Dictionary

All Word

61401 बफाइदो वि. बफाइएको; उसिनिएको।
61402 बफाइनु क.क्रि. बाफद्वारा पकाइनु; बाफले उसिनिनु।
61403 बफाउनु स.क्रि. कुनै खाद्य वस्तुलाई बाफद्वारा पकाउनु; बाफद्वारा उसिन्नु खँगार्नु।
61404 बफादार वि. १. वचन र कर्तव्यको पालना गर्ने -
61405 बफादार वि. २. स्वामिभक्त वा अनुशासनशील।
61406 बफादारी ना. १. बफादार हुनाको भाव वा अवस्था।
61407 बफादारी ना. २. स्वामिभक्ति; अनुशासनशीलता।
61408 बब ना. गाई; बाँबी।
61409 बबन्डर ना. १. कुनै घटना-दुर्घटना आदिका कारणबाट भएको होहल्ला।
61410 बबन्डर ना. २. उल्का; उत्पात।
61411 बबन्डरी वि. १. बबन्डर गर्ने; उल्का वा उत्पात मच्चाउने। ना.
61412 बबन्डरी वि. २. आँधीब्यारी।
61413 बबर ना. सिंह; शेर।
61414 बबबाँ ना. केटाकेटीले गाईलाई डाक्ने वा डाक्नका निम्ति भन्ने शब्द बबैबाँ।
61415 बबाल ना. १. अनावश्यक झमेला ; नचाहिंदो कचिडल; व्यर्थको टन्टा; बखेडा; आपत्ति; बवाल।
61416 बबाल ना. २. भार; बोझ।
61417 बबिन ना. कलमा सिलाइको धागो बेर्ने लट्टाई वा चक्का।
61418 बबुर ना. पहेँला रङका नरम वा बाटुला फूल फुल्ने; लामा कोसा फल्ने काँडैकाँडा हुने एक जातको रुख बवुल।
61419 बबुरो वि. मायालाग्दो; दयनीय; बिचरो; बरो।
61420 बबैबाँ ना. हे. बबब।
61421 बभ्रु वि. १. गाढा रूपको खैरो। ना.
61422 बभ्रु वि. २. न्याउरीमुसो।
61423 बभ्रु वि. ३. गाढा खैरो रङ।
61424 बभ्रु वि. ४. शिव।
61425 बभ्रुवाहन ना. चित्राङ्गदाको गर्भबाट जन्मेका र पछि मणिपुरका शासक हुने; अर्जुनका एक पुत्र।
61426 बम् ना. १. शिवजीलाई प्रसन्न गराउन उच्चारण गरिने शब्द; प्रणव।
61427 बम् ना. २. साधु-सन्न्यासी आदिले भिक्षा माग्दा भन्ने शब्द।
61428 बम ना. बग्गी; गाडा आदिमा लागेका घोडा वा गोरुहरूका माझमा रहने लामो काठ।
61429 बम ना. भित्र विष्फोटक पदार्थ भरिएको; कुनै पनि आकार-प्रकारको गोला; शत्रुको विनाश गर्न वा अन्य कुनै कार्यका निम्ति प्रयोग गरिने ध्वंसक अस्त्र।
61430 बमगोला ना. हे. बम।
61431 बमन ना. बान्ता।
61432 बमनक ना. बान्ता गराउने वस्तु।
61433 बमवर्षक वि. बम बर्साउने; बम खसाल्ने; बम हान्ने।
61434 बमोजिम ना. यो. अनुसार; मुताबिक; सरह। (उदा.- यो बेहोरा झुट्टा ठहरे ऐनसवालबमोजिम सहुँला बुझाउँला)।
61435 बम्कनु अ.क्रि रिसका आवेगमा ठुलठुलो स्वरले गर्जन; कुर्लनु।
61436 बम्काइ ना. बम्कने क्रिया वा प्रक्रिया।
61437 बम्काइनु क.क्रि. बम्कन लगाइनु; बम्कने पारिनु।
61438 बम्काउनु प्रे. क्रि. बम्कन लगाउनु; बम्कने पार्नु।
61439 बम्किनु अ. क्रि. बम्कने होइन; कुर्लिनु।
61440 बम्क्याइ ना. बम्किने क्रिया वा प्रक्रिया।
61441 बम्क्याइनु क.क्रि. बम्किने पारिनु।
61442 बम्क्याउनु प्रे. क्रि. बम्किन लगाउनु।
61443 बम्क्याहट ना. बम्किने भाव; अवस्था वा क्रिया-प्रक्रिया।
61444 क्याहा वि. बम्किने स्वभावको; बम्किने खालको।
61445 बम्पर ना. १. मोटरगाडीमा इन्जिनको बचावटका निम्ति रहने अगिल्लो भागको ढकनी।
61446 बम्पर ना. २. भरपुर; झुसी (बम्पर उपहार )
61447 बम्परसेल वि. आफलताफल; प्रशस्त; छेलोखेलो भरपुर बिक्री।
61448 बम्बई ना. भारतको एक प्रसिद्ध नगर; मुम्बई।
61449 बम्बई ना. एक प्रकारको असल आँप।
61450 बम्बईसन ना. खुवा र चास्नी भुटेर रातो पारेर बनाइएको; बर्फी जस्तै गरी थाल आदिमा ढालेर तयार पारिएको एक जातको मिठाई।