Dictionary

All Word

60251 फोस्य्राइ ना. फोस्रो पार्ने काम; फोसिने क्रिया वा प्रक्रिया।
60252 फोस्य्राइनु क.क्रि. फोस्रो पारिनु; फोस्रिने तुल्याइनु।
60253 फोस्य्राइलो वि. फोसिने छाँटको; फोस्रो।
60254 फोस्य्राउनु प्रे.क्रि. फोस्रो पार्नु; फोसिन लाउनु।
60255 फोस्य्राहट ना. फोस्रिने भाव, क्रिया वा स्थिति; फोस्य्राइ।
60256 फोस्य्राहा वि. सारहीन; फोसो।
60257 फोहर वि. १. सफा नभएको; मैलो; फोहोर।
60258 फोहर वि. २. घिनलाग्दो; मन नपर्दो।
60259 फोहर वि. ३. लाजभाँडको; अश्लील। ना.
60260 फोहर वि. ४. गुहु आदि मल; विष्टा।
60261 फोहर वि. ५. घिनलाग्दो वस्तु; दुर्गन्धित वस्तु।
60262 फोहरा ना. हे. फुहारा।
60263 फोहारी वि. हे. फोहोरी।
60264 फोहोर ना. सफा नभएको; फोहर।
60265 फोहोरा ना. फुहारा; फोहरा।
60266 फोहोरी वि. १. फोहोर गर्ने; सफा-सुग्घर नगर्ने।
60267 फोहोरी वि. २. अशुद्ध; अपवित्र। ३ अश्लील; लाजभाँड।
60268 फोहोरी वि. ४. मैलो; मलिन।
60269 फोहोरी वि. ५. थुकथुकी लाग्ने; घिनलाग्दो।
60270 फौज ना. १. सेना; पल्टन।
60271 फौज ना. २. हुल; जमात; समूह।
60272 फौजदार ना. पहिले पहिले फौजदारीसम्बन्धी मुद्दामामिला हेर्ने र मालपोत उठाउने काममा समेत नियुक्त हुने जिल्ला तहको एक प्रहरी अधिकारी।
60273 फौजदारी वि. १. मारपिट, चोरी, डकैती आदि अपराधको न्यायिक कारवाही गरिने कुरासँग सम्बन्धित। ना.
60274 फौजदारी वि. २. त्यस्तो मुद्दामामिला हेर्ने अदालत।
60275 फौजदारी वि. ३. चोरी-डकैती, मारपिट, ज्यान आदिको कुनै घटना वा मुद्दा।
60276 फौजदारी अदालत ना. लिखित रूपमा परेका कारबाईका निम्ति आएका फौजदारी मुद्दाहरूको पुर्पक्ष तथा ठहर गर्ने ठाउँ।
60277 फौजदारी कानुन ना. चोरी-डकैती, कुटपिट, ज्यानखुन आदिका मुद्दामा प्रयोग गरिने तथा सजायको व्यवस्था उल्लेख भएको कानुन।
60278 फौजदारी प्रक्रिया ना. लुटपिट, खुन आदि वा सरकारवादी हुने मुद्दामामिलाहरू हेर्ने, निर्णय गर्ने र बात लागेका व्यक्तिलाई दण्ड दिलाउन कारबाई गर्ने कानुनी विधि।
60279 फौजदारी मच्चाउनु स.क्रि. मारपिट, चोरीडकैती आदि कार्य गर्नु वा गराउनु।
60280 फौजी वि. फौजसम्बन्धी, सैनिक।
60281 फौजी अखडा ना. सैनिकहरू रहने ठाउँ वा शिविर।
60282 फौजी अदालत ना. सैनिक- अदालत।
60283 फौरेल ना. आसाम, मणिपुर आदिमा पाइने धानको एक जात।
60284 फौबन्जार ना. स्थायी रूपले एकै ठाउँमा पसल नथापी थैला आदिमा मालसामान बोकेर गाउँघर घुमीघुमी वा बिचमा माल खरिद गरेर बजारमै पनि बढी मोलमा बेच्ने व्यापारी।
60285 फौबन्जारी ना. फौबन्जारको काम वा पेसा।
60286 फ्यँकाइ ना. फ्याँक्ने क्रिया वा प्रक्रिया।
60287 फ्यँकाइनु क.क्रि. फ्याँक्न लाइन; फ्याँक्ने पारिनु।
60288 फ्यँकाउनु प्रे. क्रि. फ्याँक्न लाउनु; फ्याँक्ने पार्नु।
60289 फ्याँ ना. १. मुख उघारेर सास फेर्दा आउने आवाज।
60290 फ्याँ ना. २. धपेडी, थकाइ आदिले वा निद्रा लागेको बेला सास निस्कँदा आउने शब्द।
60291 फ्याँ ना. ३. थकान; थकाइ। वि.
60292 फ्याँ ना. ४. मुख बाएको; उदाङ्गो।
60293 फ्याँ ना. ५. फ्याक्क फाटेको; फक्क उघारिएको।
60294 फ्याँ ना. ६. थाकेको; थकित।
60295 फ्याँफुँ ना. ताइँफाइ; फुङ्कार; फुर्तीफार्ती।
60296 फ्याँफ्याँ क्रि.वि. लगातार फ्याँ गर्ने गरी।
60297 फ्याँफ्याँती क्रि.वि. फ्याँफ्याँ।
60298 फ्याँक्नु स.क्रि. १. कुनै वस्तु आफूतिरबाट अर्कातिर फाल्नु; मिल्काउनु।
60299 फ्याँक्नु स.क्रि. २. कुनै वस्तु वेगसँग हुत्त्याउनु; आफल्नु।
60300 फ्याँक्नु स.क्रि. ३. छोड्नु; त्याग्नु।