Dictionary

All Word

60301 फ्याँक्नु स.क्रि. ४. बेला वा महिना नपुगी तुहाउनु।
60302 फ्याँकाइ ना. फ्याँक्ने क्रिया वा प्रक्रिया।
60303 फ्याँकाफ्याँक क्रि.वि. १. परस्परमा फ्याँक्ने किसिमले; फालाफाल।
60304 फ्याँकाफ्याँक क्रि.वि. २. धमाधम फाल्ने वा मिल्काउने गरी।
60305 फ्याँकाफ्याँक क्रि.वि. ३. कुनै वस्तु आवश्यकभन्दा बढी भएर आफलताफल गर्ने चालसँग।
60306 फ्याँकिनु क.क्रि. फ्याँक्ने काम गरिनु; फालिनु।
60307 फ्याँचे ना. जरामा ससाना गाँठा हुने एक खालको साग।
60308 फ्याउ ना. १. फ्याउरो कराउँदाको शब्द।
60309 फ्याउ ना. २. निर्धा वा नपुंसक मान्छेको गर्जन।
60310 फ्याउफ्याउ ना. १. फ्याउराको बोली। क्रि.वि.
60311 फ्याउफ्याउ ना. २. फ्याउरो कराउने किसिमले।
60312 फ्याउरी ना. १. फ्याउराको पोथी रूप।
60313 फ्याउरी ना. २. केही गर्न नसकी कराएर मात्र हिँड्ने स्त्री ( निन्दार्थमा )।
60314 फ्याउरी ना. ३. अनाज सुकाउँदा फिँजाउने तथा सोहोर्ने काम गर्ने, काठका पातामा बिंड हालिएको दाँदेजस्तो साधन।
60315 फ्याउरी ना. ४. धान रोप्ता दाँदेले सम्याउन नसकेको छेउकुनाको हिलो सम्याउने काममा आउने र सो काम बाउसेले गर्ने त्यस्तै हतियार।
60316 फ्याउरे १ ना. रोपाइँका दिन फ्याउरी चलाउने व्यक्ति; बाउसे।
60317 फ्याउरे २ वि. १. फ्याउराको जस्तो झर्कोलाग्दो किसिमबाट कराउने।
60318 फ्याउरे २ वि. २. अर्काको दूतजस्तो बनेर वा अगुवा भएर हिँड्ने।
60319 फ्याउरो ना. १. फ्याउ-फ्याउ गरेर कराउने, लोकविश्वासअनुसार चितुवा वा बाघको अगि लागेर हिँड्ने, स्यालका जातको तर केही सानो एक हिंस्रक प्राणी।
60320 फ्याउरो ना. २. केही गर्न नसकी कराएर मात्र हिँड्ने मानिस।
60321 फ्याउसे ना. फ्याउसो।
60322 फ्याउसो कर्कलाको जस्तो पात हुने र डन्ठीमा फूल फुल्ने, एक जातको विषालु बोट; जङ्गली कर्कलो; फ्याक्सो।
60323 फ्याक ना. १. कुनै पनि वस्तुलाई बराबर पारेर चिरिएको एक भाग; फग्ल्याँटो।
60324 फ्याक ना. २. आधा फ्याक; ठुलो टुक्रो।
60325 फ्याकफ्याक क्रि.वि. १. कुनै वस्तुलाई टुक्राटुका पार्ने गरेर।
60326 फ्याकफ्याक क्रि.वि. २. कुनै वस्तु काट्ने किसिमले; छ्याकछ्‌याक।
60327 फ्याकफ्याकी/फ्याकफ्याक्ती क्रि.वि. अझै फ्याकफ्याक हुने गरी।
60328 फ्याक्क क्रि.वि. १. कुनै वस्तुलाई बराबरी हुने हिसाबले दुई टुक्रा पार्ने गरी।
60329 फ्याक्क क्रि.वि. २. हिर्काउने वा काट्ने किसिमले।
60330 फ्याक्चे वि. १. गाला पुक्क उठेर पनि थेप्चिएको।
60331 फ्याक्चे वि. २. नाक चेप्टो भएको वा नाकेडाँडी भासिएको।
60332 फ्याक्चे वि. ३. कुच्चिएर असुहाउँदो बनेको।
60333 फ्याक्च्याक्क क्रि.वि. १. कुनै वस्तु कुच्चिएर वा थेप्चिएर नसुहाउँदो देखिने हुँदै।
60334 फ्याक्च्याक्क क्रि.वि. २. नाक नेप्टिएर वा नाकेडाँडी भासिएर असुहाउँदो देखिने गरी।
60335 फ्याक्च्याक्क क्रि.वि. 3. गाला भुक्क उठेर पनि केही थेप्चो भई भद्दा देखिने छाँटसँग।
60336 फ्याक्से ना. कर्कलो; फ्याउसे।
60337 फ्याङफ्याङ क्रि.वि. १. धमाधम काट्ने वा फाँड्ने गरी।
60338 फ्याङफ्याङ क्रि.वि. २. बेपर्वाहसँग सरासर हिँडेर ; फटाफट।
60339 फ्याङफ्याङ क्रि.वि. ३. कुनै साह्रो र पातलो वस्तु धमाधम फोर्ने गरी।
60340 फ्याङफ्याङी/फ्याङफ्याङ्ती क्रि.वि. अझै फ्याङफ्याङ हुने गरी।
60341 फ्याङलाङ क्रि.वि. लुगाफाटा वा बाँधिए-मिलाइएका अन्य वस्तु खुस्कने गरी।
60342 फ्याङलाङफुङलुङ ना. जताततै फुस्केर छरिने वा अलपत्रिने स्थिति।
60343 फ्याङल्याङ्ग/फ्याङल्याङ्ङ क्रि.वि. १. फ्याङलाङ चालसित; अलपत्रिएर। वि.
60344 फ्याङल्याङ्ग/फ्याङल्याङ्ङ क्रि.वि. २. त्यस्तो चालको; अलपत्रिएको।
60345 फ्याङ्ग / फ्याङ्ङ क्रि.वि. १. खुकुरी, तरवार आदि धारिलो वस्तु काट्ने वा हान्ने किसिमले।
60346 फ्याङ्ग / फ्याङ्ङ क्रि.वि. २. उदाङ्गो वा उधारो पार्ने किसिमले; छर्लङ्ग।
60347 फ्याङ्ग / फ्याङ्ङ क्रि.वि. ३. धातुको पातलो भाँडोको शब्द आउने गरी भुईंमा बजारेर।
60348 फ्याङ्लो वि. १. कुनै वस्तु चिथ्रा - चिथ्रा भइसकेका अवस्थाको; फाटेको; थोत्रो। ना.
60349 फ्याङ्लो वि. २. थोत्रो वा पुरानो भइसकेको कपडा वा त्यस्तै राडी, गुन्द्री आदिको बिछ्‌याउना।
60350 फ्याङ्लो वि. ३. गहिराइ केही नभएको एकोहोरो बोलिरहने मान्छे। स्त्री. फ्याङ्ली।