Dictionary

All Word

59651 फुक्नु २ स.क्रि. ७. होच्याउनु; नचाहिँदो निन्दा गर्नु।
59652 फुक्नु २ स.क्रि. ८. आवश्यकभन्दा बढी खर्च गर्नु।
59653 फुकन्ता वि. १. पासो, बन्धन, परतन्त्रता आदिबाट मुक्त भएको; उडन्ता; फुकाहा।
59654 फुकन्ता वि. २. फुकफाक, तन्त्रमन्त्र आदिद्वारा लागो पन्साउने; भूतप्रेतबाट भएको बाधाविघ्न हटाउने।
59655 फुकन्ते वि. १. फुकन्ता (फुकेको वा मुक्त)।
59656 फुकन्ते वि. २. फुकन्ता (फुकफाक गर्ने)।
59657 फुकफाक ना. धामी, झाँक्री आदिले लागो वा भूतप्रेतको बाधा हटाउनका निम्ति फुक्ने काम; फाकफुक; झारफुक।
59658 फुकाइ ना. १. फुक्ने वा फुस्कने-फुस्काउने क्रियाप्रक्रिया।
59659 फुकाइ ना. २. फुक्ने क्रिया वा फुफु गर्ने क्रियाप्रक्रिया; फुफु गराइ।
59660 फुकाइ ना. ३. धेरै खर्च गर्ने काम।
59661 फुकाइनु क.क्रि. १. फुक्ने, फुस्कने वा फुस्काउने पारिनु।
59662 फुकाइनु क.क्रि. २. फुक्न लाइनु; फूफू गराइनु।
59663 फुकाइनु क.क्रि. ३. धेरै खर्च गर्ने पारिनु।
59664 फुकाउनी ना. १. पिसाबथैली; मूत्राशय।
59665 फुकाउनी ना. २. पाठेघर फर्किएर बाहिरनिस्केको, भुक्क उठेको भाग।
59666 फुकाउनु स.क्रि. १. फुक्न लगाउनु; फूफू गर्न लाउनु।
59667 फुकाउनु स.क्रि. २. धेरै खर्च गराउनु।
59668 फुकाउनु स.क्रि. ३. बाधा-अड्काउ आदि हटाउन लाउनु।
59669 फुकाउनु स.क्रि. ४. धागो, डोरी आदिको गाँठो खोल्नु; बन्धनमुक्त गर्नु।
59670 फुकाउनु स.क्रि. ५. फुस्कने पार्नु; फुस्काउनु।
59671 फुकाउरो वि. बेकारमा धेरै खर्च गर्ने स्वभावको; फुकाहा; बहुखर्ची।
59672 फुकादाम ना. एकदाम मूल्यको चार भागको एक भाग मूल्यका सिक्का।
59673 फुकाफाल वि. १. नियमित आचरण वा अनुशासनमा नरहेको; छाडा।
59674 फुकाफाल वि. २. स्वतन्त्र; आफूखुसी चल्ने।
59675 फुकाल्नु स.क्रि. १. बन्धन, गाँठो आदि खोल्नु; फुकाउनु; फुनु।
59676 फुकाल्नु स.क्रि. २. जिउमा लगाएका लुगा, गहना आदि खोल्नु; झक्नु।
59677 फुकाल्नु स.क्रि. ३. जडिएको वस्तु खोल्नु; खुस्काउनु।
59678 फुकाल्नु स.क्रि. ४. कसैसँग कुनै वस्तु युक्तिपूर्वक ढङ्गले लिनु; फुस्काउनु।
59679 फुकालाइ ना. फुकाल्ने क्रिया वा प्रक्रिया।
59680 फुकालिनु क.क्रि. फुकाल्ने काम गरिनु।
59681 फुकाहा वि. फुक्ने स्वभावको; फुकाउरो।
59682 फुकिनु क.क्रि. १. मुखबाट वेगसित हावा छोडिनु।
59683 फुकिनु क.क्रि. २. धेरै खर्च गरिन्।
59684 फुकिनु क.क्रि. ३. फुस्किन; खुस्किनु।
59685 फुकी १ ना. धेरै पुस्ताका दाजुभाइ; बन्धुवर्ग।
59686 फुकी २ ना. मारुनी नाच नाच्ता गाइने एक गीत।
59687 फुकीढल वि. फुक्नेबित्तिकै ढल्ने वा लड्ने खालको; ज्यादै दुब्लो; मरन्च्याँसे।
59688 फुकुन्डे वि. फुकुन्डो भएको; फुकुन्डो परेको।
59689 फुकुन्डो ना. १. शरीरमा रोगवश निस्केको मांसपिण्ड वा पानी आदि भरिएको फोको।
59690 फुकुन्डो ना. २. स्त्रीजातिको पाठेघर फर्किएर निस्केको भुक्क उठेको अंश।
59691 फुकुन्डो ना. ३. बेलुन।
59692 फुकुवा वि. १. फुक्ने खालको; धेरै खर्च गर्ने; फुकाउरो।
59693 फुकुवा वि. २. बन्धन वा नियन्त्रणबाट मुक्त भएको; छुटकारा पाएको।
59694 फुकुवा पुर्जी ना. कुनै ठाउँमा आवतजावत गर्ने, कुनै कामका विषयमा लेनदेन गर्ने तथा कुनै स्थानविशेषमा हुनुपर्ने तर कारणवश रोकिएका काम - कुरा उपरको बन्देज फुकेको जनाउने पुर्जी।
59695 फुको वि. १. कणहरू नजोडिएको; बुकुल्टो; भुरभुरे; फुरफुरे।
59696 फुको वि. २. घिउ-तेल आदि चिल्लो नपरेको पानीले नमुछिएको; सुक्खा; फुस्रो।
59697 फुको वि. ३. सितन, तर्कारी आदि नभएको, निस्तो।
59698 फुकौरो वि. फुकाउरो।
59699 फुक्का वि. १. बन्धनबाट मुक्त भएको; फुकेको; बन्धनमुक्त।
59700 फुक्का वि. २. नियन्त्रणबाट छुटकारा पाएको; स्वतन्त्र; स्वाधीन।