Dictionary

All Word

59701 फुक्काफुक्की ना. १. केटाकेटीका खेलमा खेल स्थगित राख्ने साङ्केतिक शब्द। ( जस्तै- धरीचोट खेलमा भनिने काँकरीफुक्की)।
59702 फुक्काफुक्की ना. २. फुक्का।
59703 फुक्को वि. फुक्का।
59704 फुक्लनु अ.क्रि. कुनै वस्तु जोडिएको वा जडिएको ठाउँबाट छुट्टिन; उखेलिनु, फुस्कनु; खुस्कनु।
59705 फुक्लाइ ना. फुक्लने क्रिया वा प्रक्रिया।
59706 फुक्लाइनु क.क्रि. फुक्लने पारिनु।
59707 फुक्लिनु अ.क्रि. उखेलिनु; खुस्किनु।
59708 फुक्लो वि. फुको; निस्तो।
59709 फुङ ना. फुग्गे भोटो, दौरा, चोलो आदिका फेरमा गाँसिने कपडा।
59710 फुङो ना. पेटारो।
59711 फुङ्कार ना. सर्प आदिले वेगले सास छोड्दा निस्कने शब्द; फूत्कार।
59712 फुङ्ग क्रि.वि. १. चेहरा, रङ आदि निस्तेज हुने गरी; फिक्का पर्ने किसिमले फुड्ङ।
59713 फुङ्ग क्रि.वि. २. रुख, पात केही नभई खुला भएर।
59714 फुङ्ग क्रि.वि. ३. दङदङती धुलो उड्ने चालमा।
59715 फुङ्गिन/फुङ्गिन वि. १. धनसम्पत्ति सबै उडाएर तन्नम भएको; गरिब; निर्धन।
59716 फुङ्गिन/फुङ्गिन वि. २. फुकाउरो।
59717 फुङ्गिने / फुङ्गिने वि. फुङ्गिन।
59718 फुङ्ङ क्रि.वि. हे. फुङ्ग।
59719 फुचा वि. / ना. हे. फुच्चो।
59720 फुचाफाची / फुची ना. फुच्चा फुच्ची।
59721 फुची ना. फुच्ची।
59722 फुचुना ना. / वि. हे. फुचुनु।
59723 फुचुनाफुचुनी ना. ससाना केटाकेटी; मसिना भुराभुरी।
59724 फुचुनी ना. सानी फुच्ची।
59725 फुचुनु / फुचुनो वि. १. साह्रै सानो र होचो ; फुच्चो। ना.
59726 फुचुनु / फुचुनो वि. २. सानु फुच्चो वा केटो।
59727 फुचे वि. हे. फुच्चो।
59728 फुचो ना. / वि. हे. फुच्चो।
59729 फुच्चा वि. १. सानो दकदको; फुच्चो। ना.
59730 फुच्चा वि. २. सानो बच्चा।
59731 फुच्चाफाच्ची/फुच्ची ना. ससाना केठाकेटी; भुराभुरी।
59732 फुच्ची ना. १. कान्लाका झासभुसमा गुँड लगाउने भँगेराजस्तो एक जातको चरो।
59733 फुच्ची ना. २. सानी केटी वा बच्ची।
59734 फुच्चे वि. हे. फुच्चो।
59735 फुच्चो वि. १. सानो कदको ; होचो। ना.
59736 फुच्चो वि. २. सानो केटो वा बच्चो।
59737 फुच्चो वि. ३. होचो वा पुड्को मान्छे।
59738 फुट्नु अ.क्रि. १. कुनै सिङ्गो वस्तु टुक्रा पर्नु; टुक्रिन; टुट्नु।
59739 फुट्नु अ.क्रि. २. चिरा पर्नु; धाँजा फाट्नु; चर्कनु; चिरिन्।
59740 फुट्नु अ.क्रि. ३. पाकेका खटिरा, घाउ आदिका मुखबाट रगत, पिप आदि निक्लनु।
59741 फुट्नु अ.क्रि. ४. मिलेका वस्तु वा व्यक्तिहरू अलग्गिनु; छुट्टिनु।
59742 फुट्नु अ.क्रि. ५. प्वाल पर्नु वा मुख बन्नु; छिद्र हुनु।
59743 फुट्नु अ.क्रि. ६. मेल नहुनु; फाटो पर्नु छुट्टिनु; फुट हुनु।
59744 फुट १ ना. १. लम्बाइ, चौडाइ आदि नाप्ने काममा प्रयोग गरिने बाह्र इन्चको नापो।
59745 फुट १ ना. २. त्यसै बराबरको नाप वा मान; गजका तीन भागमध्ये एक।
59746 फुट २ ना. विरोध, वैमनस्य आदिबाट हुने बेमेल; फाटो।
59747 फुटकर वि. १. कुनै स्थान, वर्ग वा समूहमा नमिली अलग्गै रहेको; श्रेणी वा हारमा नमिलेको; मूल विषयदेखि बाहिरको (फुटकर कुरो, फुटकर कविता, फुटकर विषय इ.)।
59748 फुटकर वि. २. फाटफुट; विविध।
59749 फुटकर वि. ३. (व्यापारमा) डक्क वा थुप्रै नभएर बेग्लाबेग्लै छुट्ट्याइएको; चानचुन; खुद्रा; खुदरा ( माल, पैसा आदि)।
59750 फुटनोट ना. १. लेख, पुस्तक वा ग्रन्थका पृष्ठको पुछारमा दिइने टिप्पणी; पादटिप्पणी।