Dictionary

All Word

60651 बग्यान ना. नदीका किनारको जमिन बगरसमान गेगर भएको भूमि; बगरको जमिन बग्रेन।
60652 बघम्बर ना. १. ओछ्‌याउने वा ओढ्ने काममा उपयोग गरिने बाघको छाला।
60653 बघम्बर ना. २. बाघका छालामा रहेको जस्तो बुट्टा भएको कपडा बघम्बरु।
60654 बघम्बरु ना. बघम्बर।
60655 बघाइ ना. बाघको आक्रमण वा झम्टाइ।
60656 बघार्नु स.क्रि. १. कुनै बास्नादार पदार्थ घिउ तेलमा फुराएर तरकारी; अचार आदिमा झान्नु।
60657 बघार्नु स.क्रि. २. सेखी गर्नु; फाइँफुट्टी लगाउनु।
60658 बघार ना. बघार्ने काम।
60659 बघाराइ ना. बघार्ने क्रिया वा प्रक्रिया।
60660 बघररिनु क. क्रि. १. बघार्ने काम गरिनु; झानिनु। [बङ्ग्याउ+आइ]
60661 बघररिनु क. क्रि. २. बङ्ग्याउने क्रिया वा प्रक्रिया।
60662 बघिनी/ बघेनी ना. बाघको पोथी रूप; पोथी बाघ।
60663 बघैंचा ना. हे. बगैँचा।
60664 बघैंचे वि. / ना. बगैँचे।
60665 बङ्क ना. ब्याङ्क; बैङ्क।
60666 बगडी ना. ट्रकका दायाँ-बायाँ बार जोड्ने फलामे डाँडा।
60667 बङ्गला ना. १. बङ्गालमा बोलिने भाषा।
60668 बङ्गला ना. २. चारैतिर खुला भएको सानो हावादारी कोठा वा घर। वि.
60669 बङ्गला ना. ३. बङ्गालसम्बन्धी; बङ्गालको। बङ्गलादेश ढाका राजधानी हुने मुसलमानी देश।
60670 बङ्गारे वि. बङ्गारा भएको; बङ्गाराजस्तो।
60671 बगारे मकै ना. बङ्गाराजस्ता ठुलठुला र थेप्चिएका गेडा हुने एक जातको मकै।
60672 बङ्गारो ना. खाएको वस्तु चपाउने दुवै गालाका चेपमा तलमाथि हुने, मुडिएजस्तो तर छेउछाउमा धार भएको दाँत।
60673 बङ्गाल ना. १. भारतको विहार प्रान्तको पूर्वपट्टि रहेको एक राज्य वा प्रान्त।
60674 बङ्गाल ना. २. बङ्ग- प्रदेश।
60675 बङ्गाला ना. बङ्गला; घर।
60676 बङ्गाले वि. बङ्गला छुट्टिएको; बङ्गला भएको (घर)।
60677 बङ्गिनु अ.क्रि. बाङ्गो हुनु; सोझो नभई टेढो हुनु।
60678 बङ्गुर ना. बनेल र सुँगुर मिसिएर पैदा भएको मासु खान पालिने एक जातको पशु।
60679 बङ्ग्याइ ना. १. बाङ्गिने क्रिया वा प्रक्रिया। [बङ्ग्याउ+आइ]
60680 बङ्ग्याइ ना. २. बङ्ग्याउने क्रिया वा प्रक्रिया।
60681 बङ्ग्याइनु क. क्रि. बङ्गिन लाइन; बाङ्गिने पारिनु।
60682 बङ्ग्याउनु प्रे. क्रि. / स.क्रि. १. बगिने वा बाङ्गिने पार्नु।
60683 बङ्ग्याउनु प्रे. क्रि. / स.क्रि. २. बाङ्गो पार्नु; टेढो तुल्याउनु।
60684 बच्नु अ.क्रि. १. दुःख; सङ्कट; खतरा; नराम्रो आदत आदिबाट जोगिनु; रक्षित रहनु।
60685 बच्नु अ.क्रि. २. बाँच्नु; जिउँदो रहनु।
60686 बच्नु अ.क्रि. ३. खर्च गरेर बाँकी रहनु शेष रहनु; उब्रनु।
60687 बचकना / बचकाना वि. १. बालकसम्बन्धी; बालकको।
60688 बचकना / बचकाना वि. २. बालकलाई सुहाउने वा शोभा दिने।
60689 बचकना / बचकाना वि. ३. सानो खालको; सानोतिनो।
60690 बचकानी वि. ससाना खालका सानातिना।
60691 बचत ना. १. खर्च गरेर बाँकी रहेको धन वा कुनै वस्तु बचेखुचेको धन वा चिज।
60692 बचत ना. २. नाफा; लाभ। वि.
60693 बचत ना. ३. बचाउका निम्ति सुरक्षित राखिएको।
60694 बचत ना. ४. बाँकी रहेको; शेष रहेको।
60695 बचत खाता ना. बैङ्कमा निश्चित व्याज पाक्ने नियमअनुसार रुपियाँपैसा राखिने हिसाब-किताब।
60696 बचत हिसाब ना. बचत खातामा जम्मा गरिएको रुपियाँपैसाको हरहिसाब; बचेको हरहिसाब।
60697 बचन ना. १. वचन बोली।
60698 बचन ना. २. प्रतिज्ञा; सङ्कल्प।
60699 बचन ना. ३. कसैलाई यस्तो दिउँला वा गरुँला भनेर बाँधिएको बाचा।
60700 बचपन ना. बालख अवस्था; शिशुपन; लडकपन।