामान्य रूपले टुङ्ग्याउने गरी; कुनै कामकुरो आउने र त्यसै हराउने भएर।
59212 फस्योल ना. प्रशस्त; थुप्रै; फसेल।
59213 फहराइ ना. १. फहराउने वा नङ, काँडा आदिले कोर्ने क्रिया-प्रक्रिया।
59214 फहराइ ना. २. फहराउने वा फरफराउने क्रिया- प्रक्रिया।
59215 फहराइनु क.क्रि. १. फहराउने वा नङ, काँडा आदिले कोर्ने काम गरिनु।
59216 फहराइनु क.क्रि. २. फहराउने वा फरफराउने काम गरिनु।
59217 फहराउनु १ स.क्रि. नङ, काँडा आदिले अलि- अलि कोर्नु; चिथोर्नु; दरफऱ्याउनु।
59218 फहराउनु २ स.क्रि. फरफराउनु।
59219 फहराहट ना. फहराउने वा दरफर्याउने भाव, क्रिया वा प्रक्रिया; फहराइ।
59220 फा ना. फल्ने काम; मिल्काइ (बालबोलीमा)।
59221 फाँक्नु स.क्रि. मुखमा चिउरा, चामल, खट्टे आदिको फाँक मार्नु; फाँको हाल्नु।
59222 फाँक ना. १. मुखभरि हालिने चिउरा, खट्टे आदिको एक पटकको गाँस।
59223 फाँक ना. २. मुखमा हालिने सुर्ती वा खैनीको एक पटकको अंश।
59224 फाँकमुठी ना. थोरबहुत भुटे - कुटेको खाने कुरो वा गेडागुडी; माग्ने आदिलाई दिइने पसरभर वा मुठीभरको अन्न।
59225 फाँकिनु १ अ.क्रि. १. अरूलाई मन परे पनि नपरे पनि अघि- अघि सरेर कुरो गर्नु।
59226 फाँकिनु १ अ.क्रि. २. धेरै जान्नेजस्तो भएर बतुरिनु।
59227 फाँकिनु २ क.क्रि. खट्टे, चामल आदिको फाँको हालिनु; फाँको मारिनु।
59228 फाँकी ना. १. लय वा छन्दको आधारमा गीत, श्लोक आदिको भाग वा खण्ड; चरण।
59229 फाँकी ना. २. शब्दका अगाडि वा पछाडि लागेर आउने द्वित्वशब्द (जस्तै- घरसर, कामसाम, चालमाल इ.)।
59230 फाँको ना. मुखभरिको गाँस; फाँक।
59231 फाँच ना. १. चारैतिर फैलिएको वा बढेको वस्तुको अवस्था; विस्तार; फाँज।
59232 फाँच ना. २. फैलिएका दई बाहाँभित्र अटाउने वस्तु वा भाँडाकुँडाका ठाउँ।
59233 फाँच ना. ३. पिँधको फैलावट वा विस्तार।
59234 फाँच ना. ४. कुनै वस्तुका बिचको वा पेटको फैलावट; फाँज।
59235 फाँच ना. ५. गाई, भैँसी आदिका दुध भरिएर फैलिएको कल्चौँडो।
59236 फाँच ना. ६. नदीको तर्न सकिने फिँजिएको जँघार।
59237 फाँच ना. ७. हलाको टुँडादेखि मास्तिर र टाउकादेखि मुन्तिरको भाग।
59238 फाँचे वि. ठुलठुला फाँचा भएको ( भैँसी आदि)।
59239 फाँचो ना. १. मालमत्ताको ठुलो गठरी वा पोको।
59240 फाँचो ना. २. रुपियाँ-पैसा आदिको ठुलो थैलो वा पोको।
59241 फाँचो ना. ३. धेरै वस्तु हालिएको ठुलो पोल्टो।
59242 फाँचो ना. ४. गाईभैँसी आदिको ठुलो कल्चैँडो।
59243 फाँज्नु स.क्रि. चारैतिर छर्नु वा फिँजाउनु; फैलाउनु; हे. पाँज्नु।
59244 फाँज ना. हे. फाँच।
59245 फाँट ना. १. खेती गर्न लायक फैलावट भएको जमिन वा मैदान।
59246 फाँट ना. २. कित्ता; खण्ड; भाग।
59247 फाँट ना. ३. कुनै कार्यालयको एक खण्ड, विभाग वा शाखा।
59248 फाँट ना. ४. स्रेस्तामा विषय आदिलाई लिएर खोलिएको तपसिलको खण्ड।
59249 फाँटवारी ना. १. सूची; विवरण; फेहरिस्त।
59250 फाँटवारी ना. २. विभिन्न कारणवश गरिएको विषयको विभाजन