Dictionary

All Word

60451 बँधाइनु क.क्रि. बाँध्न लाइनु।
60452 बँधाउनु प्रे.क्रि. बाँध्न लाउनु।
60453 बँधितिनी / बँधितेनी ना. हे. बँधिनी।
60454 बँधनी ना. बाँधाको पोथी रूप; स्त्री बाँधा।
60455 बँधुवा वि. १. बाँधिएको; बन्धनमा राखिएको ।
60456 बँधुवा वि. २. बाँधेर पालिएको; बाँध्ने गरेको । ना
60457 बँधुवा वि. ३. वर्षको एकपटक लिने स्थिति बाँधेको जग्गाजमिन, खान्गी आदिको आम्दानी।
60458 बँधुवा वि. ४. नियमित रूपले कुनै वस्तु वा रकम लिने दिने व्यवस्था।
60459 बँधेर्नु स.क्रि. १. कसैलाई काममा व्यस्त तुल्याउनु; कामकाजमा अलमल्याइराख्नु।
60460 बँधेर्नु स.क्रि. २. बाँध्नु; कस्नु।
60461 बँधेराइ ना. बँधेर्ने क्रिया वा प्रक्रिया।
60462 बँधेरिनु अ.क्रि. कामकाजमा व्यस्त रहनु; काममा अलमलिनु।
60463 बँधेऱ्याइ ना. बँधेरिने क्रिया वा प्रक्रिया।
60464 बँधेऱ्याइनु क.क्रि. बँधेरिने पारिनु; बँधेरिन लाइनु।
60465 बँधेऱ्याउनु प्रे. क्रि. बँधेरिने पार्नु; बँधेरिन लाउनु।
60466 बंस ना. हे. वंश ( खलक )।
60467 बंसियार वि. वंशको; वंशसम्बन्धी।
60468 बइन ना. १. राम्रो वा नराम्रो कुराको बयान।
60469 बइन ना. २. प्रसिद्धि; ख्याति; नामचलाइ।
60470 बक्नु स.क्रि. १. आफ्नै मुखले कुनै कुरा भन्नु।
60471 बक्नु स.क्रि. २. बयान गर्नु; कहनु।
60472 बक्नु स.क्रि. ३. बेहोसीमा कुनै कुरा भन्नु; बरबराउनु।
60473 बक १ ना. बोली; बक्के।
60474 बक २ ना. १. बकुल्लो; वक।
60475 बक २ ना. २. ठग।।
60476 बकची ना. चर्मरोगको औषधीका रूपमा प्रयोग गरिने एक प्रकारको औषधी; बकुची।
60477 बकध्यान ना. आफ्नो स्वार्थसिद्धिका निम्ति बकुल्ला जस्तै चुपचाप भएर बस्ने काम; बकव्रत।
60478 बकध्यानी ना. बकुल्लाले जस्तै ध्यान गर्ने; बकव्रती ; ढोँगी।
60479 बकपत्र ना. मुद्दामा वादी वा प्रतिवादीका साक्षी बस्ने व्यक्तिले बकेका कुरा लेखिएको कागत; साक्षीको बयान लेखिएको कागत।
60480 बकपुष्प ना. बकुल्लाका आकारको फूल फुल्ने, फुस्रो र लाम्चो पात हुने एक जातको बोट; त्यसैको फूल, बकुल पुष्प।
60481 बकबक ना. कसैलाई मन नपर्ने वा कुनै काम नलाग्ने कुरो; व्यर्थको बकवाद।
60482 बकबकाइ ना. बकबकाउने क्रिया वा प्रक्रिया।
60483 बकबकाइनु अ.क्रि. बकबकाउने होइनु; बकबक गरिनु।
60484 बकबकाउनु अ.क्रि. १. नचाहिँदा धेरै कुरा बोल्नु; बकबक गर्नु।
60485 बकबकाउनु अ.क्रि. २. मनपरी बोल्नु; जथवातथवा भन्नु; व्यर्थका कुरा गर्नु।
60486 बकबके वि. नचाहिँदा धेरै कुरा गर्ने; जथाभाबी बोल्ने।
60487 बकभक्त ना. देखासिकीका निम्ति कसैको भक्ति गर्ने व्यक्ति; देखौवा भक्त; ढोँगी व्यक्ति।
60488 बकम ना. पश्चिम नेपालको त्रिवेणीतिर पाइने रातो काठ हुने एक प्रकारको रुख।
60489 बकम्फुस ना. १. निरर्थक वा नचाहिँदा कुरा; व्यर्थका कुरा। वि.
60490 बकम्फुस ना. २. त्यस्ता कुरा धेरै गर्ने।
60491 बकम्फुसे वि. १. बकम्फुस।
60492 बकम्फुसे वि. २. व्यर्थका कुरा धेरै गर्ने; निरर्थक कुरा गर्ने।
60493 बकरिद ना. पशुवलि दिएर मनाइने मुसलमानहरूको एउटा पर्व।
60494 बकरे ना. खसी, बोका आदि काटेर मासु बेच्ने पेसा लिएको व्यक्ति; मासुपसले; बगरे।
60495 बकलाटो वि. १. बकुल्ला झैँ लाटो।
60496 बकलाटो वि. २. पटक्कै नबोल्ने; बोल्नै नसक्ने।
60497 बकवाद ना. १. अर्कालाई नराम्रो हुने वा दोष लाउने कुरो; बदख्वाइँ।
60498 बकवाद ना. २. जथाभाबी बोलाइ; खराब वचन; बकबक।
60499 बकवादी वि. १. बकवाद गर्ने; अर्काको बदख्वाइँ गर्ने।
60500 बकवादी वि. २. बकबक गर्ने; बकबके।