Dictionary

All Word

59251 फाँटवाला वि. १. सरकारी वा गैरसरकारी संस्थाहरूका प्रशासनसम्बन्धी विभिन्न एकाइमध्ये कुनै एक फाँटको जिम्मा लिएको। ना.
59252 फाँटवाला वि. २. त्यस्तो फाँट सँभाल्ने विभागीय कर्मचारी।
59253 फाँटिलो वि. फाँटजस्तो चारैतिर खुला रहेको; फराकिलो; सम्म परेको।
59254 फाँड्नु १ स.क्रि. कुनै घोलिलो वस्तु पानीमा हालेर हुँडल्नु; फाँडो पार्नु; फेट्न; फाउनु वा लेदो पार्नु।
59255 फाँड्नु २ स.क्रि. १. घना वनजङ्गलका रुखहरू काट्नु वा उखेल्नु; जङ्गल वा झाडी छिमल्नु; उजार्नु।
59256 फाँड्नु २ स.क्रि. २. हाँगाबिंगा, स्याउलापात आदि काट्नु वा बिरुवा, झारपात आदि उखेल्नु।
59257 फाँड्नु २ स.क्रि. ३. बालीनाली भित्र्याएपछि बचेका बोट, झाङ आदि उखेल्नु; मास्नु।
59258 फाँडफुँड ना. फाँड्ने वा मास्ने काम; फँडाइ।
59259 फाँडिनु क.क्रि. १. जङ्गल फाँड्ने काम गरिनु; हाँगाबिँगा छिमलिनु वा काटिनु।
59260 फाँडिनु क.क्रि. २. फाँडोजस्तो पारिनु; हुँडलिनु; हाँडलहुँडल गरिनु।
59261 फाँडो १ ना. १. पिठो, कनिका आदि हालेर पातलो वा लेदो पारी पकाइएको खाना; एक प्रकारको माडजस्तो खोले।
59262 फाँडो १ ना. २. कलिला मकैका दाना थिची लेदो हुने गरी बनाइएको खानेकुरो। वि.
59263 फाँडो १ ना. ३. माडजस्तो पातलो; दबदबे।
59264 फाँडो २ ना. जानीजानी कसैमाथि थोपरिएको नचाहिँदो टन्टा वा झ्याउलो हुँदै; नभएको कुरो।
59265 फाँद्नु १ स.क्रि. अप्ठेरामा पार्नु; फन्दा वा झमेलामा पर्नु; नचाहिने कुरामा अल्झाउनु।
59266 फाँदनु २ स.क्रि. १. अग्लो डिल वा गहिरो, फराक खाडल उफ्रेर नाघ्नु; फट्कनु।
59267 फाँदनु २ स.क्रि. २. कसैले समाउन नसक्ने गरी छट्केर भाग्नु; बुर्कुसी मार्नु।
59268 फाँद १ ना. १. फड्कने काम; फड्काइ।
59269 फाँद १ ना. २. उफ्रेर एकै फड्कोमा नाघ्न सकिने जमिनको नापो वा भाग; फाँच; फड्को।
59270 फाँद १ ना. ३. खेतीयोग्य वा पर्ती जमिनको फैलावट ; विस्तार।
59271 फाँद २ ना. जङ्गली हात्तीलाई खेदो गर्दा फसाइने वा पक्राउमा पारिने मोटो डोरीको पासो; फन्दा।
59272 फाँदिनु क.क्रि. १. फाँद्ने वा फन्दामा पार्ने काम गरिनु।
59273 फाँदिनु क.क्रि. २. फाँद्ने काम गरिनु वा उफ्रेर नाघिनु; बुर्कुसी मारिनु।
59274 फाँदिलो वि. फैलिएको; फराकिलो; फिँजिएको वा फिँजारिएको; विस्तृत।
59275 फाँसी ना. १. फसाउने वा अल्झाउने वस्तु; पासो।
59276 फाँसी ना. २. अपराधीलाई पासामा घाँटी झुन्ड्याएर मार्ने सजाय वा दण्ड।
59277 फाँसी ना. ३. विनाकारण आइलागेको झोज वा झन्झट; झमेला।
59278 फाँसी ना. ४. मन नपरीनपरी गर्नुपरेको काम वा कुरो।
59279 फाइँफुइँ ना. नचाहिँदो रूपमा देखाइएको फुर्ती वा धाक; ताइँफाइँ; आडम्बर; घमन्ड; फुइँ।
59280 फाइँफुट्टी ना. नचाहिँदो फुर्ती; व्यर्थको आडम्बर; धाकरवाफ; फाइँफुइँ; ताइँफाइँ।
59281 फाइँफुट्टे वि. फाइँफुट्टी गर्ने; ताइँफाइँ गर्ने; धाकधक्कु लाउने।
59282 फाइदा ना. १. कुनै कामकुरा, व्यापार आदिमा हुने बढी प्राप्ति; लाभ; नाफा; फायदा।
59283 फाइदा ना. २. कामकुराबाट हुने इष्ट वा शुभ परिणाम; असल नतिजा।
59284 फाइनु क.क्रि. हँडलिन; लेदो पारिनु; फेटिनु।
59285 फाइबर ना. कपास, रेसम आदि मिश्रित चिप्लो खालको कपडा।
59286 फाइल ना. १. कार्यालयका महत्त्वपूर्ण कागजपत्र सुरक्षित राखिने बाक्लो वा कडा एक प्रकारको जिल्द।
59287 फाइल ना. २. सिलसिला मिलाएर राखिएका कागतपत्रहरूको समूह; मिसिल।
59288 फाइल निर्देशिका ना. कुन फाइल कहाँ र कुन नम्बरमा छ भनी थाहा पाइने अनुक्रमपुस्तिका।
59289 फाइल पुस्तिका ना. कागतपत्र वा मिसिल आदि राखिने जिल्ददार फाइल।
59290 फाउ १ ना. १. चिजबिज किनेपछि सित्तैँ मागेर लिइने थप वस्तु; फोसा; तासा।
59291 फाउ १ ना. २. वृद्धि; थप।
59292 फाउ २ ना. १. फागु वा होलीसम्बन्धी गीत, नाच आदि।
59293 फाउ २ ना. २. फागु, फाग।
59294 फाउनु स.क्रि. १. पानीमा पिठो आदि वस्तु हालेर हातले बेसरी हल्लाउनु वा हँडल्नु; फेट्नु।
59295 फाउनु स.क्रि. २. लस्सा आउने गरी चलाउनु; घोल्नु।
59296 फाउन्टेन पेन ना. पाइपमा मसी भरिने, निप, जिब्री आदि भएको कलम; फौन्टेन; फुन्टिन।
59297 फाकट ना. जङ्गलबाहिरको पर्ती मैदान; समतल भूमि।
59298 फाकन ना. कर्कलो।
59299 फाकने वि. १. कर्कलो वा जलुको आदि उसिनेर खाने।
59300 फाकने वि. २. होसै नराखी भएभरको कुरा गर्ने। ना.