Dictionary

All Word

61151 बधाई ना. २. साधुवाद; धन्यवाद; स्यावासी।
61152 बधाई ना. ३. प्रशंसा; तारिफ।
61153 बधिक वि. ज्यान मार्ने हत्यारो।
61154 बधिर वि. बहिरो।
61155 बधिरता ना. बहिरोपना।
61156 बधू ना. १. नवविवाहिता स्त्री; बेहुली; दुलही।
61157 बधू ना. २. पत्नी; भार्या।
61158 बधू ना. ३. बुहारी।
61159 बन्नु अ.क्रि. १. कुनै विषय वा वस्तु निर्मित हुनु; बनिबनाउ हुनु; तयार हुनु; रचिनु। २ पुरानो वस्तुको नवीकरण हुनु; मर्मत हुनु जीर्णोद्धार हुनु।
61160 बन्नु अ.क्रि. ३. पद; मर्यादा; अधिकार; स्थिति आदिमा उँभो लाग्नु; सप्रनु; उन्नति हुनु।
61161 बन्नु अ.क्रि. ४. काम सिद्ध हुनु; कार्यसिद्धि हुनु।
61162 बन्नु अ.क्रि. ५. बढी योग्य वा गम्भीर भाव देखाउनु; बुजुक्याइँ देखाउनु।
61163 बन्नु अ.क्रि. ६. धनसम्पत्ति कमाएर स्थिति सुध्रनु।
61164 बन ना. जङ्गल; हे. वन
61165 बनअदुवा ना. डाँठबाटै पात निस्कने; कालो कन्द हुने एक जातको अदुवा।
61166 बनकपास ना. पाँचकुने पात हुने; पहेँला फूल फुल्ने; सेतो भुवादार फल फल्ने रुख वा त्यसै रुखका फलको कपास।
61167 बनकपुर ना. . ककोल।
61168 बनकर ना. १. बाँदर। वि.
61169 बनकर ना. २. असभ्य; जङ्गली।
61170 बनकरेलो ना. फर्सीका छाँटका पात; सेता ठुला फूल; नरम; काँडेदार; रातो; लाम्चो फल र ठुलो कन्द हुने एक जातको लहरो; सोही लहराको फल; भुसेकरेलो।
61171 बनकर्कलो ना. बनैया कर्कलो; जलुको।
61172 बनकस ना. १. बाबियो।
61173 बनकस ना. २. जङ्गली घाँसपात ल्याउँदा तिर्नुपर्ने सरकारी रकम।
61174 बनकाने ना. साधारण किसिमका डिम्बाकार पात हुने; निला; साना पातको फेदमा छोपिएका फूल फुल्ने एक जातको भुईंमार।
61175 बनकुकुर ना. जिउको रङ्ग खैरो खैरो; टाउको कालो र पुच्छरको टुप्पो सेतै हुने; जङ्गलमा बस्ने कुकुर।
61176 बनकुखुरो ना. वनमा हुने वा पाइने कुखुरो; वनकुक्कुट; लुइँचे।
61177 बनकेंवरा ना. जङ्गली केंवराको फूल।
61178 बनकेरा ना. वनमा हुने; काङ्गियो नछुट्टिई एकै घरीमा लहरै लाग्ने गुदीभित्र काला गेडा हुने एक जातको केरा।
61179 बनकेराउ ना. चिस्यान परेका खेतहुँदो उम्रने; मसिना कोसा र कोसाभित्र तिलका गेडाजत्रा गेडा हुने एक किसिमको बोट वा त्यसैका कोसा।
61180 बनको ना. प्रायः धामीझाँक्रीले देवताको रूपमा मान्ने र पूजाआजा; धूपधुवार गरिने एक देवता; जस्तै- वनको लाग्नु (मूर्च्छा पर्ने; विचेत हुने वा मुटु खाने रोग लाग्नु); बनको कराउनु; (लाटोकोसेरो कराउनु इ.); बुडेनी।
61181 बनकोदो ना. जङ्गलमा हुने एक जातको कोदो; चौरैकोदो; पाङ्दुर।
61182 बनगधा ना. बनमा हुने; राघेपाटे रङको एक जातको गधा।
61183 बनगजुवा वि. कसैलाई नटेर्ने; साँढा।
61184 बनगहत ना. गहतकै छाँटका पात हुने; हरियो लामो धोगे झारको जस्तो फूल फुल्ने; झुप्पादार कोसा फल्ने एक जातको लहरो; सोही कोसाभित्रको गेडा वा अन्न।
61185 बनगुइँठा ना. वनमा गाईले गोब्याएर सुकेको गोबर; पकला।
61186 बनगोभी ना. गाईजिभ्रे झार।
61187 बन गोस्वारा ना. राणाकालीन समयमा खडा गरिएको; नेपालको वनजङ्गलसम्बन्धी काम - कुरो गर्ने वा हेर्ने अड्डा।
61188 बनघाले ना. बेसारका जस्ता ठुला पात हुने; हरिया घोगामा फूल फुल्ने एक जातको बोट वा त्यसैको जरामा फल्ने कन्द।
61189 बनचम्सुर ना. जङ्गलमा वा सिमसारमा हुने एक खालको चम्सुर; जङ्गली चम्सुर।
61190 बनचरी ना. १. वनको चरो; वनचरोको सानो रूप।
61191 बनचरी ना. २. गाउँघरमा बस्ने सिधा मानिस।
61192 बनचरुवा ना. १. बनमा चर्ने पशु वि.
61193 बनचरुवा ना. २. बनमा चर्ने।
61194 बनचरुवा ना. ३. बन-बन डुलेर हिँड्ने।
61195 बनचरुवा ना. ४. बनमा घाँसपात; दाउरा आदि ल्याउने काममा जाने (व्यक्ति)।
61196 बनचुवा ना. लामालामा पात हुने; वस्तुलाई घाँस खुवाइने एक जातको चुवा।
61197 बनजाँच- ना. बनसम्बन्धी काम गर्ने अड्डा।
61198 बनजाँचे ना. बनको रेखदेख गर्ने कर्मचारी
61199 बनजिरो ना. जङ्गली जिरो।
61200 बनझाँक्री ना. १. हिमाली भेकमा रहने; ठुला मनुष्यका आकारको हुने एक प्रसिद्ध प्राणी।