Dictionary

All Word

60951 बढाइनु ना. थोरैबाट धेरै हुने प्रक्रिया; वृद्धि; विस्तार।
60952 बढाउ ना. थोरैबाट धेरै हुने प्रक्रिया; वृद्धि; विस्तार।
60953 बढाउनु प्रे. क्रि. बढ्ने पार्नु; बढ्न लाउनु; विस्तार वा वृद्धि गराउनु।
60954 बढाबढ ना. १. कुनै ठेक्कापट्टा आदिमा परस्परमा बढी ठेक्का दिन कबुल गर्ने काम।
60955 बढाबढ ना. २. धमाधम बढ्ने काम।
60956 बढाबढी ना. कुचाले वा झाडुले धुलोमुलो; कसिङ्गर आदि साफ गर्नु; खरेटो आदिले फोहोरमैला फ्याँक्ने काम गर्नु
60957 बढार्नु स.क्रि. कुचाले वा झाडुले धुलोमुलो; कसिङ्गर आदि साफ गर्नु; खरेटो आदिले फोहोरमैला फ्याँक्ने काम गर्नु।
60958 बढारकुँढार- ना. धुलोमुलो; कसिङ्गर आदि कुचो वा भाइले सफा गर्ने काम बढार्ने काम।
60959 बढराइ ना. बढार्ने क्रिया वा प्रक्रिया।
60960 बढारिनु क.क्रि. बढार्ने काम गरिनु; कुचो लगाइनु।
60961 बढारु वि. १. कुचो लगाउने काम बढार्ने काम।
60962 बढारु वि. २. बढार्ने वस्तु कुचो।
60963 बढालु वि. १. बढ्ने जात वा अवस्थाको बढ्ने खालको; बढारु।
60964 बढालु वि. २. ठुलो भएको; सग्लाएको; सप्रेको।
60965 बढालु वि. १. बढ्ने जात वा अवस्थाको बढ्ने खालको; बढारु।
60966 बढालु वि. २. ठुलो भएको; सग्लाएको; सप्रेको।
60967 बढिनु अ.क्रि. बढ्ने होइन; ठुलो होइन।
60968 बढिबढाउ ना. १. धमाधम बढ्दै जाने काम वा स्थिति; वृद्धि।
60969 बढिबढाउ ना. २. धन; मान आदि उत्तरोत्तर बढ्दै जाने प्रक्रिया।
60970 बढिबढाउ ना. ३. बढाबढ।
60971 बढिया वि. १. विशेष गुण भएको; असल; उत्तम; उम्दा ना.
60972 बढिया वि. २. भलो कल्याण।
60973 बढी वि. चाहिनेभन्दा धेरै; बढ्ता अधिक; थुप्रै।
60974 बढुवा / बढैया वि. १. बढ्ने किसिमको बढ्ने खालको सप्रने जातको। ना.
60975 बढुवा / बढैया वि. २. तल्लो पदबाट माथिल्लो पदमा वृद्धि हुने काम; पदोन्नति; प्रमोसन।
60976 बढेर ना. हे. बडेर।
60977 बढोत्तरी ना. उत्तरोत्तर वृद्धि हुँदै जाने प्रक्रिया।
60978 बढौती ना. १. तलब; भत्ता आदि बढेअनुसार थप पाउने रकम।
60979 बढौती ना. २. बढिबढाउ।
60980 बढौली ना. काँक्राका अगिल्तिरको ठुलो भाग।
60981 बढ्ता ना. १. बढी; बर्ता।
60982 बढ्ता ना. २. कसैसँग नमिल्ने; अर्घेलो; अखानु।
60983 बढ्ती ना. १. बढ्ने वा बढी हुने काम; वृद्धि; अधिकता।
60984 बढ्ती ना. २. बढिबढाउ; बढौती।
60985 बढ्दो वि. बढिरहेको; बढ्न लागेको; वर्द्धनशील।
60986 बढ्दो माल ना. बढिरहेको पाठोपाठी; बाछो बाछी; पाडोपाडी आदि बस्तु।
60987 बणिक ना. व्यापारी।
60988 बताइ ना. १. बताउने वा भन्ने क्रिया वा प्रक्रिया।
60989 बताइ ना. २. बताउने वा बत्ताउने क्रिया वा प्रक्रिया।
60990 बताइनु क.क्रि. १. बताउने काम गरिनु; बयान गराइनु भनिनु।
60991 बताइनु क.क्रि. २. बताउने वा बत्ताउने काम गरिनु; बत्ताइन्।
60992 बताउनु स.क्रि. १. कुनै कुरो वा खवर भन्नु बयान गर्नु; कहनु।
60993 बताउनु स.क्रि. २. सम्झाउनु; जनाउनु। ३ कुरो खोलेर भन्नु रहस्य प्रकट गर्नु।
60994 बताउनु स.क्रि. धानमा मिसिएका पोगटा तथा धान; कोदो; गहुँ आदिमा भएको धुलोमुलो हावामा धारो लाएर वा नाइलाले हम्किएर झार्दै उडाउनु; बत्ताउनु।
60995 बतास ना. १. हावा; वायु; पवन।
60996 बतास ना. २. ठुलो हावा; हुरी।
60997 बतास ना. 3. पुइँकी।
60998 बतासा ना. मधेसमा पाइने भित्र खोक्रो हुने; चिनीको; एक प्रकारको मिठाई।
60999 बतासिनु अ.क्रि. १. चलिरहेको बतास सँगसँगै हुर्रिनु; हावाका साथसाथै उड्नु।
61000 बतासिनु अ.क्रि. २. वेगसँग कुद्नु; हानिनु; बत्तिनु।