Dictionary

All Word

59901 फुर्सतिलो / फुर्सदिलो वि. फुर्सत भएको; फुर्सदिलो।
59902 फुल्नु अ.क्रि. १. कोपिलो फुक्नु वा फक्रनु; पुष्पित हुनु; विकसित हुनु।
59903 फुल्नु अ.क्रि. २. रोटी आदि उक्सिएर भुक्क हुनु; भुक्लुक्क पर्नु।
59904 फुल्नु अ.क्रि. ३. शरीरको कुनै भाग उक्सनु; सुन्निनु।
59905 फुल्नु अ.क्रि. ४. घमन्ड वा रिसले गमक्क पर्नु; गम्कनु।
59906 फुल्नु अ.क्रि. ५. धुमधुमती परेर बस्नु।
59907 फुल्नु अ.क्रि. ६. केश पाक्नु; रौं सेतो हुनु।
59908 फुल्नु अ.क्रि. ७. बिहे गर्न लायक हुनु।
59909 फुल कोर्ट ना. इन्साफ गर्ने कामबाहेक अन्य कामका निम्ति बसेको सर्वोच्च अदालतका प्रधान न्यायाधीश तथा अरू न्यायाधीशहरूको सभा।
59910 फुल पार्नु टु. १. नभएका कुरा रिटिक्क पारेर भन्नु।
59911 फुल पार्नु टु. २. जताततै स्वास्नी बटुली धेरै छोराछोरी पाउनु।
59912 फुल बेन्च ना. १. प्रधान न्यायाधीशसहित तीन वा तीनभन्दा बढी न्यायाधीशहरूको बेन्च वा सभा; विशेष परिस्थितिमा प्रधान न्यायाधीशका तजबिजले नै गठित प्रधान न्यायाधीशसहित तीन वा सोभन्दा बढी न्यायाधीश भएको बेन्च वा सभा।
59913 फुल बेन्च ना. २. डिभिजन बेन्चमा राय फाट्न गएको मुद्दा हेर्ने बेन्च।
59914 फुल १ ना. ससाना जीव (चराचुरुङ्गी, माछा, साँप आदि) जन्मने, एकापट्टि केही चुच्चोजस्तो परेको गोलाकार पिण्ड; अण्डा; अण्ड; डिम्बा।
59915 फुल २ वि. १. भरिभराउ; पूर्ण; पूरा।
59916 फुल २ वि. २. प्रशस्त; पर्याप्त; मनग्य।
59917 फुलकिलो ना. ल्वाङ किलो।
59918 फुलकोपी/ कोबी ना. ठुलठुला रायोका जस्ता, पाउडर छिटेजस्ता लाग्ने फुसा पात हुने, टुप्पामा नौनी घिउको जस्तो सेतो र पहेँलो डल्लो लाग्ने तथा तोरीका जस्ता गेडा फल्ने एक वनस्पतिविशेष।
59919 फुलखरानी ना. अँगार पचेर सेतो भएको खरानी; भस्म; विभूति।
59920 फुलखाजा ना. मिठो खाने कुरो।
59921 फुलजडी/फुलझडी ना. खुबै सिफारिस गर्ने वा बुट्टा भर्ने काम; रिटिक्क पारिने कुरा।
59922 फुलनाम ना. न्वारानमा राखेका नामदेखि अतिरिक्त बोलाउने प्यारो नाम वा उपनाम।
59923 फुलबासा ना. धानको एकजात।
59924 फुलमती ना. मसिनो र बास्नादार धानको एक जात। (स्त्री नाम पनि)।
59925 फुलाइ ना. फुल्ने भाव, क्रिया वा प्रक्रिया।
59926 फुलाइनु क.क्रि. फुल्ने पारिनु; फुल्न लाइनु; पुष्पित गराइनु।
59927 फुलाउनु प्रे.क्रि. फुल्ने पार्नु; फुल्न लाउनु; पुष्पित गराउनु।
59928 फुलाङ्गो ना. १. फल नलागी फुलेर मात्र खेर जाने फलफूलको बोट; भाले रुख। वि.
59929 फुलाङ्गो ना. २. चाँडचाँडै फुल्ने।
59930 फुलिनु अ.क्रि. फूलको कोपिला फुट्ने वा फुल्ने होइनु।
59931 फुलिस्केप ना. १. मिसिनमा पेलेर तयार गरिएको, डोरा नहालिएको देशी कागज; १२x१५ वा
59932 फुलिस्केप ना. १२. ५X१६ इन्चीको हुने त्यस्तो कागतको नापो वा आकार।
59933 फुली ना. १. स्त्रीजातिले नाकमा लगाउने सानो फूलको आकारको सुनको गहना; नाकफुली।
59934 फुली ना. २. जुत्ता, पेटी, फुटबल आदिको फित्ता घुसार्ने प्वालमा जडिने धातुको चक्का आकारको वस्तु।
59935 फुलुङ्गा ना. गुब्बारा।
59936 फुले वि. आँखामा फुलो परेको; फुलो परेको आँखा हुने।
59937 फुलेल वि. १. प्रसन्नताले पूर्ण भएको; दङ्ङ, खुसी।
59938 फुलेल वि. २. फूलसमान प्रसन्न; प्रफुल्ल।
59939 फुलेल १ ना. फूलको सुगन्ध मिलाइएको, फूलकै जस्तो बास्ना आउने तेल, सुगन्धित तेल।
59940 फुलो ना. १. भात पकाएको भाँडाको पिँधमा बस्ने भातका सिताको दाग।
59941 फुलो ना. २. आँखाको नानीमा निस्कने सेतो बादल।
59942 फुलो ना. ३. तेल पेल्नका निम्ति कुटेर धुलो पारिएको तोरी, फिलुङ्गे, कदम आदिको चूर्ण।
59943 फुलौरा ना. हे. फुरौला।
59944 फुल्का ना. तावामा पकाई आगामा सेकाएर फुलाइएको, चिल्लो नहालेको गहुँको रोटी।
59945 फुल्चोकी ना. काठमाडौँ उपत्यकाको आग्नेय कोणमा रहेको, गोदावरी तीर्थमाथिको उच्च शिखर जहाँ रेडियो नेपालको ट्रान्समिटिङ टावर रहेको छ। (त्यहाँ फुल्चोकी देवीको मेला लाग्दछ)।
59946 फुल्याइ ना. फुल्याउने क्रिया वा प्रक्रिया।
59947 फुल्याइनु क.क्रि. सान्त्वना दिइनु; सम्झाइबुझाइ गरिनु।
59948 फुल्याउनु स.क्रि. १. शोक, रोग, दुःख आदिमा परेर आत्तिएकालाई सान्त्वना वा भरोसा दिनु; चित्त बुझाउनु।
59949 फुल्याउनु स.क्रि. २. रोएकालाई शान्त गराउनु; सम्झाउनु; फकाउनु; मनाउनु।
59950 फुल्ल वि . १. कोपिला फक्रिएको; प्रफुल्ल; विकसित। खुसी भएको; प्रसन्न; हर्षित। ना.