Dictionary

All Word

61051 बत्तिसौँ वि. गणनाका क्रमले बत्तिस सङ्ख्यामा परेको; बत्तिसचाहिँ सङ्ख्याको।
61052 बत्ती ना. १. घिउ तेलमा भिजाएर बाल्नका निम्ति पिउरी कातेर वा धागो दोब्याएर बनाइएको सलेदो।
61053 बत्ती ना. २. लालटिन; लम्फा; कुपी आदिको सलेदो वा फित्ता।
61054 बत्ती ना. ३. दियो; दीप।
61055 बत्ती ना. ४. चिराक; मसाल।
61056 बत्ती ना. ५. बिजुली; मैनबत्ती; लालटिन आदि प्रकाश उत्पन्न गर्ने साधन।
61057 बत्ती ना. ६. बाँस फोरेर बनाइएको पातलो चिरो; भाटो (मैथि.)
61058 बत्तीचिरा ना. चिरफारका काममा प्रयोग गरिने ज्यादै पातलो एक जातको कपडा।
61059 बत्तीस ना. हे. बत्तिस।
61060 बत्तीसा ना. हे. बत्तिसा।
61061 बत्तीसी ना. हे. बत्तिसी।
61062 बत्तीसे वि. हे. बत्तिसे।
61063 बत्तीसौं वि. हे. बत्तिसौँ।
61064 बत्तु ना. धागामा बेरिएको सुन; चाँदी आदिको मसिनो तर; धागामा बेरिएको एक किसिमको जरी।
61065 बथन ना. थेगो रहनी।
61066 बान्नु अ.क्र. १. पर्खेर बस्नु; ढुक्नु; प्रतीक्षा गर्नु।
61067 बान्नु अ.क्र. २. बथानमा मिलेर जानका निम्ति पर्खनु साथी कुर्नु।
61068 बथान ना. पशु वा पक्षीहरूको समूह; हाँच; बगाल; फौज।
61069 बथानाइ ना. बथान्ने क्रिया वा प्रक्रिया।
61070 बथानिनु अ.क्रि. पर्खेर बसिनु; प्रतीक्षा गरिनु; बथान्ने काम गरिनु।
61071 बथुवा ना. बेथेको साग।
61072 बथ्याहा वि. बाथको रोग भएको; वात रोगले पीडित।
61073 बद ना. १. खराब।
61074 बद ना. २. कुनै शब्दका अगाडि लागेर खराबी वा भ्रष्टताको अर्थ बुझाउने एक विशेषणवाची शब्द (जस्तै- बदचलन; बदमास; बदनाम इ. )।
61075 बदख्वाइँ/ख्वाही ना. अर्काको निन्दा वा अहित हुने कुरा; बदनामी; चियोचर्चो।
61076 बदचलन वि. खराब चालचलन वा आचरण भएको; दुराचारी; दुश्चरित्र।
61077 बदनाम वि. सबैद्वारा ललकारिएको वा निन्दा गरिएको; कुख्यात।
61078 बदनामी ना. बदख्वाइँ; निन्दा; अपर्कीर्ति; कुख्याति।
61079 बदनियत वि. १. नियत खराब भएको; स्वार्थ तथा नीच विचारबाट अरुलाई धोका दिने वा बहकाउने मनसाय भएको; बेइमान धोकेबाज।
61080 बदनियत वि. २. जानाजानी कर्तव्य वा करारसम्बन्धी दायित्व पूरा नगर्ने; दुराचारी; दुष्ट।
61081 बदनियती ना. बदनियत हुनाको भाव वा अवस्था; बेइमानी; धोकेबाजी।
61082 बदमास वि. १. खराब कामबाट जीवननिर्वाह गर्ने; दुष्कर्मी।
61083 बदमास वि. २. ख़राब चाल-चलन वा आचारविचारको; दुराचारी।
61084 बदमास वि. ३. दुष्ट; दुश्चरित्र।
61085 बदमासी ना. १. बदमासको काम; दुष्कर्म; दुराचार।
61086 बदमासी ना. २. दुष्टता; दुर्वृत्ति; दुर्व्यसन।
61087 बदमासी ना. ३. व्यभिचार; दुश्चरित्रता।
61088 बदर वि. १. सदर वा साँचो नठहरिएको; सदर नभएको; अस्वीकृत।
61089 बदर वि. २. कानुनी रूपमा कुनै प्रभाव नभएको वा रहन मिल्न आएको।
61090 बदर वि. ३. सेस्तामा सदरको उल्टो खारिज; खारेज।
61091 बदरिका ना. १. गङ्गाको उद्‍गमस्थान तथा छेउछाउको क्षेत्र।
61092 बदरिका ना. २. बयरको रुख वा त्यसको फल।
61093 बदरिकाश्रम- ना. उत्तर भारतमा रहेको एक सुप्रसिद्ध हिन्दू तीर्थस्थल; चार धाममध्येको एक धाम।
61094 बदरीनाथ / बदरीनारायण ना. १. बदरिकाश्रम नामको तीर्थ।
61095 बदरीनाथ / बदरीनारायण ना. २. बदरिकाश्रममा रहेका नारायणको मूर्ति
61096 बदल्नु स.क्रि. १. एक थोकका सट्टामा अर्को थोक राख्नु; साटफेर गर्नु।
61097 बदल्नु स.क्रि. २. कुनै काम एक ठाउँबाट अर्का ठाउँमा सानु; हेरफेर गर्नु; परिवर्तन गर्नु।
61098 बदल्नु स.क्रि. ३. कुनै वस्तु यताको उता र उताको यता गर्नु; अदलबदल गर्नु।
61099 बदल्नु स.क्रि. ४. उल्टाउनु।
61100 बदल ना. १. बदल्ने वा बदलिने काम हेरफेर; परिवर्तन (जस्तो- अदलबदल; फेरबदल )।