Dictionary

All Word

60851 बटुलो ना. १. छरिएका वस्तुहरू जम्मा गर्ने काम।
60852 बटुलो ना. २. भेला; एकत्रीकरण।
60853 बटुवा ना. बाटो हिँड्ने मानिस; पथिक; यात्री।
60854 बटुवा ना. भित्र खण्ड-खण्ड भएको; वृत्ताकार वा बाटुलो आकारको एक प्रकारको थैलो।
60855 बटुवा वि १. बाटेको; बाटिएको।
60856 बटुवा वि २. बाट्नका निम्ति ठिक पारिएको (डोरी आदि)।
60857 बटुवा धूप ना. कागतका टुक्रामा सुगन्धित द्रव्य हालेर बटारिएको घरेलु धूप; बाटेको धूप।
60858 बटुवारे वि पथिक; बटुवा।
60859 बटे ना. कचौरा; बटुको।
60860 बटेरु ना. बटुवारे; बटुवा।
60861 बटेर्नु ना. दाम्लो; डोरी आदि बाट्दा पोया बेर्ने सानो लट्ठी; बट्न्योटो।
60862 बटैया ना. मोहीले कमाएको जग्गामा उब्जिएको बालीनाली जग्गाधनी र मोहीको बिचमा बाँडेर लिने काम वा प्रथा; अधियाँ।
60863 बटौली ना. बुटौल; वुटवल; तिनाउछेउको ठाउँ।
60864 बट्टा ना. १. एक देशका रुपियाँ; पैसा; नोट आदि अर्को देशका रुपियाँ; पैसा; नोट आदिसँग साट्दा लाग्ने दस्तुर।
60865 बट्टा ना. २. कुनै मालसामान साटफेर गर्दा त्यसको मूल्यबाट काटेर लिइने रकम।
60866 बट्टा ना. ३. कुनै कार्य वा बन्दव्यापार आदिबाट हुने घाटा; नोक्सान।
60867 बट्टा ना. ४. दाग।
60868 बट्टा ना. केही चिजबिज राख्न हुने काठ; टिन आदिको बिर्को भएको भाँडो; डिब्बा।
60869 बट्टाई ना. भँगेरोभन्दा सेख ठुलो र केही डल्लो खालको तित्राका रङको; पुच्छर छोटो भएको; खेतका आलीतिर दुलादुलीमा गुँड लगाएर बस्ने एक जातको चरो।
60870 बट्नेउटो / बट्न्यौटो ना. तोसामा लगाएका बाबियो पाट आदिको पोया उठाउने काठको साधन।
60871 बठौरो वि हे. बठचौरो।
60872 बठ्याइँ ना. १. बाठो हुनाको भाव वा अवस्था; बाठोपन; चलाकी।
60873 बठ्याइँ ना. २. बाठो बन्न चाहिने बुद्धि वा चातुर्य।
60874 बठ्याइँ ना. ३. चालबाजी।
60875 बठयौरो वि अति बाठो (बालबालिका); बठौरो।
60876 बड्कुँलो ना. हे. बड्कलो।
60877 बड क्रि.वि. साना केटाकेटीलाई गाली गर्दा वा हप्काउँदा भनिने शब्द।
60878 बड वि १. बढ।
60879 बड वि २. बडो। ३ बन्धकी खाएका जमिनमा समय-समयमा थपिदिने (मूलधन )।
60880 बड घर ना. जेठरैती; अर्काको बाँझो जग्गा पहिलोपल्ट आबाद गर्ने रैती।
60881 बड धयेँरो ना. लाम्चा र ठुला पात; सेता फूल र भन्टाका आकारको तर निकै साना फल फल्ने एक जातको रुख; सोही रुखको फल।
60882 बडप्पन ना. १. ठुलो र श्रेष्ठ बन्ने स्वभाव; ठुल्याइँ।
60883 बडप्पन ना. २. महत्त्व; गौरव।
60884 बडबड ना. बरबर; बकबक।
60885 बडबडाइ ना. बडबडाउने क्रिया वा प्रक्रिया।
60886 बडबडाइनु अ.क्रि. बरबराइनु।
60887 बडबडाउनु अ.क्रि. बडबड गर्नु; बरबराउनु।
60888 बडबडाहट- ना. बडबडाउने स्थिति; क्रिया वा प्रक्रिया; बरबराहट।
60889 बडबडाहा वि. बडबड गर्ने; बरबराहा।
60890 बडबडिनु अ. क्रि. बडबड गर्ने होइन; बरबरिनु।
60891 बडबडे वि. बडबड गर्ने; बरबरे।
60892 बडबिहीँ ना. ठुला र लाम्चा पात हुने; सेता फूल फुल्ने र झुप्पादार हरिया फल फल्ने एक जातको बोट; त्यसैको फल।
60893 बडवाग्नि ना. समुद्रभित्र चट्टानमा रहने आगो; वडवानल।
60894 बडहर ना. १. ठुला र खस्रा पात हुने; नास्पातीका आकारको फल फल्ने र पाक्ता पहेँलो रङको हुने; सलिफाका जस्ता बियाँमा टाँसिएको गुदी हुने र खाँदा अमिलो र गुलियो मिसिएको स्वाद हुने; गाईबस्तुले मन पराएर स्याउला खाने एक जातको रुख।
60895 बडहर ना. २. त्यसैको फल।
60896 बडा वि. सबैमा ठुला श्रेष्ठा
60897 बडाकटुस ना. पन्ध्रदेखि अठार फुटसम्म अग्लो रुख हुने; पात सब्ल्याँटापट्टि चिल्लो र बिब्ल्याँटापट्टि खस्रो हुने; घोगोजस्तो झुप्पो भएर फुल्ने र त्यसैमा फल लाग्ने एक जातको रुख त्यसैका गेडा।
60898 बडाकाजी ना. नेपाल सरकारको पुरानो सर्वोच्च निजामती दर्जा वा त्यसै दर्जामा रहेका व्यक्ति; सबैभन्दा ठुला काजी।
60899 बडा गुरुज्यू ना. प्रमुख गुरुका पदमा प्रतिष्ठित व्यक्ति; मुख्य राजगुरु।
60900 बडादमी ना. १. ठुलो प्रतिष्ठा तथा मानमर्यादा भएको व्यक्ति।