Dictionary

All Word

61251 बनाउनु प्रे. क्रि. ६. पद; मर्यादा; मान; स्थिति आदिमा उँभो लगाउनु; उन्नत पार्नु।
61252 बनात ना. अरू कपडाभन्दा भिन्नै किसिमको; भिन्नै बाना र बुनोट भएको; बाक्लो खालको ऊनी कपडा; बराँत।
61253 बनारस ना. काशी; वाराणसी।
61254 बनारसी वि. १. बनारसमा हुने; बन्ने वा पाइने।
61255 बनारसी वि. २. बनारससम्बन्धी; बनारसको।
61256 बनारसी सारी ना. बनारसमा तयार गरिने एक प्रकारको प्रसिद्ध सारी।
61257 बनारसी बाबु ना. सोखिन व्यक्ति।
61258 बनावट ना. १. बनाउने काम वा कला; बनोट; रचना निर्माण।
61259 बनावट ना. २. देखावटी ढाँचा; ढोंग; आडम्बर।
61260 बनावट ना. ३. बान्की; बनोट।
61261 बनावटी वि. १. कृत्रिम रूपको; देखावटी; नक्कली (चरित्र; चाल; स्वभाव इ.)।
61262 बनावटी वि. २. ढोंगी; आडम्बरी।
61263 बनावटी वि. ३. कृत्रिम रूपबाट बनाइएको (चिजबिज )।
61264 बनिबनाउ वि. १. बनेर तयार भएको राम्ररी बनिसकेको; पूर्णतः सम्पन्न भएको।
61265 बनिबनाउ वि. २. ठिकठाक पारिएको; तम्तयार भएको। ना.
61266 बनिबनाउ वि. ३. बढिबढाउ; उन्नति; प्रगति।
61267 बनियाँ ना. १. पसल थापेर बसेको व्यक्ति; पसले; व्यापारी।
61268 बनियाँ ना. २. व्यापार गर्ने एक जाति।
61269 बनियाँ ना. ३. व्यापारिक मनोवृत्ति भएको व्यक्ति।
61270 बनयाँ जाति ना. व्यापार गरेर जीवननिर्वाह गर्ने एक जाति।
61271 बनियार ना. बनी लिएर अर्काका मेलापातको काम गर्ने व्यक्ति; बनीमा काम गर्ने मानिस; खेतालो; मजदुर; जन।
61272 बनियारी ना. बनियारको काम; ज्यालादारी।
61273 बनी ना. १. सानो वन; वन।[ अह्नवी]
61274 बनी ना. २. अर्काको काम गरिदिएबापत पाइने पारिश्रमिक वा ज्याला मजदुरी।
61275 बनीबास ना. १. जङ्गलको बास; वनवास ( प्रायः कथ्य प्रयोग तथा लोकगीतमा।
61276 बनीबास ना. २. आफूसँग भएको चलअचल सम्पत्ति जुवा खेलेर वा साहु लागेर सबै रित्याएपछि बसेको ठाउँ छाडेर अन्यत्र जाने काम वा अवस्था।
61277 बनीबुतो ना. बनी लिएर गरिने काम ज्याला वा पारिश्रमिक लिने गरी गरिएको अर्काका मेलापातको काम।
61278 बनुवा वि. बनको; जङ्गली; बनैया।
61279 बनेल ना. सुँगुरका जातको तर विशेष मोटो र कसिलो देखिने जङ्गली प्राणी; जङ्गली सुँगुर; बँदेल; वराह।
61280 बनेली ना. १. सानो बन; बुटाबुटी मात्र भएको सानो जङ्गल; पोथ्रे बन।
61281 बनेली ना. २. बनको शोभा बनमा रहेको रमाइलो। वि.
61282 बनेली ना. ३. वनमा पाइने वा हुने; बनसम्बन्धी; वनको।
61283 बनैया वि. बनेको; निर्मित; तयार भएको।
61284 बनैया वि. बनको; बनसम्बन्धी; जङ्गली।
61285 बनैया पशु ना. बनमा रहने जन्तु; बनको जनावर।
61286 बनोट / बनौट ना. बनावट।
61287 बनौटो ना. बटेर्नु; बट्न्योटो।
61288 बन्चरे वि. बन्चरोजस्तो।
61289 बन्चरे ढोग ना. बन्चरो उजाएजस्तो गरी मन नलागी नलागी गरिने ढोग।
61290 बन्चरो ना. रुख ढाल्ने; गिँड्ने र दाउरा आदि चिर्ने काममा उपयोग गरिने; बिंड हालिने पासातिर मोटो र धारतिर पातलो भएको एक किसिमको हतियार; परशु; फर्सा।
61291 बन्चयइ ना. बन्चऱ्याउने क्रिया वा प्रक्रिया।
61292 बचऱ्याइनु क.क्रि. बन्चऱ्याउने काम गरिनु; बन्चराले हिर्काइनु।
61293 बन्चऱ्याउनु स.क्रि. १. मन नपरीनपरीकन ढोग्नु; करबलले ढोग्नु; टस्क्याउनु।
61294 बन्चऱ्याउनु स.क्रि. २. मन नपरेका व्यक्तिलाई हातले काटेको जस्तो गरी देखाउनु; धारिउँ हात पार्नु; धारे हात लाउनु।
61295 बन्जर/बन्जार ना. १. नुनिलो माटो भएको जमिन।
61296 बन्जर/बन्जार ना. २. केही पनि नउम्रने जमिन; ऊसर भूमि।
61297 बन्जारा/बन्जारो ना. १. घोडामा; गोरुमा; गधामा वा आफ्नै काँधमा मालताल बोकाएर वा बोकेर घुमीघुमी व्यापार गर्ने व्यक्ति; धोत्रे व्यापारी।
61298 बन्जारा/बन्जारो ना. २. एउटा थर।
61299 बन्डल ना. कुनै वस्तु; कागत; कपडा; बोरा आदिमा पारिएको पोको; पुलिन्दा।
61300 बन्डा ना. १. कुनै वस्तु; जग्गाजमिन; धनसम्पत्ति आदि एक-अर्कामा बाँड्ने काम; बराबरी हिस्सा पार्ने वा भाग लगाउने काम।