Dictionary

All Word

60001 फुस्रुक्क क्रि.वि. ३. कुनै कुरो कसैबाट सजिलैसँग फुस्काउने वा खुस्काउने गरेर।
60002 फुस्रुक्क क्रि.वि. ४. गाँठो फुक्ने वा फुकाउने किसिमले।
60003 फुस्रुक्क क्रि.वि. ५. हलुका चालले लड़ने वा पल्टने गरी।
60004 फुस्रे केरा ना. फुस्रा बोक्रा र ठुला कोसा हुने एक जातको केरा।
60005 फुस्रे चाँप ना. फुस्रो रङको एक जातको चाँप।
60006 फुस्रे वि. १. चिल्लो नभएको; फुस्रो। ना.
60007 फुस्रे वि. २. जोगी; सन्न्यासी (निन्दार्थमा)।
60008 फुस्रे वि. ३. फुस्रो पात हुने वा कटुस फल्ने, मध्य लेकमा हुने एक जातको रुख।
60009 फुस्रेनी ना. हे. फसिनी।
60010 फुस्रो धुस्रो वि. १. खरानी र धुलो घसी विरूप भएको।
60011 फुस्रो धुस्रो वि. २. धुलोमैलो लागेको; धुलामा लडीबडी खेलेको।
60012 फुस्रो वि. १. चिल्लोपन नभएको; फुस्रिएको।
60013 फुस्रो वि. २. सेतो भावको; कैलो। ना.
60014 फुस्रो वि. ३. जोगी वा सन्न्यासीलाई निन्दा गरेर भनिने शब्द।
60015 फुस्लनु अ.क्रि. कसैका फकाउरीमा लाग्नु; अरूका मिठामिठा कुरामा अल्झनु वा फुरुड्ड पर्नु।
60016 फुस्लाइ ना. फुस्लने क्रिया वा प्रक्रिया।
60017 फुस्लाइनु क.क्रि. फुस्लन लाइनु; फस्लने पारिनु।
60018 फुस्लाउनु प्रे. क्रि. फुस्लन लाउनु; फुस्लने पार्नु।
60019 फुस्लिनु अ.क्रि. १. फुस्लने होइन; फर्किनु।
60020 फुस्लिनु अ.क्रि. २. फुस्लनु।
60021 फुस्ल्याइ ना. फुस्लिने क्रिया वा प्रक्रिया।
60022 फुस्ल्याइनु क.क्रि. फुस्लिन लाइनु; फुस्लिने पारिनु।
60023 फुस्ल्याउनु प्रे. क्रि. फुस्लिन लाउनु; फुस्लिने पार्नु।
60024 फुस्ल्याहट ना. फुस्लिने भाव, क्रिया वा प्रक्रिया।
60025 फुस्ल्याहा वि. फुस्ल्याउने स्वभावको; फुस्याउने खालको।
60026 फुस्स क्रि.वि. १. खुकुलोसँग बाँधेको वस्तु एक्कासि फुस्कने वा खुस्कने गरी।
60027 फुस्स क्रि.वि. २. बन्द रहेको हावा, अपानवायु आदि बिस्तारै निस्कने गरी।
60028 फुस्स क्रि.वि. ३. थाहै नपाइने किसिमले सजिलैसँग निदाएर।
60029 फुस्स क्रि.वि. ४. चुरोटबिंडी आदि खाएर धुवाँ फाल्दै।
60030 फुस्स क्रि.वि. ५. तातोछारो केही पनि नहुने स्थितिमा पर्ने गरी। वि.
60031 फुस्स क्रि.वि. ६. फुस्सा।
60032 फुस्स क्रि.वि. ७. गम्कने अवस्थाको; गमक्क; मक्ख।
60033 फुस्सा ना. १. आफूले चाहेको वस्तु तातोछारो केही पनि नहुने अवस्था; शून्य स्थिति। क्रि.वि.
60034 फुस्सा ना. २. केही न केहीसँग; सित्तैँ।
60035 फुस्सिनु अ.क्रि. हातलागी शून्य हुनु; तातोछारो केही पनि नहुनु; फुस्सामा पर्नु।
60036 फुस्स्याइ ना. फस्सिने क्रिया वा प्रक्रिया।
60037 फुस्स्याइनु क.क्रि. फुस्सा पारिनु; फुस्सिन लाइनु।
60038 फुस्स्याउनु प्रे. क्रि. फुस्सा पार्नु; फुस्सिन लाउनु।
60039 फुस्स्याहट ना. फुस्सिने भाव, क्रिया वा प्रक्रिया।
60040 फुहारा ना. पोखरीमा जडेका पाइपबाट माथिसम्म पुग्ने गरी वेगसित निस्केको पानीको ठुलो सिर्का; फोहरा।
60041 फू क्रि.वि. हे. फु।
60042 फूँ क्रि.वि. १. रिसाएका वा जुध्न निउँ खोजेका गाईबस्तुले नाकबाट वेगले सास निकाल्दा शब्द आउने गरी।
60043 फूँ क्रि.वि. २. सर्पले फुत्कार्दा आवाज निस्कने किसिमले। ना
60044 फूँ क्रि.वि. ३. त्यस प्रकारको शब्द वा आवाज।
60045 फूत्कार ना. १. गाईबस्तु रिसाएर वा जुध्नका निमित्त निउँ खोज्दा नाकबाट वेगसित सास निकाल्दा उत्पन्न हुने शब्द।
60046 फूत्कार ना. २. सर्पको फुङ्कार।
60047 फूल ना. १. बोटबिरुवामा फल लाग्नुभन्दा पहिले निस्कने मनोहर एवं सुकोमल अङ्ग; फुलेको कोपिलो; पुष्प; कुसुम; सुमन; प्रसून।
60048 फूल ना. २. रज; ऋतु (जस्तो- आङको फूल फुलिसक्यो )।
60049 फूल ना. ३. मकै, धान, जुनेलो आदि भुट्ता विकसित भएको स्वरूप; लावा।
60050 फूल ना. ४. स्त्रीजातिले टाउकामा लगाउने, सुनको चेप्टो, पातलो र वृत्ताकार गहना; शिरफूल।