Dictionary

All Word

59301 फाकने वि. ३. त्यस्तो खाने मानिसलाई हियाएर भनिने शब्द।
59302 फाकफुक ना. धामी, झाँक्री आदिले भूतप्रेत आदिको बाधा हटाउन गर्ने तन्त्रमन्त्र आदिको प्रयोग; झारफुक; फुकफाक।
59303 फाकफुके वि. फाकफुक गर्ने; झारफुके; झारफुक गर्ने (व्यक्ति)।
59304 फाग ना. १. फागु।
59305 फाग ना. २. नारीहरूले उत्सवपर्वमा गाउने मङ्गल - गीत।
59306 फागु ना. १. फागुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म परस्परमा रङ, अबिर आदि हाल्ने र नाच्ने, गाउने तथा प्रीतिभोज आदि गरी रमाइलो मनाइने उत्सव; होली।
59307 फागु ना. २. त्यस अवसरमा गाइने गीत; फाउ।
59308 फागु ना. ३. सल्लाका फूलको पहेँलो भाग।
59309 फागुन ना. वर्षको एघारौँ महिना; फाल्गुन।
59310 फागुने वि. १. फागुनसम्बन्धी; फागुनको।
59311 फागुने वि. २. बेकम्मा; रद्दी; अश्लील।
59312 फाङफुङ क्रि.वि. १. कुनै सग्लो मालसामानको सबैजसो अवयव छुट्टिएर अलग हुने गरी; फाङ्ल्याङफुङ्लुङ।
59313 फाङफुङ क्रि.वि. २. कुनै वस्तु काम नलाग्ने गरी भत्कने, भत्काउने वा बिग्रने, बिगार्ने पारेर। ना.
59314 फाङफुङ क्रि.वि. ३. त्यसरी छुट्टिने, बेग्लिने, भत्किने, बिग्रने आदि चाल।
59315 फाङ्ङफुङ्ङ/फाङ्लाङफुङ्लुङ क्रि.वि. फाङफुङ।
59316 फाजिल वि. १. आवश्यकताभन्दा धेरै; चहिनेभन्दा बेसी।
59317 फाजिल वि. २. त्यसरी हिसाबमा बढेको वा खर्च बच्न गएको ( रकम); अवशिष्ट; अतिरिक्त।
59318 फाजिल बाँकी ना. लेनदेनसम्बन्धी हरहिसाबमा लिन वा दिन बाँकी रहेको रकम।
59319 फाट्नु अ.क्रि. १. जमिन, घरको गारो आदि धाँजा पर्नु वा फाट्नु; चिरा पर्नु वा चिरिनु।
59320 फाट्नु अ.क्रि. २. लुगाफाटो आदि थोत्रो पुरानो हुनु, च्यातिनु, धस्कनु वा खिइनु।
59321 फाट्नु अ.क्रि. ३. टुक्रा - टुक्रा हुनु; च्याथ्लो हुनु।
59322 फाट्नु अ.क्रि. ४. अलग हुनु; छुट्टिनु।
59323 फाट्नु अ.क्रि. ५. झोल र छोक्रा छुट्टिनु।
59324 फाट्नु अ.क्रि. ६. दई थरीको मत वा मन नमिल्नु; राय बाभनु।
59325 फाट्नु अ.क्रि. ७. शत्रुता हुनु; अरिष्ट पर्न।
59326 फाटका नियत समयमा कुनै वस्तुको दर, माग बढ्ने विचारअनुसार वस्तुको मूल्य निर्धारित गरी सोही मूल्यमा आँटेर गरिने खरिदबिक्रीको अठोट; सोअनुसार बढी मुनाफा वा लाभको आशाले गरिने जोखिमी कारोबार।
59327 फाटफुट वि. १. चानचुन; धेरथोर; थोरथोरै। क्रि.वि.
59328 फाटफुट वि. २. एउटा - दुइटा मात्र देखा पर्ने गरी; कतैकतै; फाट्टफुट्ट।
59329 फाटफुटे वि. १. चानचुने; सानोतिनो।
59330 फाटफुटे वि. २. अपूर्ण; अपूरो; अधुरो।
59331 फाटफुटे वि. ३. फुटकर ; खुद्रा।
59332 फाटिनु अ.क्रि. धाँदो परिनु; चिरा परिनु।
59333 फाटो ना. १. परस्परमा हुने मनको बेमेल; फुट।
59334 फाटो ना. २. राय बाझ्ने काम; मतभेद।
59335 फाटो ना. ३. शत्रुता; वैमनस्य।
59336 फाट्टफुट्ट क्रि.वि. १. एउटादुइटा गर्दै सबै आउने, उठ्ने वा निस्कने गरी।
59337 फाट्टफुट्ट क्रि.वि. २. एकएक गरी सिद्ध्याउने किसिमले।
59338 फाट्टफुट्ट क्रि.वि. ३. पातलोपातलो चालमा देखिने वा हुने गरेर।
59339 फाणित ना. चासनी; पाग; सिर्का।
59340 फातफुत्त क्रि.वि. १. दबदबे वा लेदो पदार्थ एकै चोटि खस्ने वा खस्दा शब्द आउने गरी।
59341 फातफुत्त क्रि.वि. २. पेटमा भएको मल एकै चोटि साफ हुने गरी निस्केर; खातखुत्त।
59342 फाद ना. हे. फाँद (बन्धन)।
59343 फानस/फानुस ना. काँचका वा अन्य धातुका कमलपत्र वा गिलासजस्ता वस्तु एउटै डन्डीमा जडिएको, बत्ती बाल्ने विशेष साधन; पानस।
59344 फान्नु ना. तेल पेल्ने क्रममा चौथो पटक पेलिएको पिना।
59345 फाप्नु अ.क्रि. आफू लागेको काम- कुरामा विघ्नवाधा वा पिरपिराउ नभएको हुनु; फलिफाप हुनु; फाप हुनु।
59346 फाप ना. १. पिरबाधा, दुःख आदि नहुने स्थिति; फाप्ने काम। वि.
59347 फाप ना. २. फापेको वा फाप्ने; छुकी; शुभ।
59348 फाप ना. ३. सबै कुरा राम्रो हुँदै गएको; अनुकूल लाभ भएको।
59349 फाप वि. अफापको उल्टो; शुभ; फाप्ने।
59350 फापर ना. १. पानपाते छाँटका पातला केही लाम्चा परेका पात, प्याजी रङका फूल, तीनकुने वा तीनधारे दाना र राता डाँठ हुने एक जातको सानो बोट।