Dictionary

All Word

60101 फेर्नु स.क्रि. ६. दिसा-पिसाब त्याग गर्नु; मलमूत्रादि छाड्नु।
60102 फेर १ क्रि.वि. फेरा; पटक; पल्ट।
60103 फेर २ ना. १. कुनै विषयमा पाइने फरक; अन्तर; भेद।
60104 फेर २ ना. २. उल्टो; विपरीत।
60105 फेर २ ना. ३. छल; कपट; बखेडा।
60106 फेर २ ना. ४. उलट- पलट; हेरफेर; फेरबदल।
60107 फेर २ ना. ५. परिवर्तन; दिनदशा बदलिएको स्थिति।
60108 फेर ३ ना. १. वरिपरि घुमेको स्वरूप; फेरो; चक्कर।
60109 फेर ३ ना. २. मयलपोस, कमिज आदिका कम्मरमुनिको चारैतिरको भाग।
60110 फेर ३ ना. ३. स्त्रीजातिले पटुका बाँध्दा वा सारी लाउँदा छोडिने किनारा वा छेउ।
60111 फेरकल्ली ना. विवाहिता नारीलाई एकभन्दा बढी पुरुषले जारी तिरेर ल्याउने क्रिया।
60112 फेरफन्द ना. १. कुनै कठोर परिस्थितिमा पर्ने काम; चक्करमा रुमलिने क्रिया।
60113 फेरफन्द ना. २. कसैको छलकपट, जालसाज आदिमा पर्ने काम।
60114 फेरफार ना. १. कुनै विषयको परिवर्तन वा हेरफेर; अदलीबदली; सट्टापट्टा।
60115 फेरफार ना. २. लुगाफाटो आदि बदल्ने वा फेर्ने काम।
60116 फेरफार ना. ३. त्यस्तो फेर्ने लुगाफाटा आदिको जगेडा।
60117 फेरल नियम ना. उत्तरी गोलार्द्धमा दायाँपट्टि र दक्षिणी गोलार्द्धमा बायाँपट्टि वायु मोडिएर बहने नियम।
60118 फेरहानी ना. घुमन्ता बेपारीलाई लाग्ने दस्तुर।
60119 फेरा क्रि.वि. पटक; पल्ट; बाजि; चोटि ; फेर।
60120 फेराइ ना. फेर्ने क्रिया वा प्रक्रिया।
60121 फेराइनु क.क्रि. फेर्न लाइनु, बदलाइनु।
60122 फेराउनु प्रे.क्रि. फेर्न लाउनु; बदलाउनु।
60123 फेरि क्रि.वि. १. अर्को पटक; दोस्रोपल्ट।
60124 फेरि क्रि.वि. २. अरू पनि; अझै।
60125 फेरिनु क.क्रि. १. फेर्ने काम गरिनु; बदलिनु। अ.क्रि.
60126 फेरिनु क.क्रि. २. मोटाउँदै जानु; बलियो हुनु।
60127 फेरी १ ना. १. गोरख - मतानुयायी फिरन्ता साधुहरूले भूतप्रेत आदिका प्रकोपबाट लोककल्याण गर्न राती घरघरमा घुमेर हरिणका सिङको बाजा बजाउँदै हिँड्ने काम।
60128 फेरी १ ना. २. व्यापारीहरूले माल लिई बिक्री गर्न यताउति घुमफिर गर्ने काम।
60129 फेरी १ ना. ३. कुनै स्थानको वरिपरि घुम्ने क्रिया; प्रदक्षिणा।
60130 फेरी २ ना. १. नाउ, डुङ्गा आदिद्वारा वारपार गर्ने ठाउँ; नदी तर्ने घाट।
60131 फेरी २ ना. २. घाटमा नाउ, डुङ्गा आदि चलाउने ठेक्का।
60132 फेरी २ ना. ३. नदी आदि तर्नका निम्ति प्रयोग गरिने उपकरण।
60133 फेरुवा वि. १. फेरिने स्वभावको; फेरिएको। ना.
60134 फेरुवा वि. २. ऊनीको एक प्रकारको बस्ने चकटी वा बिछ्याउना; फेरे।
60135 फेरे १. खसीको रौँबाट बन्ने, दरीका छाँटको, भुईंमा बिछ्याइने कपडा; फेरुवा। वि.
60136 फेरे २. फेरो भएको; फेरो परेको
60137 फेरो ना. १. कुनै वस्तुको घुमाइ; चक्कर; फन्को।
60138 फेरो ना. २. अँगालोभरको नाप। वि.
60139 फेरो ना. ३. घुमाउरो; घुमेको।
60140 फेल वि. १. परीक्षा आदिमा असफल भएको; अनुत्तीर्ण। ना.
60141 फेल वि. २. असफलता; विफलता।
60142 फेल जमानी ना. १. कसैले कबुल गरेको काम पूरा हुने कुराको टुङ्गो नलागुन्जेल दिइने म्यादी वा अस्थायी जमानी।
60143 फेल जमानी ना. २. दैनिक तारिखमा हाजिर हुने कबुल गरी लेखिएको कागत।
60144 फेला ना. १. खोजेको कुनै वस्तु भेट्टाउने काम; भेट्ने काम; प्राप्ति।
60145 फेला ना. २. कसैको कुचक्र वा फन्दामा पर्ने काम।
60146 फेलु ना. चर्खाद्वारा टुकीमा धागो भर्नुपर्दा लच्छी अड्याउने, डमरु आकारको, घुम्दा धागो बेरिने साधन।
60147 फेवा ना. नेपालको पश्चिमाञ्चल क्षेत्रअन्तर्गत पोखरामा रहेको एक प्रसिद्ध ताल।
60148 फेवाताल ना. फेवा।
60149 फेस ना. कुनै निश्चित प्वाइन्टको अक्षर गाढा वा हल्का देखिने प्रकार; गाढा र हल्का देखिने अक्षर।
60150 फेसन ना. १. शृङ्गार, सजावट आदि गरिने नयाँ र राम्रो ढाँचा; लगाउने वा पहिरिने ढर्रा।