Dictionary

All Word

60501 बकवृत्ति ना. १. अनेक किसिमका स्वाङ रचेर ठगठागको काम गर्ने व्यवहार; बकव्रत। वि.
60502 बकवृत्ति ना. २. बकुल्लो झैँ ढोँगी भक्त; बकुल्लाभगत; बकव्रती।
60503 बकवेदान्त ना. अर्कालाई ठगी खाने विद्या; ठगविद्या।
60504 बकवेदान्ती वि. आफूले केही तत्त्व नबुझे पनि अर्कालाई ठग्नका निम्ति वेदान्त छाँट्ने; आडम्बरी वेदान्ती; ठगी।
60505 बकव्रत ना. अर्कालाई देखाउनका निम्ति गरिने ढोँगी व्रत नक्कली आचरण।
60506 बकव्रती वि. १. बकुल्लाको जस्तो ध्यान गर्ने; साधुको वेशमा रहेको महाको ठग।
60507 बकव्रती वि. २. ढोँगी; आडम्बरी; बकवेदान्ती।
60508 बकस ना. कसैका क्रियाकलाप वा शीलस्वभावबाट सन्तुष्ट वा खुसी भएर केही वस्तु दिइने काम; इनाम; बक्सिस; पुरस्कार; पारितोषिक।
60509 बकस पत्र ना. खुसी भएर कसैलाई कुनै वस्तु वा जग्गाजमिन आदि दिएर गरिदिएको कागज।
60510 बकाइ ना. बक्ने क्रिया वा प्रक्रिया।
60511 बकाइनु क.क्रि. बक्न लाइनु; बक्ने पारिनु।
60512 बकाइनु ना. निमका जस्ता पात हुने, कलेजी रङका फूल फुल्ने, नपाक्ता हरिया र पाक्ता पहेँला हुने झुप्पाझुप्पा परेको ससाना फल फल्ने, कमलो खालको काठ हुने एक जातको रुख; आयुर्वेदमा कफ, किरा, कुष्ठ र विषनाशक तथा ठन्डा गुण मानिएको एक जातको निम; महानिम्ब।
60513 बकाउनु प्रे.क्रि. सोधपुछ गरेर कसैलाई केही कुरा बक्न लगाउनु; बयान गराउनु।
60514 बकार ना. ब' अक्षर; पवर्गको तेस्रो वर्ण।
60515 बकावली ना. हलेदाको जस्तो पात हुने र सेतो सुगन्धी फूल फुल्ने एक जातको बोट; त्यसैको फूल।
60516 बकितम् ना. बकेको वा बोलेको कुरो; दिएको बयान।
60517 बकिनु क.क्रि. आफ्नै मुखले कुनै कुरो भनिनु; बक्ने काम गरिनु।
60518 बकुची ना. ससाना लाम्चा पात हुने, गुलाबी रङको फूल फुल्ने, बाटुलो, चेप्टो, कालो र कडा गेडाहरू फल्ने एक जातको बोट।
60519 बकुल ना. खोर्सानीका जस्ता साना, सेता र सुगन्धी फूल फुल्ने, सुन्तला रङका लाम्चा र साना फल फल्ने एक जातको रुख वा त्यसैको फूल; मौलसिरी; वकुल।
60520 बकुल पुष्प ना. मौलसिरी।
60521 बकुला ना. लाम्चा र साना पात हुने, आँख्लैपिच्छे कोसा फल्ने, कोसा र त्यसभित्र हुने थेप्चा गेडाको तरकारी खाइने एक जातको बोट; सोही कोसा वा गेडा; सिमचना; सिम्बीचना।
60522 बकुला सिमी ना. लाम्चा पात हुने, छोटा कोसा लाग्ने र तरकारी खाने काममा आउने एक प्रकारको बोट; सोही बोटका कोसा वा गेडा।
60523 बकुल्ला ना. हे. बकुल्लो।
60524 बकुल्ला ध्यानी वि. साधुका भेषमा रहेकोपटी; ढोँगी; आडम्बरी; धर्मध्वजी।
60525 बकुल्ला भगत वि. साधुका भेषमा रहेको कपटी; ढोँगी; आडम्बरी; धर्मध्वजी।
60526 बकुल्ले ना. १. होच्याएर वा हियाएर भन्दा प्रयोग गरिने शब्द। वि.
60527 बकुल्ले ना. २. बकुल्लाजस्तो; बकुल्लाको स्वभाव वा बान्कीको।
60528 बकुल्लो ना. लामो घाँटी, लामा खुट्टा र पुच्छर छोटो हुने, सेतो रङको एक पक्षी।
60529 बकेर्नू/बकेर्नो वि. १. दुध थाक्ने बेला भएको दुहुनो (गाईभैँसी)। ना.
60530 बकेर्नू/बकेर्नो वि. २. त्यसैको बाछो वा पाडो।
60531 बकैया ना. बाङ्गोटिङ्गो बोट तथा खैरो बोक्रा हुने एक जातको धान; त्यसैको चामल।
60532 बक्क ना. बोली; बक्के।
60533 बक्क लाटो वि. कत्ति बोल्न नसक्ने; अक्क न बक्कको।
60534 बक्के ना. बोली; बक (जस्तो- बक्के फुट्नु; बक्के बस्नु आदि)।
60535 बक्खु ना. १. मोटो ऊनी कपडाको लामो कोटजस्तो वस्त्र।
60536 बक्खु ना. २. जुवामा ताल मारिसकेपछि घाइते नभएका च्याँखेले थापेको धन। क्रि.वि.
60537 बक्खु ना. ३. बिनसित्ति; निष्प्रयोजन; व्यर्थ।
60538 बक्खे ना. डबलसोल जुत्तामा सामाभन्दा बाहिर निस्केको, तलुवाको माथिल्लो भाग।
60539 बक्खे आरो ना. बक्खे सिउने काममा प्रयोग हुने ठुलो खालको सियो; डबलसोलवाला जुत्ता सिउने सियो।
60540 बक्यौता वि. १. बाली, मालपोत आदि असुल गर्न बाँकी रहेको; तिर्न बाँकी भएको।
60541 बक्यौता वि. २. बुझबुझारथ गर्न बाँकी रहेको; कामकारबाई मिलाउन बाँकी रहेको।
60542 बक्रम ना. कोट, कमिज आदिका मुख्य मुख्य भाग वा दोह्रो हुनुपर्ने ठाउँमा भित्रपट्टि हालेर मोहोरिने ठर्रो कपडा।
60543 बक्स ना. बक्सा; बाकस।
60544 बक्स प्लेट ना. घाँगर, फ्रक आदि लुगा सिउँदा ठाउँठाउँमा मसिना मुजा नराखी फराकिलो पारेर पट्याएको भाग।
60545 बक्सनु स.क्रि १. बकस वा बक्सिस दिनु; कसैले रिझाएबापत अरूलाई केही कुरा दिनु।
60546 बक्सनु स.क्रि २. ठुलाबडाले सानालाई वस्तु दिनु; बक्सिनु।
60547 बक्सनु स.क्रि ३. दिनु (विशेष आदरार्थी प्रयोगमा)।
60548 बक्सा ना. हे. बाकस।
60549 बक्साइ ना. बक्सने क्रिया वा प्रक्रिया।
60550 बक्साइनु क.क्रि. बक्सन लाइनु।