Dictionary

All Word

59751 फुटनोट ना. २. आफूले लेखेका कुनै कुराका पुष्टिका निमित्त अन्य ग्रन्थबाट लिइएका उद्धरणको सन्दर्भ।
59752 फुट काँक्रो ना. काँक्राका जस्ता पात हुने, ससाना पहेँला फूल फुल्ने, काँक्राका झैँ हरिया र लामा फल लाग्ने र पाकेपछि पहेँला हुने, भित्र सेता बियाँ र सेतै गुदी हुने एक जातको नङ्ग्रे लहरो; त्यसैको फल।
59753 फुटपरस्त वि. एउटै समूह वा दलमा तथा एउटै विचार वा सिद्धान्तमा रहेका व्यक्तिहरूमध्ये केही व्यक्तिहरू अलग भएर वा फुटेर पहिले रहेकै समूह वा सिद्धान्तको विरोधमा उभिने।
59754 फुटपाथ ना. १. राजपथ वा मूल सडकका दुई किनारामा मानिस हिँड्न बनाइएको पेटी।
59755 फुटपाथ ना. २. मानिस हिँड्ने सडकछेउको गोरेटो।
59756 फुटप्रेसर ना. लुगा सिउने मिसिनको कपडा सार्ने दाँतीका माथिल्लापट्टि रहेको, कपडा थिच्ने अङ्ग वा पुर्जा।
59757 फुटफाट ना. फुट्ने वा फोरिने काम; टुटफुट।
59758 फुटबल ना. १. गोडाले हानेर खेलिने, छालाले मोहोरिएको, हावा भरिने रबरको ठुलो भकुन्डो।
59759 फुटबल ना. २. सोही भकुन्डो खेलिने एक खेल।
59760 फुटल वि. फुटेको (चिज वा वस्तु)।
59761 फुटा ना. कपासको बीज वा बियाँ; ज्यापु।
59762 फुटाइ ना. फुट्ने भाव, क्रिया वा प्रक्रिया।
59763 फुटाइ ना. फुटाउने भाव, क्रिया वा प्रक्रिया।
59764 फुटाइनु क.क्रि. फुट्न लाइनु, फुट्ने पारिनु।
59765 फुटाउनु प्रे. क्रि. १. कुनै सिङ्गो वस्तुलाई टुक्रा पार्नु; टुक्र्याउनु; फोर्नु, फुटाल्नु। स.क्रि.
59766 फुटाउनु प्रे. क्रि. २. चिरा पार्नु; चर्काउन; छुट्ट्याउनु; धाँदो वा धाँजो पार्नु।
59767 फुटाउनु प्रे. क्रि. ३. मेल भएकालाई फुट वा बेमेल गराउनु; छुट्ट्याउनु; अलग्ग पार्नु वा अलग्ग्याउनु।
59768 फुटानी ना. सामान्य कुरालाई बढाइचढाइ गरेर आफूआफूमा वैमनस्य पार्ने काम; बाझाबाझ।
59769 फुटाल्नु स.क्रि. फोर्नु; दुई टुक्रा पार्नु।
59770 फुटालाइ ना. फुटाल्ने भाव, क्रिया वा प्रक्रिया।
59771 फुटालिनु क.क्रि. टुक्रा-टुक्रा पारिनु; फोरिनु।
59772 फुटिनु क.क्रि. टुक्रा-टुक्रा होइनु; टुक्राटुक्रा पारिनु; फोरिनु।
59773 फुटेको वि. टुक्रिएको; टुटेको; चिरिएको।
59774 फुटेको कर्म ना. भाग्य हराएको अवस्था।
59775 फुटेको पैसा ना. साह्रै थोरै द्रव्य; चुनदाम।
59776 फुट्ट क्रि.वि. १. कुनै वस्तु, कुरा आदि उछिट्टिने गरेर; भ्यागुतो वा फट्याङ्ग्रा फड्के जस्तै गरी। वि.
59777 फुट्ट क्रि.वि. २. क्रम वा शृङ्खलामा नमिलेको; अलग्ग; फुट्टा; भिन्न; छुट्टा।
59778 फुट्टा वि. १. फौज वा जमातबाट भिन्न वा छुट्टै रहेको; अलग; एक्लो; फुट्टो; ठिङ्गो।
59779 फुट्टा वि. २. जोडी नभएको; बेजोडी; बिजोडा; बिजोर। ना.
59780 फुट्टा वि. ३. एक पासामा दुवा र दुई पासामा पोटपोट पर्दा हुने, पासाका खेलको एक दाउ; चार फुट्टीको दाउ, पासाको चौका दाउ।
59781 फुट्टी ना. १. सानो थोप्लो; विन्दु; टिकी।
59782 फुट्टी ना. २. पासा, तास आदिमा एक्का, दुवा, तिर्की आदि जनाउने थोप्ला वा टिकी।
59783 फुट्टी ना. ३. अति सानो मान वा मात्रा; न्यूनतम परिमाण। क्रि.वि.
59784 फुट्टी ना. ४. एक जात पनि; पटक्क।
59785 फुट्टीकौडी ना. केही पनि नहुने स्थिति; अकिञ्चनता।
59786 फुट्टे वि. १. फुट्टी भएको; फुट्टा परेको।
59787 फुट्टे वि. २. अलग्गिएको; छुट्टा बसेको।
59788 फुट्टो ना. १. समूहमा नरही एक्लो रहेको व्यक्ति वा वस्तु। वि.
59789 फुट्टो ना. २. एक्लो; छुट्टा; ठिङ्गो।
59790 फुट्टो ना. ३. फुटेर निस्केको।
59791 फुतफुत क्रि.वि. १. धमाधम एकएकवटा निस्कने वा पस्ने गरी।
59792 फुतफुत क्रि.वि. २. पालैसित हुत्त्याउँदै वा मिल्काउँदै।
59793 फुतफुती क्रि.वि. फुतफुत; फुतुफुतु।
59794 फुतुफुतु क्रि.वि. १. फुतफुत।
59795 फुतुफुतु क्रि.वि. २. एक - एक थोपा तप्किए जस्तै गरी खसेर।
59796 फुत्कनु अ.क्रि. १. एक ठाउँबाट उछिट्टिएर अर्का ठाउँमा पुग्नु; उछिट्टिनु; चिप्लिनु।
59797 फुत्कनु अ.क्रि. २. जोडिएको वा टाँसिएको ठाउँबाट कुनै वस्तु एकाएक फुस्कनु वा खुस्कनु।
59798 फुत्कनु अ.क्रि. ३. कुनै वस्तुका चेपमा वा दुलामा रहेको वस्तु वेगले निस्कनु; बाहिर निस्कनु।
59799 फुत्कनु अ.क्रि. ४. समातिएको व्यक्ति प्रहरीको आँखा छली भाग्नु वा उम्कनु।
59800 फुत्काइ ना. फुत्कने भाव, क्रिया वा प्रक्रिया।