Dictionary

All Word

60551 बक्साउनी ना. १. दुई झगडियाले मिलापत्र गरेबापत लाग्ने सरकारी दस्तुर।
60552 बक्साउनी ना. २. बकस पाए बापत लाग्ने दस्तुर।
60553 बक्साउनु स.क्रि १. उच्च अधिकारीको स्वीकृति लिनु; आदेश गराउनु। प्रे. क्रि.
60554 बक्साउनु स.क्रि २. बक्सन लाउनु।
60555 बक्सिनु स.क्रि १. बकस दिनु; बक्सनु। क.क्रि.
60556 बक्सिनु स.क्रि २. बक्स दिने काम गरिनु बकस दिइनु।
60557 बक्सिस ना. कुनै काम गरेबापत वा रिझाएर आफूभन्दा निम्न स्तरका व्यक्तिलाई त्यसै वा पारिश्रमिकका अतिरिक्त इनामस्वरूप दिइने रकम वा वस्तु; बकस।
60558 बक्सौनी / बक्स्यौनी ना. हे. बक्साउनी।
60559 बखत ना. १. समय; बेला।
60560 बखत ना. २. जमाना।
60561 बखत ना. ३. अवसर; मौका।
60562 बखता ना. भुटेर बोक्रा छुट्ट्याइएको चना, भटमास, केराउ आदिको खानेकुरो।
60563 बखान्नु स.क्रि १. बखान गर्नु; बयान गर्नु।
60564 बखान्नु स.क्रि २. तारिफ गर्नु; प्रशंसा गर्नु।
60565 बखान ना. १. कुनै कुराको वर्णन; बयान।
60566 बखान ना. २. तारिफ गर्ने काम; प्रशंसा।
60567 बखानिनु अ. क्रि. १. बखान गरेर बोल्नु। क. क्रि.
60568 बखानिनु अ. क्रि. २. बखान गरिनु।
60569 बखानिया वि. बखान चलेको; कहलिएको प्रसिद्ध।
60570 बखिया ना. १. पहिलोपल्ट फड्का मारी सिइएको वा टाँका लगाइएको कपडामा पछिबाट गरिने मसिनो सिलाइ।
60571 बखिया ना. २. फेरका छेउमा गरिने मसिनो सिलाइ; खुटाइ।
60572 बखिया टाँका ना. फड्का मारिएको सिलाइ; बखिया।
60573 बखुबी वि. खास।
60574 बखेडा ना. १. दुई थरीका बिचमा भएको झगडा; कलह; कचिङ्गल।
60575 बखेडा ना. २. व्यर्थको झमेला; टन्टा। ३ नचाहिँदा कामबाट भएको हैरानी; कठिनाइ।
60576 बखेडा ना. ४. झगडा गर्ने निहुँ; खिचोला।
60577 बखेडिया वि. बखेडा गर्ने स्वभावको; टन्टा मच्चाउने खालको।
60578 बखेत्रो ना. चुत्थो खालको वा सानो कदको बाखो।
60579 बख्तर ना. लडाइँमा योद्धाहरूले लगाउने फलामका सिक्रीले बुनेको वस्त्रविशेष।
60580 बग्नु स.क्रि. १. पानी आदि पन्यालो वस्तु तलतिर सर्दै जानु; प्रवाहित हुनु; बहनु।
60581 बग्नु स.क्रि. २. बग्दो पानीका साथसाथै जानु; प्रवाहका साथमा हेलिनु।
60582 बग्नु स.क्रि. ३. कुनै रुख आदि वस्तुबाट लेस्याइलो वा तरल पदार्थ निस्कनु।
60583 बग्नु स.क्रि. ४. तरल पदार्थ धाराको रूपमा निस्कनु।
60584 बग्नु स.क्रि. ५. चिप्लिएर सर्नु।
60585 बग्नु स.क्रि. ६. हावा लाग्नु।
60586 बग्नु स.क्रि. ७. सर्प आदि घसनु।
60587 बग्नु स.क्रि. ८. अर्काका बहकाउमा लाग्नु; बहकिनु।
60588 बगडा वि. धान उसिनेर कुटिएको; पठुवा (चामल)।
60589 बगडी ना. बगर; खोला, नदी आदिको किनार।
60590 बगम्फुस वि. हे. बकम्फस।
60591 बगम्फुसे वि. बकम्फुसे।
60592 बगर ना. १. नदीका दायाँबायाँ रहेको बलौटे जमिन; बलौटे वा ढुङ्गेन जमिन।
60593 बगर ना. २. खोलाले छाडेको बलौटे जग्गा।
60594 बगरल्ल क्रि.वि. बग्रेल्ती।
60595 बगरिलो वि. बगरैबगर भएको।
60596 बगरे वि. बगरजस्तो; बगरको।
60597 बगरे ना. हे. बकरे।
60598 बगरेठ ना. नदीले बगाएर ल्याई बगरमा थुपारेका काठको समूह।
60599 बगऱ्यान ना. बगर भएको ठाउँ; बगरको जमिन।
60600 बगऱ्याल्ल क्रि.वि. चारैतिर छरिने गरी; बग्रेल्ल बग्रेल्ती बगरल्ल बगरल्ल।