Dictionary

All Word

59501 फिरङ्ग ना. २. गर्मीले वा वेश्यासँगका समागमबाट गुप्ताङ्गमा हुने एक रोग; भिरङ्गी।
59502 फिरङ्गी ना. १. फिरङ्ग महादेशको निवासी; अङ्ग्रेज; गोरा; युरोपियन।
59503 फिरङ्गी ना. २. फिरङ्ग रोग लागेको व्यक्ति।
59504 फिरन्ता वि. १. स्थायी रूपले एकै ठाउँमा घरबार गरेर नबसी घुमीघुमी हिँड्ने; डुलुवा। ना.
59505 फिरन्ता वि. २. परदेशी; यात्री; घुमन्ता व्यक्ति।
59506 फिरन्ता वि. ३. जोगी; सन्न्यासी।
59507 फिरन्ते वि. फिरन्ता।
59508 फिरफिर क्रि.वि. १. कागत, कपडा, पात आदि हावामा हलुको किसिमबाट हल्लने गरी; फरफर।
59509 फिरफिर क्रि.वि. २. फिरफिर गर्दै उड्ने पुतली जस्तो एक जातको किरो।
59510 फिरफिर क्रि.वि. ३. मन्द गतिले हावा चलिरहेर; सिरसिर।
59511 फिरफिरी / फिरफिर्ती क्रि.वि. अझ छिटो फिरफिर हुने गरी।
59512 फिरफिरे वि. १. हावामा हलुको तबरले हल्लने वा चल्ने। ना.
59513 फिरफिरे वि. २. हावाका वेगले घुम्ने कागत, पात, टिन आदिको पङ्खाका आकारको खेलौना।
59514 फिरफिरे वि. ४. लामाले असिना, पानी, हुरी आदि रोक्नका निम्ति ठाउँठाउँमा गाड्ने बाँसको पुतली।
59515 फिरफिरे वि. ५. ससाना चुच्चे पात हुने एक जातको बोट।
59516 फिरफिरे वि. ६. अग्लो चौडा भाला आकारका पात हुने, दाँती परेका किनारा हुने, तल्लो भाग सेतो रौँले ढाकिएको, पहेँलो फूल फुल्ने बोटविशेष।
59517 फिराइ ना. फिर्ने क्रिया वा प्रक्रिया।
59518 फिराइनु क.क्रि. १. फिर्न लाइनु; डुलाइनु; घुमाइनु।
59519 फिराइनु क.क्रि. २. फर्काइनु।
59520 फिराउनु प्रे. क्रि. १. फिर्न लाउनु, डुलाउनु; घुमाउनु।
59521 फिराउनु प्रे. क्रि. २. फर्कन लाउनु। स.क्रि.
59522 फिराउनु प्रे. क्रि. ३. फिँजाउनु; फैलाउनु।
59523 फिराद ना. सम्बन्धित अदालत वा अधिकारीका समक्ष न्याय पाउन गरिने प्रार्थना; नालिस।
59524 फिराद पत्र ना. कानुनी कारबाईका निम्ति मर्का परेको कुरा लेखीं वादी भएर अदालतमा दिइएको रीतपूर्वकको कागज; नालिसपत्र; इजहार।
59525 फिरादी वि. फिराद गर्ने, नालिसवाला; उजुरबाजुर गर्ने।
59526 फिरादी पत्र ना. फिरादपत्र।
59527 फिरिनु अ.क्रि. १. फिर्ता आइनु; फर्किनु।
59528 फिरिनु अ.क्रि. २. डुलिनु; घुमिन्।
59529 फिरिस्त ना. सम्बन्धित विषयवस्तु वा व्यक्तिहरूको नामावली, विवरण, फॉंट आदि क्रमिक रूपमा अङ्कित गरिएको पुस्तिका वा पत्र; तालिका; सूचीपत्र।
59530 फिरोजा ना. हरियो हरियो पाराको निलो रङ हुने एक किसिमको बहुमूल्य रत्न; युँ।
59531 फिरौती ना. अपहरित व्यक्ति वा वस्तु फिर्ता गर्नुपर्दा माग गरिने रकम; त्यस्तो कुनै सर्त।
59532 फिर्कनु अ.क्रि. फर्कनु; फिर्नु।
59533 फिर्काइ ना. फिर्कने क्रिया वा प्रक्रिया।
59534 फिर्काइनु क.क्रि. फिर्कन लाइनु; फर्काइनु।
59535 फिर्काउनु प्रे. क्रि. फिर्कन लाउनु; फर्काउनु।
59536 फिर्किनु अ.क्रि. फिर्कने होइन; फर्किनु।
59537 फिर्के ना. १. घट्टको पुतली।
59538 फिर्के ना. २. दाल घोट्नका निम्ति बिँडमा ठोकेर वा गाँसेर बनाइएको काठ वा फलामको मधानीजस्तो चारचोसे साधन।
59539 फिर्ता ना. फर्कने वा फर्काउने काम; फिर्ती; फिराइ।
59540 फिर्ती वि. फिर्ता आउने; फर्कने।
59541 फिर्ती चिठी ना. पाउने व्यक्तिको पत्तो नलागेर फेरि पठाउने व्यक्तिकै हातमा फर्किएर आएको चिठी।
59542 फिर्ती चिठी केन्द्र ना. पाउने व्यक्ति वा ठेगानाका गडबडीले टुङ्गो लाग्न नसकेका चिठीपत्रसम्बन्धी काम गर्ने हुलाककार्यालय।
59543 फिर्ती डाँक ना. तत्काल फर्कने डाँक वा चिठीपत्र।
59544 फिर्ती रसिद ना. रजिस्टरी आदि पठाइएको वस्तु सम्बन्धित व्यक्ति वा संस्थाले बुझेको प्रमाणस्वरूप फर्किएर आउने रसिद; पहुँच; प्राप्तिस्वीकार।
59545 फिर्ती सवारी ना. कुनै यात्राबाट फर्किने काम।
59546 फिर्र क्रि.वि. कागत, कपडा, पात आदि हलुको हावामा हल्लने गरी।
59547 फिलखाना ना. हात्ती बाँध्ने ठाउँ; हस्तिशाला; हात्तीसार।
59548 फिलफिल क्रि.वि सानो र पातलो वस्तु हावामा हल्लने गरी।
59549 फिलफिली / फिलफिल्ती क्रि.वि. फिलफिल।
59550 फिलफिले वि. १. हलुको किसिमबाट हल्लने।