Dictionary

All Word

60751 बजाइ ना. २. बजाउने क्रिया वा प्रक्रिया।
60752 बजाइनु क.क्रि बज्न लाइनु; बज्ने पारिनु; बाजाबाट शब्द निकालिनु पिटिनु।
60753 बजाउनु स.क्रि. १. बाजा आदिबाट शब्द वा स्वर निकाल्नु।
60754 बजाउनु स.क्रि. २. ठोक्नु; ठटाउनु; पिट्नु। ३ खुब खानु प्रशस्त खानु।
60755 बजाउनु स.क्रि. ४. हातलागी गर्नु; चप्काउनु।
60756 बजाउनु स.क्रि. ५. सम्भोग गर्नु ( लाक्षणिक अर्थमा )।
60757 बजान ना. १. बजाउने काम (जस्तो- गानबजान)।
60758 बजान ना. २. रुवावासी कलह; झगडा; बाझो ( जस्तो दन्तबजान)।
60759 बजार्नु स.क्रि. १. बज्ने गरी कुनै वस्तु राख्नु फ्याँक्नु; थचार्नु।
60760 बजार्नु स.क्रि. २. अरूका थाप्लामा विपत्ति; दोष आदि थोपर्नु।
60761 बजार ना. १. विभिन्न वस्तुहरूको पसल राखिएको ठाउँ; मालमत्ता वा चिजबिज खरिद-बिक्री हुने पसलहरूको समुदाय हाट हटिया।
60762 बजार ना. २. पसल; दोकान।
60763 बजार ना. ३. धेरै मान्छे बसेको वा धेरै सामान जताततै थुपारिएको ठाउँ।
60764 बजार भाउ ना. प्रचलित भाउ।
60765 बजार सेवा ना. बजारभाउ र व्यवस्थाको सन्तुलक कार्यक्रम वा तत्सम्बन्धी सेवा।
60766 बजाराइ ना. बजार्ने क्रिया वा प्रक्रिया।
60767 बजारिनु अ.क्रि. १. कुनै वस्तु वेगसित भुईंमा खस्नु पछारिनु। क. क्रि.
60768 बजारिनु अ.क्रि. २. बजार्ने वा पछार्ने काम गरिनु।
60769 बजारिया वि १. बजारसँग सम्बन्ध भएको बजारको।
60770 बजारिया वि २. सामान्य खालको फर्माइसी नभएको। ३ बजारमा बस्ने।
60771 बजारु वि बजारमा पाइने साधारण; बजारिया।
60772 बजिनी ना. १. बजियाको स्त्री - रूप; कमारी दासी।
60773 बजिनी ना. २. स्वास्नीमानिसलाई गाली गरिने शब्द।
60774 बजिनु अ.क्रि. घण्ट; बाजा आदिबाट शब्द निस्किनु; शङ्ख; नरसिङ्गा आदि घन्किनु।
60775 बजिया ना. १. घरको सानोतिनो काम गर्न र सेवाटहलका निम्ति राखिएको मानिस
60776 बजिया ना. २. लोग्नेमान्छेलाई निन्दापूर्वक भनिने शब्द। कमारो; दास।
60777 बजिर ना. १. तास; बुद्धिचाल; गन्जिफा आ बादशाहभन्दा तलको चक्की वा गोटी; मिम वा मिस्सी।
60778 बजिर ना. २. अमात्य; मन्त्री; सचिव।
60779 बजू ना. बाबुकी अथवा आमाकी आमा; हजुरआमा; बज्यू।
60780 बजे क्रि.वि. घडीको कुनै निश्चित समयमा घडीमा बज्दा बजेपछि।
60781 बजेट ना. आगामी समयका कामका निम्ति भिन्न- भिन्न विभाग वा कार्यका लागि अन्जाम गरिएको आय-व्ययको लेखा; भविष्यमा हुने आय-व्ययको अनुमानित लेखा; आय - व्ययक।
60782 बजेवा ना. हरियो घाँटी; अकासे रङको डाढ र पुच्छर तथा पखेटा खैरो हुने; एक जातको जङ्गली परेवा।
60783 बजै ना. हे. बज्यै।
60784 बज्यू ना. बज्यै; बज्यैको आदरार्थी शब्द।
60785 बज्यू ना. मगर जातिका कुलदेउता।
60786 बज्यै ना. १. आमा वा बाबुकी आमा; मातामही वा पितामही बजै।
60787 बज्यै ना. २. पतिकी वा पत्नीकी आमा; सासू।
60788 बज्यै ना. ३. बाहुनी तथा पाकी आइमाईलाई प्रयोग गरिने आदरसूचक शब्द।
60789 बज्यै ना. ४. भान्से बाहुनीलाई भनिने शब्द।
60790 बज्र ना. १. इन्द्रको प्रमुख अस्त्र; कुलिश; पवि।
60791 बज्र ना. २. बादल र हावाको घर्षणबाट निस्कने शब्द; चट्याङ; चट्को।
60792 बज्र ना. ३. चुना र सुर्वी घोलेर बनाइएको लेदो।
60793 बज्र ना. ४. हीरा काट्ने हतियार वा ज्याबल।
60794 बज्र ना. ५. ज्यादै कठोर वा साहो वस्तु। वि.
60795 बज्र ना. ६. नचल्ने; नछटपटाउने र डेग नचल्ने।
60796 बज्र ठिङ्गा ना. दन्त्यकथाको त्यस्तो ठिंगा (लाठो); जसले आफ्नो स्वामीको आदेशअनुसार विपक्षीलाई तह लगाई काम फत्ते गर्दथ्यो।
60797 बज्रठिङ्गो वि वरको पर नसर्ने; डेग नचल्ने।
60798 बज्रदन्ती ना. १. एउटा ठुलो र अरू ससाना पातहरू मिलेको तथा किनारमा दाँती परेको संयुक्त पात हुने; पहेँलो वा सुन्तले रङको फूल फुल्ने एक प्रकारको बुटी; मौलसिरी। ना.
60799 बज्रदन्ती ना. २. दन्तमञ्जन।
60800 बज्रनु अ.क्रि. कुनै वस्तु जमिन वा अर्को खानु; बेसरी ठोकिनु वा पछारिनु; बजारिनु। वस्तुमा जोडसित ठक्कर