Dictionary

All Word

59351 फापर ना. २. त्यसैको तीनकुने वा तीनधारे परेको, कालो बोक्रा र सेतो गुदी हुने फल वा गेडा।
59352 फापरचरी ना. फापरबारीमा चर्ने वा फापर खान मन पराउने, टाउकामा पङ्खा जस्तै सिउर भएको, भँगेरोभन्दा केही सानो, लाम्चो र कालो, सेतो रङ हुने, रूपी चराका छाँटको चरो।
59353 फापिनु अ.क्रि. फाप होइनु।
59354 फाप्रे वि. १. फापरका भरमा जीवननिर्वाह गर्ने; फापर मात्र खाने स्थितिमा परेको।
59355 फाप्रे वि. २. कोर्काली; काँठे; असभ्य।
59356 फाप्रे चरो ना. फापरचरी।
59357 फाम ना. १. दुध, दही, मोही आदि राख्ने भाँडो; काठको गबुवा ; काठे ढुङ्ग्रो।
59358 फाम ना. २. सरकारी छाप एवं नम्बर भएको, अन्न भर्ने पाथी।
59359 फायदा ना. हे. फाइदा।
59360 फायर ना. पिस्तोल, बन्दुक, तोप आदि पड्काउने वा गोली हान्ने काम; गोली चलाइ।
59361 फार्नु स.क्रि. १. कुनै सिङ्गो वस्तु (कपडा आदि) चिरेर दुई टुक्रा पार्नु; चिरा पार्नु; च्यात्नु; छुट्ट्याउनु।
59362 फार्नु स.क्रि. २. धस्काउनु; फटाउनु; रद्दी तुल्याउनु।
59363 फारक/फारख ना. १. आफूले बुझाउनुपर्ने बही बुझाइसकेपछि रकमीले पाउने छुटकारा; रकमकलमबाट हुने छुट्टी वा निस्साका रूपमा दिइने त्यस्तो कागत।
59364 फारक/फारख ना. २. कामकाजबाट पाइएको छुट्टी; फुर्सत; अवकाश।
59365 फारकती/फारखत/फारखती ना. सम्बन्धित व्यक्तिका जिम्मामा रहेका सबै नगदी वा जिन्सी बुझेर लिई प्रमाणका रूपमा लेखिदिने कागज; हिसाबकिताबसम्बन्धी बही बुझाइसकेपछि बुझ्ने अड्डाले कमीलाई लेखिदिने कागज।
59366 फारधर्ती ना. धर्ती फारिनुजत्तिकै ठुलो सङ्कट; विषम अवस्था।
59367 फारफेर ना. यताको उता; उताको यता पार्ने काम; सारफेर; फेरफार।
59368 फारफोर ना. फार्ने र फोर्ने काम; छुट्टयाई, काटी चोक्ट्याउने काम; फोरफार।
59369 फारस ना. अफगानिस्थानको पश्चिमपटि रहेको एक देश; वर्तमान इरान।
59370 फारसी वि. १. फारस देशको; फारससम्बन्धी।
59371 फारसी वि. २. त्यसै देशको भाषा; फार्सी।
59372 फारा १ ना. खाने चुन बनाउने काममा प्रयोग गरिने कडा खालको फग्ल्याँटे सिपी।
59373 फारा २ ना. योनिको डिल; भगोष्ठ।
59374 फाराम ना. १. आवश्यक रूपमा एकरूपता ल्याउने दृष्टिले निर्धारित ढाँचामा तयार पारिएको आवेदनपत्र, रसिद आदिको नमुना वा ढाँचा।
59375 फाराम ना. २. प्रार्थी वा निवेदकले भर्नुपर्ने मुख्यमुख्य वा व्यक्तिसम्बन्धित कुरा छाडेर अन्य कुरा लेखिएको पत्र।
59376 फारिनु क.क्रि. फार्ने काम गरिनु।
59377 फारु ना. मितव्ययिता; फारो।
59378 फारु तिनु ना. फारोतिनो।
59379 फारो ना. थोरै पैसा वा सीमित वस्तुले आवश्यक तथा बढी काम चलाउने किफायती काइदा; कम खर्च; मितव्ययिता; फारु।
59380 फारोतिनो ना. परिमित वस्तु वा थोरै खर्चले भ्याउने काम; फारो गर्ने कामकाइदा; जोगारका साथ पुऱ्याएर गरिने खर्चबर्च।
59381 फार्छे ना. हे. फार्से।
59382 फार्छे पत्र ना. फार्सेपत्र; राजीनामा।
59383 फार्दिङ ना. सबैभन्दा सानो ब्रिटिस मुद्रा।
59384 फार्म ना. १. योजनाबद्ध रूपमा बालीनाली, फलफूल, तरकारी आदि लगाइएको भूमि; खेत।
59385 फार्म ना. २. त्यसरी नै निश्चित रूपमा वस्तुपालन वा अन्य कुनै व्यवसाय चलाइएको खास ठाउँ वा कार्यस्थान। (कृषि फार्म, बागवानी फार्म, भेडापालन फार्म इ.)।
59386 फार्से ना. १. लेनदेनसम्बन्धी व्यवहारको छिनाफाना; फस्र्योट।
59387 फार्से ना. २. बिर्ता जग्गाको खरिदबिक्री आदिको टुङ्गो; सुक्रीबिक्री।
59388 फार्से पत्र ना. बिर्ता जग्गाको बेचबिखन गर्दा राजीनामाका बेहोराले हकदाबी छाडिदिने गरी लेखिदिएको कागज; राजीनामा।
59389 फाल्नु स.क्रि. १. कुनै वस्तु आफूतिरबाट अर्कातिर फ्याँक्नु; मिल्काउनु।
59390 फाल्नु स.क्रि. २. हुऱ्याउनु; हुत्त्याउनु।
59391 फाल्नु स.क्रि. ३. नलिनु; त्याग्नु।
59392 फाल १ ना. हलाका टुँडामा जोडिने तिखो फलामे साधन; फाली।
59393 फाल २ ना. १. फाल्ने वा आफल्ने काम।
59394 फाल २ ना. २. विशेष काम सम्पन्न गर्नका निम्ति मिल्ने अवसर; मौका; अनुकूलता।
59395 फाल २ ना. ३. लामो फट्को।
59396 फाल २ ना. ४. अग्ला ठाउँबाट उफ्रेर तलतिर झर्ने काम; हामफलाइ।
59397 फाल हनाइ/हलाइ ना. फाल हाल्ने क्रिया वा प्रक्रिया।
59398 फाल हानाहान ना. पालैपालोसित फाल हाल्ने काम।
59399 फालहानी ना. केही अग्ला ठाउँबाट फाल हाल्ने गरी खेलिने केटाकेटीको एक खेल।
59400 फालहान्नु / हाल्नु अ.क्रि. माथिबाट उफ्रेर तलतिर झर्नु; हाम्फाल्नु; फाल हाल्नु।